Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फिर्ता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अफ्रिकी मुलुक साउथ सुडानमा भएको मेडल परेडमा सहभागी भई आईतबार स्वदेश फर्कनु भएको छ । साउथ सुडानमा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु)को नवौं डफ्फाका १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत रहेका छन् । उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो । महानिरीक्षक अर्यालले मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता तथा छलफल गर्नुभएको थियो । सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेश कुमार श्रेष्ठलाई दर्ज्यानी चिन्ह समेत प्रदान गर्नुभएको थियो । मेडल परेडमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्याल सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
/uploads/news/MVetEgtAmqooSbC7w+GtNw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फिर्ता
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अफ्रिकी मुलुक साउथ सुडानमा भएको मेडल परेडमा सहभागी भई आईतबार स्वदेश फर्कनु भएको छ । साउथ सुडानमा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु)को नवौं डफ्फाका १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत रहेका छन् । उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो । महानिरीक्षक अर्यालले मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता तथा छलफल गर्नुभएको थियो । सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेश कुमार श्रेष्ठलाई दर्ज्यानी चिन्ह समेत प्रदान गर्नुभएको थियो । मेडल परेडमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्याल सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।