Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, सर्लाही जिल्लाको बलरा नगरपालिका २ स्थित जमुनियाबाट माघ १९ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको डिजे साउण्ड सिष्टम बरामद गरेको छ । भारतीय नम्बरको पिकअप गाडीमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त साउण्ड सिष्टम सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद साउण्ड सिष्टम तथा उक्त पिकअप गाडी भन्सार कार्यालय मलंगवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले माघ १९ गते करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट बरामद गरेको हो । बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपाकिला ८ चारकुने स्थित सीमा ईलाकाबाट माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार थान काठ चिर्ने हाते मेसीन बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मेसीन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मेसीन एपीएफ टोलीले भन्सार कार्यालय सुनसरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको बलरा नगरपालिका २ स्थित जमुनियाबाट माघ १९ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको डिजे साउण्ड सिष्टम बरामद गरेको छ । भारतीय नम्बरको पिकअप गाडीमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त साउण्ड सिष्टम सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद साउण्ड सिष्टम तथा उक्त पिकअप गाडी भन्सार कार्यालय मलंगवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले माघ १९ गते करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट बरामद गरेको हो । बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपाकिला ८ चारकुने स्थित सीमा ईलाकाबाट माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार थान काठ चिर्ने हाते मेसीन बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मेसीन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मेसीन एपीएफ टोलीले भन्सार कार्यालय सुनसरीमा बुझाएको छ ।