Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लोड अवस्थामा राखिएको पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमाकम्मरमा बाधेको होल्स्टरभित्र लोड अवस्थामा राखिएको एक थान पेस्तोलसहित सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नगरपालिका ४ गुलरिया सीमा ईलाकाबाट पौष १७ गते एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको पूर्वीचम्पारण मोतिहानी १६ घर बताउने ४० वर्षिय चन्दन कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले उक्त पेस्तोल र ७ राउन्ड गोलि सहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आर.एफ.आई.को एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होल्स्टरभित्र राखेको ४ राउण्ड गोली समेत फेला पारेको हो । साथै उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाईल सेट समेत बरामद भएको छ । पक्राउ परेका कुमारलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्राौनगढ बारामा बुझाईएको छ । यसअघि सोही जिल्लाको महागढीमाई नगरपालिका २ भुटहीमा पौष ८ गते दुई वटा मोटरसाईकलमा सवार अज्ञात समूले भारत घर भएका ५० वर्षिय शिवपुजन प्रसाद यादवलाई गोली हानी फरार भएको थियो । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बरियारपट्टिले उनलाई उपचारको लागि न्यूरो अस्पताल बीरगंजतर्फ पठाएकोमा बाटोमा नै मृत्यु भएको थियो । सो घटना पछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्दै आएको छ ।
/uploads/news/id4uJHtvnTVmrxjr4j41Rg==.jpg
लोड अवस्थामा राखिएको पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा
कम्मरमा बाधेको होल्स्टरभित्र लोड अवस्थामा राखिएको एक थान पेस्तोलसहित सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नगरपालिका ४ गुलरिया सीमा ईलाकाबाट पौष १७ गते एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको पूर्वीचम्पारण मोतिहानी १६ घर बताउने ४० वर्षिय चन्दन कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले उक्त पेस्तोल र ७ राउन्ड गोलि सहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आर.एफ.आई.को एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होल्स्टरभित्र राखेको ४ राउण्ड गोली समेत फेला पारेको हो । साथै उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाईल सेट समेत बरामद भएको छ । पक्राउ परेका कुमारलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्राौनगढ बारामा बुझाईएको छ । यसअघि सोही जिल्लाको महागढीमाई नगरपालिका २ भुटहीमा पौष ८ गते दुई वटा मोटरसाईकलमा सवार अज्ञात समूले भारत घर भएका ५० वर्षिय शिवपुजन प्रसाद यादवलाई गोली हानी फरार भएको थियो । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बरियारपट्टिले उनलाई उपचारको लागि न्यूरो अस्पताल बीरगंजतर्फ पठाएकोमा बाटोमा नै मृत्यु भएको थियो । सो घटना पछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्दै आएको छ ।