सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा नक्कली नोटसहित दुई जना पक्राउ |
कञ्चनपुर, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ८ पचुईस्थित सीमा ईलाकाबाट माघ १७ गते एपीएफ टोलीली एक हजार दरको पाँचवटा नक्कली नोट र नोट बनाउन प्रयोग हुने दुई सयवटा कागजसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको लालझाडी गाँउपालिका १ बस्ने २३ बर्षिय संजय राना र बेलौरी नगरपालिका ८ पचुई बस्ने २२ बर्षिय ईन्द्र राना छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पचुईबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा उल्लेखित नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद नक्कली नोट र नोट बनाउने कागजसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । |