Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सानो धवौलीबाट मंसीर १७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको एकडाँडा गाउपालिका ३ बस्ने २४ वर्षिय पप्पुकुमार मण्डल र जलेश्वर नगरपालिका ६ सानो धवौली बस्ने ३२ वर्षिय रोशनकुमार मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ज १२ प ८३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पप्पुकुमार मण्डललाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा प्रोमेथाईजीन हाईड्रोक्लोराईड ईन्जेक्सन ९८ वटा, बुप्रेनोर्फिन ईन्जेक्सन १ सय वटा, डाईजापाम ईन्जेक्सन १ सय वटा र नाईट्राजेपाम ट्याब्लेट ९ सय वटा फेला परेको तथा सो लागूऔषधसंग रोशनकुमार मण्डलको समेत संलग्नता रहेको खुल्न आएपछि दुवै जनालाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सानो धवौलीबाट मंसीर १७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको एकडाँडा गाउपालिका ३ बस्ने २४ वर्षिय पप्पुकुमार मण्डल र जलेश्वर नगरपालिका ६ सानो धवौली बस्ने ३२ वर्षिय रोशनकुमार मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ज १२ प ८३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पप्पुकुमार मण्डललाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा प्रोमेथाईजीन हाईड्रोक्लोराईड ईन्जेक्सन ९८ वटा, बुप्रेनोर्फिन ईन्जेक्सन १ सय वटा, डाईजापाम ईन्जेक्सन १ सय वटा र नाईट्राजेपाम ट्याब्लेट ९ सय वटा फेला परेको तथा सो लागूऔषधसंग रोशनकुमार मण्डलको समेत संलग्नता रहेको खुल्न आएपछि दुवै जनालाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।