सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ |
कैलाली, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोड ईलाकाबाट कार्तिक १६ गते एपीएफ टोलीले ४७ बोतल कोरेक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको लक्ष्मीपुरछिरी उत्तर प्रदेश घर बताउने ३१ बर्षिय महोमद आफजल र २५ बर्षिय रहेमद अली छन् । यूपी ३१ जे ४१०७ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । |