Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संक्षिप्त जीवनी उहाँ पिता दामोदर प्रसाद अर्याल र माता शारदा अर्यालको कोखबाट वि.सं. २०३१ साल मंसीर २३ गते जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएको हो । काठमाडौ जिल्लाको गोलढुंगा ३ स्थायी बसोवास गरिहरनु भएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र तथा राजनीतिशास्त्र संकायमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय मानवीय कानून विषयमा पोष्ट ग्राजुएट डिप्लोमा उत्तिर्ण गर्नुभएको छ । बि.सं. २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक अर्याल वि.सं. २०५८ साल जेष्ठ ८ गते सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण हुनुभएको थियो । उहाँले स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढि पेशागत तथा व्यावसायिक तालिम हासिल गर्नुकासाथै अमेरिका, जर्मनी, ईटाली, चीन, श्रीलंका लगायत विभिन्न अफ्रिकी मुलुकहरु समेत भ्रमण गर्नुभएको छ । महानिरीक्षक अर्याल सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, गोर्खा दक्षिणबाहु चौथा, लगायत विभिन्न ८ भन्दा बढि विभुषण, मानपदवी, पदक तथा अलंकारहरुबाट विभूषित हुनुहुन्छ । उहाँले स्वदेश तथा विदेशमा सेवारत रहँदा उत्कृष्ट कार्यसम्पादन गरेवापत विभिन्न पुरस्कार तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ र नम्बर ९ बाहिनी मुख्यालय, तालिम केन्द्रहरु, गण तथा गुल्म लगायत १० भन्दा बढि ईकाइहरुको प्रमुखको रुपमा जिम्मेवारी बहन गर्नुकासाथै सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै विशिष्ट कार्य अनुभव हासिल गर्नुभएको छ ।
/uploads/news/xqJFW9ecl3OchK6r+jpFgw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संक्षिप्त जीवनी
उहाँ पिता दामोदर प्रसाद अर्याल र माता शारदा अर्यालको कोखबाट वि.सं. २०३१ साल मंसीर २३ गते जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएको हो । काठमाडौ जिल्लाको गोलढुंगा ३ स्थायी बसोवास गरिहरनु भएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र तथा राजनीतिशास्त्र संकायमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय मानवीय कानून विषयमा पोष्ट ग्राजुएट डिप्लोमा उत्तिर्ण गर्नुभएको छ । बि.सं. २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक अर्याल वि.सं. २०५८ साल जेष्ठ ८ गते सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण हुनुभएको थियो । उहाँले स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढि पेशागत तथा व्यावसायिक तालिम हासिल गर्नुकासाथै अमेरिका, जर्मनी, ईटाली, चीन, श्रीलंका लगायत विभिन्न अफ्रिकी मुलुकहरु समेत भ्रमण गर्नुभएको छ । महानिरीक्षक अर्याल सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, गोर्खा दक्षिणबाहु चौथा, लगायत विभिन्न ८ भन्दा बढि विभुषण, मानपदवी, पदक तथा अलंकारहरुबाट विभूषित हुनुहुन्छ । उहाँले स्वदेश तथा विदेशमा सेवारत रहँदा उत्कृष्ट कार्यसम्पादन गरेवापत विभिन्न पुरस्कार तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ र नम्बर ९ बाहिनी मुख्यालय, तालिम केन्द्रहरु, गण तथा गुल्म लगायत १० भन्दा बढि ईकाइहरुको प्रमुखको रुपमा जिम्मेवारी बहन गर्नुकासाथै सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै विशिष्ट कार्य अनुभव हासिल गर्नुभएको छ ।