सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको सामान नियन्त्रणमा |
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ बाट फागुन २७ गते सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले करीब २ लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । सो ठाउँस्थित एक घरमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवा, भन्सार कार्यालय र कर कार्यालय मलंगवाबाट खटिएको संयुक्त टोलीले उल्लेखित मूल्यको सामान बरामद गरेको हो । सो घरमा चोरीपैठारीको सामान लुकाई छिपाई राखेको भन्ने जानकारी पाएपश्चात खटिएको संयुक्त टोलीले खानतलासी गर्दा उल्लेखित मूल्य बराबरको लत्ताकपडा, इलेक्ट्रोनिक तथा हार्डवेयर लगायतका सामान बरामद फेला पारेको हो । बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । |