सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ |
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ७ स्थित मेची पुलबाट कार्तिक २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्लाको बेलबारी नगरपालिका ७ बस्ने २२ बर्षिय बिशाल गुरुङ छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरुङलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा ईन्जेपाईन लुपिजेसिक ४९ वटा, ईन्जेक्सन ४९ वटा र हाईड्रोकोलिन ईन्जेक्सन ४९ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । |