सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
करोडौ मुल्य बराबरको सामान सशस्त्र प्रहरीद्वारा बरामद |
काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १४ स्थित गण्डक ईलाकाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्र नभएको करीव ९४ लाख ५३ हजार रुपैयाँ बराबरको औषधीजन्य सामाग्री र किराना सामान बरामद गरेको छ । बिरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ख ९५४३ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको सो ट्रक समेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्रकको भन्सार दाखिला मुल्य २५ लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले चैत्र २२ गते प्रज्ञापन पत्र नभएको करीव ५१ लाख ९२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बिरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ९४२ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १४ स्थित गण्डक ईलाकाबाट बरामद गरेको हो । त्यसेवेला उक्त ट्रक समेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्रकको भन्सार दाखिला मुल्य २५ लाख रुपैयाँ रहेको छ । |