सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको इलेक्ट्रोनिक सामान बरामद |
कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित कुकुर भुकुवाबाट फागुन १३ गते एपीएफ टोलीले चोरीपैठारीको आठ वटा कम्प्यूटरको सीपीयू बरामद गरेको छ । लु ६ प २४३ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सीपीयू सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा कपिलवस्तु नम्बर ३९ गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेश न्यौपानेको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सीपीयू ल्याउन प्रयोग भएको मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सीपीयू तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य २ लाख १० हजार रुपैयाँ रहेको छ । |