Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सैनिक कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत अधिकृतहरूबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमणकाठमाडौं, नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित सि.सं. २९ कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत ९२ जना प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको फागुन ०५ गते अवलोकन भ्रमण गर्नुभएको छ । महासेनानी भिम शंकर वनको नेतृत्वमा अवलोकन भ्रमणमा आएका प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी बल नेपालको सङ्ग्राहलय र विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरुको अवलोकन गर्नुभएको थियो । अवलोकन भ्रमणको क्रममा उहाँहरुलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिष्णु प्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालको परिचय, विकासक्रम, काम कर्तव्य र अधिकार, वर्तमान अवस्थामा सशस्त्र प्रहरी बल नेपालको परिचालन लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्यका क्षेत्रहरु, आन्तरिक सुरक्षा चुनौतीहरु, समस्या एवं भावि कार्यदिशा लगायतका विषयमा अन्तरक्रिया गर्नुभएको थियो । अवलोकन भ्रमण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले मायाको चिनो प्रदान गर्नुभएको थियो । उक्त कोर्समा अमेरिका, बेलायत, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, केन्या र नाईजेरीया लगायत नेपालबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको समेत सहभागिता रहेको छ ।
/uploads/news/cxscMua86NOl0yOXSJ0w1A==.jpg
सैनिक कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत अधिकृतहरूबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण
काठमाडौं, नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित सि.सं. २९ कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत ९२ जना प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको फागुन ०५ गते अवलोकन भ्रमण गर्नुभएको छ । महासेनानी भिम शंकर वनको नेतृत्वमा अवलोकन भ्रमणमा आएका प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी बल नेपालको सङ्ग्राहलय र विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरुको अवलोकन गर्नुभएको थियो । अवलोकन भ्रमणको क्रममा उहाँहरुलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिष्णु प्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालको परिचय, विकासक्रम, काम कर्तव्य र अधिकार, वर्तमान अवस्थामा सशस्त्र प्रहरी बल नेपालको परिचालन लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्यका क्षेत्रहरु, आन्तरिक सुरक्षा चुनौतीहरु, समस्या एवं भावि कार्यदिशा लगायतका विषयमा अन्तरक्रिया गर्नुभएको थियो । अवलोकन भ्रमण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले मायाको चिनो प्रदान गर्नुभएको थियो । उक्त कोर्समा अमेरिका, बेलायत, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, केन्या र नाईजेरीया लगायत नेपालबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको समेत सहभागिता रहेको छ ।