सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
नदिको बीचमा फसेकी महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार |
दार्चुला, दार्चुला जिल्लाको महाकाली नगरपालिका ५ स्थित महाकाली नदिको बीचमा फसेकी एक महिलाको सशस्त्र प्रहरीले फागुन १ गते सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने करीव ३० वर्षिया ललिता ओड उक्त नदिमा बालुवा निकाली रहेको अवस्थामा पानीको बहाव बढ्न गई नदिको बीच भागमा फसेको बताईएको छ । सोबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक टेकबहादुर ऐडीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनको उकुशल उद्वार गरेको हो । |