सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको किराना सामान बरामद |
काठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ स्थित हनुमान चोकबाट असोज १० गते एपीएफ टोलीले करीव आठ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बाराको सिम्रौनागढबाट ना ६ ख ४१४५ नम्बर यात्रुवाहक बसमा लुकाई छिपाई काठमाडौंतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको दुई हजार पाँच ३१ पिस लेडिज कुर्ता सुरुवाल सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेक्वा सुनसरीबाट खटिएको एपीएपफ टोलीले असोज १० गते चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । को २ ह ५२१९ नम्बरको अटो रिक्सामा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित कोशी व्यारेजबाट बरामद गरेको हो । बरामद सामान तथा उक्त अटो रिक्साको अन्दाजी मुल्य करीव तीन लाख ४७ हजार रुपैयाँ रहेको छ । |