सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट सशस्त्र प्रहरी निरीक्षक आधारभूततालिमको प्रथम प्रवचन |
काठमाडौँ, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुने सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको प्रथम प्रवचन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सोही प्रतिष्ठानमा बैशाख ९ गते आयोजित एक समारोहका वीच पानसमा द्विप प्रज्वलन गरीे उक्त तालिमको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले त्यसअवसरमा फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै संगठनलाई राज्यबाट प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई चुस्त र दुरुस्त कार्यसम्पादन गर्नको लागि तालिम अपरिहार्य रहेको चर्चा गर्नुहुदै तालिमले शारिरीक र मानसिक विकास गर्नुका साथै अधिकृत तथा जवानहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले तालिमलाई प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले सिकाउने र सिक्ने मौकाको रुपमा लिनुपर्ने बताउनुहुँदै प्रशिक्षार्थी अधिकृतहरुलाई अनुशासित र लगनशिल भई तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ अग्रसर रहन निर्देशन दिनुभयो । महानिरीक्षक के.सी.ले चेन अफ कमाण्ड फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निःस्वार्थ भावनकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायतका विविध जिम्मेवारीका क्षेत्रहरुमा आ–आफ्नो तहबाट योगदान पुर्याउनुपर्ने बताउनुभयो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले प्रतिष्ठानको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभयो । ५६ हप्ता अवधिको उक्त आधारभूत तालिममा ५ जना महिला तथा ४३ जना पुरुष गरी कुल ४८ जना नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ । सो समारोहमा सशस्त्र प्रहरी निरिक्षक बिकास अधिकारीले उक्त तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत बिल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो । |