सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा अवैध हतियार बरामद |
कञ्चनपुर, कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वटा नम्बर ४ र ५ को सीमानामा पर्ने गुलरियाबाट कृष्णपुर मा.वि. जाने ग्राभिल सडकबाट चैत्र २५ गते एपीएफ टोलीले प्वाईन्ट टुटु एलआर लेखिएको एउटा बन्दुक र सोको १४ राउण्ड गोली, एयर गन एउटा, सोको १९६ वटा छर्रा र ७६ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले उक्त अवैध हतियार तथा रुपैयाँ बरामद गरेको हो । सो ठाउँमा रोकी राखेको डि एल ३ सी सी आर ३९९७ नम्बरको भारतीय गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित अवैध हतियार तथा रुपैयाँ फेला परेपछि बरामद गरिएको हो । बरामद हतियार तथा रुपैयाँ स्थानीय प्रहरीमा बुझाइएको छ । |