Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदानकाठमाडौ, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १५ गते आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएका ७२ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक के.सी.ले पदोन्नती हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै संगठनमा रहेर उहाँहरुले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताउनुभयो । उहाँले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढि क्रियाशिल भई कार्यसम्पादनमा जुट्न निर्देशन दिनुहँुदै कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहि मार्गनिर्देशन दिदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । महानिरीक्षक के.सी.ले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै जिम्मेवारीका क्षेत्रहरुमा परिचालन हुँदा अझै बढि अनुशासित, लगनशिल र ईमान्दारितापूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध भई क्रियाशिल रहन निर्देशन दिनुभयो । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको बैशाख १५ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उप–समूहका १० जना, साधारण समूह कानून उप–समूहका २ जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र राजु अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/YNY2FrlTznDnlCTcOEbZsg==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान
काठमाडौ, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १५ गते आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएका ७२ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक के.सी.ले पदोन्नती हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै संगठनमा रहेर उहाँहरुले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताउनुभयो । उहाँले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढि क्रियाशिल भई कार्यसम्पादनमा जुट्न निर्देशन दिनुहँुदै कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहि मार्गनिर्देशन दिदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । महानिरीक्षक के.सी.ले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै जिम्मेवारीका क्षेत्रहरुमा परिचालन हुँदा अझै बढि अनुशासित, लगनशिल र ईमान्दारितापूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध भई क्रियाशिल रहन निर्देशन दिनुभयो । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको बैशाख १५ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उप–समूहका १० जना, साधारण समूह कानून उप–समूहका २ जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र राजु अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।