Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सात लाख रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामदकाठमाडौं, पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट माघ १९ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ट्याक्टरमा प्रयोग हुने ६ वटा फलामको फाली बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त फाली सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलिनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार रोडबाट बरामद गरेको हो । त्यसैगरी सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित हरकट्टी गाउँबाट माघ २० गते सशस्त्र प्रहरीले करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा गरेको छ । भारतबाट अवैध रुपले स ७ प ११४३ नम्बरको मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
सात लाख रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट माघ १९ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ट्याक्टरमा प्रयोग हुने ६ वटा फलामको फाली बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त फाली सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलिनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार रोडबाट बरामद गरेको हो । त्यसैगरी सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित हरकट्टी गाउँबाट माघ २० गते सशस्त्र प्रहरीले करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा गरेको छ । भारतबाट अवैध रुपले स ७ प ११४३ नम्बरको मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।