Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा २९ लाख भन्दा बढि मुल्यको सामान बरामद :-सिरहाको विभिन्न स्थानबाट पौष १३ गते सशस्त्र प्रहरीले करीव २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो । सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने संजय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ । सोही गाउँपालिका ५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको ५ लाख रुपैयाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ । सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा ५ लाख ५० हजार रुपैयाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई राखेको अवस्थामा २ लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो समेत बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुङ्गा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षती पुगेको छ ।
/uploads/news/fuWWuYKxM0rCJDpGPC9koQ==.jpg
सशस्त्र प्रहरीद्वारा २९ लाख भन्दा बढि मुल्यको सामान बरामद :-
सिरहाको विभिन्न स्थानबाट पौष १३ गते सशस्त्र प्रहरीले करीव २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो । सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने संजय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ । सोही गाउँपालिका ५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको ५ लाख रुपैयाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ । सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा ५ लाख ५० हजार रुपैयाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई राखेको अवस्थामा २ लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो समेत बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुङ्गा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षती पुगेको छ ।