Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते एपीएफ टोलीले करीव तीन लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवडीयाबाट खटिएको एपीएफ टोलीले मंसीर १९ गते करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुर्तीजन्य पदार्थ, मोटर पाटर््स तथा लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठाबाट बरामद गरेको हो । यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित टंकपसरीबाट मंसीर १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त कस्मेटिक सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले मंसीर १९ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १४ स्थित बालेगाँउबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते एपीएफ टोलीले करीव तीन लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवडीयाबाट खटिएको एपीएफ टोलीले मंसीर १९ गते करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुर्तीजन्य पदार्थ, मोटर पाटर््स तथा लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठाबाट बरामद गरेको हो । यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित टंकपसरीबाट मंसीर १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त कस्मेटिक सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले मंसीर १९ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १४ स्थित बालेगाँउबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ ।