Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सीमा सुरक्षा तथा व्यवस्थापन तालिम समापन:- राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) समापन भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले माघ १५ गते एक कार्यक्रमका बीच उक्त तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गौतमले सो तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक बिमल बानियाँलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुको साथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने अधिकृतहरुलाई हार्दिक बधाई दिनुभयो । उहाँले सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रणको लागि संगठनले सीमा सुरक्षालाई अझ सुदृढ र सीमा अनुगमनलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजनाकासाथ अघि बढेको चर्चा गर्नुहुँदै सीमा सम्बन्धी विषयमा संगठनले मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुको समेत विशेष चासो रहने बताउनुभयो । तालिमले व्यक्तिको ज्ञान, सीप र धारणालाई परिवर्तन गर्नुका साथै कार्यक्षेत्रमा परिचालन हुँदा विगतमा भन्दा फरकपन ल्याउँने विश्वास व्यक्त गर्नुहुँदै उहाँले सीमामा खटिने सशस्त्र प्रहरी अधिकृतहरुलाई सीमा सुरक्षामा त्रुटिरहित ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । ६ हप्ता अवधिको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा ११ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र १४ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल २५ जना अधिकृतहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सीमा सुरक्षा, सीमा अपराध, ऐन नियम, मानवअधिकार, नेतृत्व तथा व्यवस्थापन, सूचना संकलन, नक्सा अध्ययन र भन्सार सुरक्षा लगायतका विविध विषयमा प्रशिक्षण गराईएको थियो । कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो
/uploads/news/oSkr6mGpZyfXACKQeZ8HUQ==.jpg
सीमा सुरक्षा तथा व्यवस्थापन तालिम समापन:-
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) समापन भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले माघ १५ गते एक कार्यक्रमका बीच उक्त तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गौतमले सो तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक बिमल बानियाँलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुको साथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने अधिकृतहरुलाई हार्दिक बधाई दिनुभयो । उहाँले सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रणको लागि संगठनले सीमा सुरक्षालाई अझ सुदृढ र सीमा अनुगमनलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजनाकासाथ अघि बढेको चर्चा गर्नुहुँदै सीमा सम्बन्धी विषयमा संगठनले मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुको समेत विशेष चासो रहने बताउनुभयो । तालिमले व्यक्तिको ज्ञान, सीप र धारणालाई परिवर्तन गर्नुका साथै कार्यक्षेत्रमा परिचालन हुँदा विगतमा भन्दा फरकपन ल्याउँने विश्वास व्यक्त गर्नुहुँदै उहाँले सीमामा खटिने सशस्त्र प्रहरी अधिकृतहरुलाई सीमा सुरक्षामा त्रुटिरहित ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । ६ हप्ता अवधिको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा ११ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र १४ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल २५ जना अधिकृतहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सीमा सुरक्षा, सीमा अपराध, ऐन नियम, मानवअधिकार, नेतृत्व तथा व्यवस्थापन, सूचना संकलन, नक्सा अध्ययन र भन्सार सुरक्षा लगायतका विविध विषयमा प्रशिक्षण गराईएको थियो । कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो