सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ |
सप्तरी, सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाबाट मंसीर ११ गते एपीएफ टोलीले करीव ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षिय मिथिलेस यादव र भारतमा घर बताउने २१ वर्षिय शिवभजन यादव छन् । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लत्तापकडासहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालमा बुझाईएको छ । |