Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्नसशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा फागुन २६ गते नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । कार्यक्रमका विशेष अतिथि रहनु भएका माननीय सांसद रमेश लेखक र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा सो प्रतियोगिता सम्पन्न भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रतियोगिता आयोजन गर्न सहयोग पुर्‍याउनुहुने महानुभाव तथा संघसंस्थाहरुलाई धन्यवाद दिनुभयो । नेपाल एपीएफ क्लबमा आवद्ध सदस्यहरुवीच भएको मिक्स ओपन ईभेन्ट प्रतियोगितामा चेत सिंह थापा र हेलन गुरुङ्गको जोडीले धिरेन्द्र बहादुर चन्द र रमन नेपालको जोडीलाई पराजित गरी प्रथम भएको हो । यसैगरी ओपन ईभेन्टमा नरेन्द्र थापा र पदम मगरको जोडीले राजिव पोद्दार र दिपक गुरुङ्गको जोडीलाई पराजित गरी प्रथम स्थान हासिल गरेका छन् । नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स कमिटिका अध्यक्ष हरि सिटौलाले यस्ता खेलकुद प्रतियोगिताले विभिन्न पेशा, व्यवसायिक परिवेशबाट आएका क्लवका सदस्यहरुमा एक आपसमा भाईचाराको सम्वन्ध, समन्वय तथा सहयोगको भावनाको विकासमा टेवा पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले निर्णायकवर्ग तथा उक्त प्रतियोगिता व्यवस्थापनमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा एपीएफ क्लब मेम्बर्स कमिटिका पदाधिकारी, सल्लाहकार सदस्य तथा अन्य प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
/uploads/news/2y49dEOKlPP5Ukab+E6Wrg==.jpg
नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्न
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा फागुन २६ गते नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । कार्यक्रमका विशेष अतिथि रहनु भएका माननीय सांसद रमेश लेखक र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा सो प्रतियोगिता सम्पन्न भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रतियोगिता आयोजन गर्न सहयोग पुर्‍याउनुहुने महानुभाव तथा संघसंस्थाहरुलाई धन्यवाद दिनुभयो । नेपाल एपीएफ क्लबमा आवद्ध सदस्यहरुवीच भएको मिक्स ओपन ईभेन्ट प्रतियोगितामा चेत सिंह थापा र हेलन गुरुङ्गको जोडीले धिरेन्द्र बहादुर चन्द र रमन नेपालको जोडीलाई पराजित गरी प्रथम भएको हो । यसैगरी ओपन ईभेन्टमा नरेन्द्र थापा र पदम मगरको जोडीले राजिव पोद्दार र दिपक गुरुङ्गको जोडीलाई पराजित गरी प्रथम स्थान हासिल गरेका छन् । नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स कमिटिका अध्यक्ष हरि सिटौलाले यस्ता खेलकुद प्रतियोगिताले विभिन्न पेशा, व्यवसायिक परिवेशबाट आएका क्लवका सदस्यहरुमा एक आपसमा भाईचाराको सम्वन्ध, समन्वय तथा सहयोगको भावनाको विकासमा टेवा पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले निर्णायकवर्ग तथा उक्त प्रतियोगिता व्यवस्थापनमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा एपीएफ क्लब मेम्बर्स कमिटिका पदाधिकारी, सल्लाहकार सदस्य तथा अन्य प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।