Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दक्षिण सुडान प्रस्थान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक साउथ सुडानतर्फ प्रस्थान गर्नुभएको छ । जहाँ सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ । मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्नुहुने छ । सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । साउथ सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हाल्नु भएको थियो । सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् । पछिल्लो पटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ । सोमबार साउथ सुडानतर्फ प्रस्थान गर्नुभएका महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत बलका बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक विदाई गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितीमा संगठनको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्नु हुनेछ ।
/uploads/news/ajIERDos3W+2+UCexIgSUQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दक्षिण सुडान प्रस्थान
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक साउथ सुडानतर्फ प्रस्थान गर्नुभएको छ । जहाँ सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ । मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्नुहुने छ । सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । साउथ सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हाल्नु भएको थियो । सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् । पछिल्लो पटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ । सोमबार साउथ सुडानतर्फ प्रस्थान गर्नुभएका महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत बलका बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक विदाई गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितीमा संगठनको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्नु हुनेछ ।