Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ चारकुने स्थित सीमा ईलाकाबाट मंसीर ८ गते एपीएफ टोलीले करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान सेतुबन्ध मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाईएको छ । यसैगरि सोही जिल्लाकै कोशी गाउँपालिका ८ हनुमान मन्दिर स्थित सीमा ईलाकाबाट मंसीर ९ गते एपीएफ टोलीले करीव एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट सशस्त्र प्रहरी निरीक्षक पे्रमसिंह विष्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान सेतुबन्ध मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ चारकुने स्थित सीमा ईलाकाबाट मंसीर ८ गते एपीएफ टोलीले करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान सेतुबन्ध मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाईएको छ । यसैगरि सोही जिल्लाकै कोशी गाउँपालिका ८ हनुमान मन्दिर स्थित सीमा ईलाकाबाट मंसीर ९ गते एपीएफ टोलीले करीव एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट सशस्त्र प्रहरी निरीक्षक पे्रमसिंह विष्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान सेतुबन्ध मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ ।