Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदानः–काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन ५ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही साउन २ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह तर्फका ७ जना जुनियर अधिकृतहरु सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लामो सयम जुनियर अधिकृत दर्जामा रहँदाको अनुभवलाई संगठनको हित र उच्चतम् विकासमा योगदान पुर्‍याउन निर्देशन दिनुहुँदै बढुवा भएका अधिकृतहरुलाई हार्दिक बधाई तथा आगामी दिनको कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै कार्य सम्पादन मूल्यांकन तथा चुनौतीपूर्ण कार्यको मूल्यांकनलाई यथार्थपरक बनाउनुको साथै व्यावसायीक कार्यशैलीको निष्पक्ष र पारदर्शी तवरले बढुवा समितले मूल्यांकन गरिरहेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जुनियर अधिकृतबाट सिनियर अधिकृतका रुपमा रुपान्तरण हुँदा जिम्मेवारी पनि स्वतः बृद्धि हुने र सोको मर्यादा र गरिमा राखेर आगामी दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसालाका साथ कार्य गर्न समेत निर्देशन दिनुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/8feVplMffvP32Lzx1Ghiqg==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदानः–
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन ५ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही साउन २ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह तर्फका ७ जना जुनियर अधिकृतहरु सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लामो सयम जुनियर अधिकृत दर्जामा रहँदाको अनुभवलाई संगठनको हित र उच्चतम् विकासमा योगदान पुर्‍याउन निर्देशन दिनुहुँदै बढुवा भएका अधिकृतहरुलाई हार्दिक बधाई तथा आगामी दिनको कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै कार्य सम्पादन मूल्यांकन तथा चुनौतीपूर्ण कार्यको मूल्यांकनलाई यथार्थपरक बनाउनुको साथै व्यावसायीक कार्यशैलीको निष्पक्ष र पारदर्शी तवरले बढुवा समितले मूल्यांकन गरिरहेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जुनियर अधिकृतबाट सिनियर अधिकृतका रुपमा रुपान्तरण हुँदा जिम्मेवारी पनि स्वतः बृद्धि हुने र सोको मर्यादा र गरिमा राखेर आगामी दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसालाका साथ कार्य गर्न समेत निर्देशन दिनुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।