सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा सालको काठ बरामद |
महोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ स्थित ढल्केलिकबाट भाद्र ४ गते एपीएफ टोलीले करीव एक लाख ३० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । ना १ त ८२३ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ४० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला सालको काठ ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त सालको काठ तथा ट्याक्टर छाडी भागेका थिए । एपीएफ टोलीले बरामद सालको काठ तथा उक्त ट्याक्टर आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय महोत्तरीमा बुझाएको छ । |