Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेजबाट एपीएफ टोलीले माघ १ गते करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना १ ख ८७६३ नम्बरको यात्रुवाहक बसमा अवैध रुपले लैजाँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस भारदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट एपीएफ टोलीले माघ १ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा ईलोक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ । यसैगरी धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका ५ स्थित कठालबाट माघ १ गते एपीएफ टोलीले करीव एक लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले माघ १ गते करीव एक लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा १२ थान मोवाईल सेट एपीएफ टोलीले रौतहट जिल्लाको गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेजबाट एपीएफ टोलीले माघ १ गते करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना १ ख ८७६३ नम्बरको यात्रुवाहक बसमा अवैध रुपले लैजाँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस भारदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट एपीएफ टोलीले माघ १ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा ईलोक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ । यसैगरी धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका ५ स्थित कठालबाट माघ १ गते एपीएफ टोलीले करीव एक लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले माघ १ गते करीव एक लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा १२ थान मोवाईल सेट एपीएफ टोलीले रौतहट जिल्लाको गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ ।