सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
फ्रेन्च भाषा प्रशिक्षण तालिम समापन |
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा फागुन १४ गते सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृतहरुको लागि संचालित फ्रेन्च भाषा प्रशिक्षण तालिम समापन भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच भाषा प्रशिक्षण तालिमको समापन गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिम पश्चात सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा खटिदा भाषाको रुपमा हुने कठिनाईमा सहजता र कार्यसम्पादन गर्न सघाउ मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा पनि एक महत्वपूर्ण भाषा रहेको चर्चा गर्नुहँुदै तालिम सफलतापूर्वक सम्पन्न गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुले सांगठानिक तथा व्यक्तिगत रुपमा समेत सम्भावनाको बाटो खुलेको बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालमा फ्रेन्च भाषा प्रशिक्षण तालिम पहिलो पटक संचालन गरिएको तथा यस तालिमलाई निरन्तरता दिईने बताउनुहुँदै आगामी दिनहरुमा समेत फ्रान्सेली केन्द्रसँग थप समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा एलायन्स फ्रँसेका डेपुटी डिरेक्टर प्रविण विक्रम राणाले सशस्त्र प्रहरी बल नेपालमा फ्रेन्च भाषा सम्बन्धि कक्षा संचालन गर्न पाउँदा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनहरुमा पनि फ्रेन्च भाषाको सहकार्य र समन्वयमा आफू सदैव तयार रहने बताउनुभयो । कार्यक्रममा सिनियर अधिकृत, फ्रान्सेली केन्द्रका प्रशिक्षक मुकेश श्रेष्ठ, जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थित रहेको थियो । गत साउन २ गतेदेखि संचालन भएको उक्त फ्रेन्च भाषा प्रशिक्षण तालिममा सिनियर अधिकृत तथा जुनियर अधिकृत गरी कुल ३७ जना अधिकृतहरुले तालिम सफलतापूर्वक सम्पन्न गरेको छन् । |