Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट अनुगमन तथा मूल्याङ्कन ईकाइको समुद्घाटनकाठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै स्थापना गरिएको अनुगमन तथा मूल्याङ्कन ईकाइको बैशाख ६ गते सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गर्नुभयो । उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले केन्द्र देखि तल्लो तह सम्मका ईकाहरुबाट सम्पादित सांगठनिक कामकारवाहीहरुको नियमित रुपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यकासाथ सो ईकाइ स्थापना गरिएको उल्लेख गर्नुहुँदै अनुगमनको क्रममा देखिएका सुधारका पक्षहरुमा तत्कालै निर्णय लिन तथा संगठनमा भएका नियमीत कार्यहरुको समयमै अध्यावधिक गर्न समेत सहयोग पुग्ने बताउनुभयो । उहाँले राज्यले सुम्पिएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्न सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भएर लाग्न निर्देशन दिनुुहुँदै सशस्त्र प्रहरी बल, नेपालको सम्पूर्ण ईकाइहरुमा कार्यरत कमाण्डर तथा सकल दर्जाले आ–आफ्नो पदीय दायित्व र जिम्मेवारी अनुसार सम्पादन गरेको काम कारवाहीको नियमित अनुगमन तथा मूल्याङ्कन हुने र सोही मूल्याङ्कनलाई समेत वार्षिक युनिट निरीक्षणको मूल्यांकन तथा आर्थिक वर्षको अन्तिममा गरिने मूल्याङ्कनमा जोडिने हुँदा सरुवा बढुवा लगायतका वृत्ति विकासमा कर्मचारी स्वयमले सम्पादन गर्ने काम कारवाही निर्णायक हुने प्रणाली विकासमा आफूले जग बसाउन खोजेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा स्थापना गरिएको उक्त ईकाइले आजैबाट आफ्नो कार्य सुरु गरेको हो । सशस्त्र प्रहरी बल, नेपालका दुई–दुई वटा बाहिनीहरुको अनुगमन तथा मुल्यांकनका लागि सो ईकाइमा चार वटा डेस्क स्थापना गरिएको छ । उक्त ईकाइ सशस्त्र प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा रहने हुँदा स्पष्ट ढङ्गले चुस्त कार्यान्वयन गर्न सक्ने, सबै खालका कामकारवाहीको नियमित अनुगमन हुने, सबै तहका कमाण्डरहरु हमेसा सतर्क रहने, फिल्डमा भएको काम कारवाही सोझै महानिरीक्षकमा जानकारी हुँदा समयको बचत एवं निर्देशनमा स्पष्टता हुने, माथिल्लो निकायको प्रत्यक्ष सुपर भिजनले तल्लो तहमा बसेर काम गर्ने कमाण्डर तथा जवानहरुलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा स्पष्ट र प्रभावकारीता आउने, कामप्रति उत्तरदायी हुने बानीको विकास हुने, दैनिक पिटी–परेड, लेक्चर, रोलकल लगायतका फौजी क्रियाकलापहरुको निरन्तरताले शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुको साथै कार्यसम्पादनमा प्रभावकारीता आई संगठनको उद्देश्य प्राप्तीमा योगदान पुग्ने विश्वास गरिएको छ । उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल, नेपालको संचार मार्फत सम्पूर्ण ईकाइहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/IHIrHymKnM7U0SKOt26bcQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट अनुगमन तथा मूल्याङ्कन ईकाइको समुद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै स्थापना गरिएको अनुगमन तथा मूल्याङ्कन ईकाइको बैशाख ६ गते सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गर्नुभयो । उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले केन्द्र देखि तल्लो तह सम्मका ईकाहरुबाट सम्पादित सांगठनिक कामकारवाहीहरुको नियमित रुपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यकासाथ सो ईकाइ स्थापना गरिएको उल्लेख गर्नुहुँदै अनुगमनको क्रममा देखिएका सुधारका पक्षहरुमा तत्कालै निर्णय लिन तथा संगठनमा भएका नियमीत कार्यहरुको समयमै अध्यावधिक गर्न समेत सहयोग पुग्ने बताउनुभयो । उहाँले राज्यले सुम्पिएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्न सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भएर लाग्न निर्देशन दिनुुहुँदै सशस्त्र प्रहरी बल, नेपालको सम्पूर्ण ईकाइहरुमा कार्यरत कमाण्डर तथा सकल दर्जाले आ–आफ्नो पदीय दायित्व र जिम्मेवारी अनुसार सम्पादन गरेको काम कारवाहीको नियमित अनुगमन तथा मूल्याङ्कन हुने र सोही मूल्याङ्कनलाई समेत वार्षिक युनिट निरीक्षणको मूल्यांकन तथा आर्थिक वर्षको अन्तिममा गरिने मूल्याङ्कनमा जोडिने हुँदा सरुवा बढुवा लगायतका वृत्ति विकासमा कर्मचारी स्वयमले सम्पादन गर्ने काम कारवाही निर्णायक हुने प्रणाली विकासमा आफूले जग बसाउन खोजेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा स्थापना गरिएको उक्त ईकाइले आजैबाट आफ्नो कार्य सुरु गरेको हो । सशस्त्र प्रहरी बल, नेपालका दुई–दुई वटा बाहिनीहरुको अनुगमन तथा मुल्यांकनका लागि सो ईकाइमा चार वटा डेस्क स्थापना गरिएको छ । उक्त ईकाइ सशस्त्र प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा रहने हुँदा स्पष्ट ढङ्गले चुस्त कार्यान्वयन गर्न सक्ने, सबै खालका कामकारवाहीको नियमित अनुगमन हुने, सबै तहका कमाण्डरहरु हमेसा सतर्क रहने, फिल्डमा भएको काम कारवाही सोझै महानिरीक्षकमा जानकारी हुँदा समयको बचत एवं निर्देशनमा स्पष्टता हुने, माथिल्लो निकायको प्रत्यक्ष सुपर भिजनले तल्लो तहमा बसेर काम गर्ने कमाण्डर तथा जवानहरुलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा स्पष्ट र प्रभावकारीता आउने, कामप्रति उत्तरदायी हुने बानीको विकास हुने, दैनिक पिटी–परेड, लेक्चर, रोलकल लगायतका फौजी क्रियाकलापहरुको निरन्तरताले शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुको साथै कार्यसम्पादनमा प्रभावकारीता आई संगठनको उद्देश्य प्राप्तीमा योगदान पुग्ने विश्वास गरिएको छ । उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल, नेपालको संचार मार्फत सम्पूर्ण ईकाइहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।