Toggle Menu

समाचार

APF News
बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार 

काठमाडौं,
तनहुँ जिल्लाको भानु नगरपायलिका ९ सिमलगैरामा साउन ५ गते महेन्द्र
धउरालीको घर पहिरोले बगाउँदा १७ बर्षिया तिपसमा धउराली र ८० बर्षिया
तिलमाया धउराली पहिरोमा पुरिएर बेपत्ता भएको बताईएको छ ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण
तनहुँबाट एपीएफ टोली खटिई गई खोजी तथा उद्धार कार्यमा जुटेको छ ।
यसैगरी धादिङ जिलाको गजुरी गाँउपालिका २ मलेखुस्थित माछा बजारमा साउन ५
गते कच्ची घर पहिरोले पुरिँदा एक जना व्यक्ति पहिरोमा पुरिएर बेपत्ता
भएको तथा एक जना व्यक्तिलाई घाइते अवस्थामा फेला पारिएको छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धादिङबाट एपीएफ टोली
खटिई गई खोजी तथा उद्धार कार्यमा जुटेको छ भने घाईते व्यक्तिलाई
उपचारार्थ सामुदायिक अस्पताल पठाईएको छ ।
यसैगरी दार्चुला जिल्लाको महाकाली नगरपालिका ३ डुङरीस्थित स्थित लास्कु
खोलामा पानीको बहाव बढ्न गई खोलाको किनारमा रहेका तीन वटा पसल तथा दुई
वटा घरभित्र पानी पसेर डुवानमा परेपछि उक्त घरहरुमा रहेको सामानहरु एपीएफ
टोलीले सुरक्षित स्थानमा सारेको छ ।
उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५०
गुल्म दार्चुलाबाट खटिएको एपीएफ टोलीले उक्त पसल तथा घरहरुमा रहेको सामान
सुरक्षित स्थानमा सारेको हो ।
 

2077-04-05
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट गुल्मपति तथा स्टाफ तालिम उद्घाटन 

काठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सि.सं. २४
गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम संचालन भएको छ ।
उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षक नारायणबावु थापाले सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका
बीच साउन ५ गते उक्त तालिमको उद्घाटन गर्नुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले फौजी संगठनमा
यस्ता तालिमको  महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षार्थी अधिकृतहरुले
तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न स्वस्फुर्त रुपमा कृयाशिलत रहनु
पर्ने उल्लेख गर्नुभयो ।
उहाँले अधिकृतहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका रहने यस्ता
पेशागत तालिमले व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुकासाथै कार्यक्षेत्रमा
खटिँदा आपूm मातहतका कर्मचारीहरुलाई कुशल नेतृत्व प्रदान गरी उत्कृष्ट
कार्यसम्पादनमा सघाउ पुग्ने उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले यस्ता फौजी तालिमले शारीरिक
तथा मानसिक रुपमा सवल र सक्षम बनाई कार्यक्षेत्रमा खटिईदा भोलीका
दिनहरुमा आउन सक्ने सुरक्षा चुनौतीहरु तथा जस्तो सुकै कठिन र असहज
परिस्थितीको पनि सामना गर्न सक्ने कुशल कमाण्डर उत्पादनमा सघाउ पुग्ने
बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले कमाण्डर तहका अधिकृतहरुले निरन्तर अध्ययन तथा विश्लेषण गरी आफ्नो
व्यक्तित्व बिकासमा समेत क्रियाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै संगठनलाई
प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा कुशल ढंगले परिचालन भई राष्ट्र र
संगठनले लिएको उद्देश्य परिपूर्तिका लागि पूर्ण व्यावसायिक भई
कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहनुपर्ने बताउनुभयो ।
उक्त तालिममा स्टाफ ड्युटिज, कमाण्ड तथा व्यवस्थापन, ट्याक्टिस,
इन्टेलिजेन्स, अपराध नियन्त्रण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका
विषयविज्ञहरुबाट प्रशिक्षण गरिने कुरा समेत त्यसअवसरमा जानकारी गराईएको
थियो ।
        करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३५ जना सशस्त्र
प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
      

2077-04-05
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद ः–
काठमाडौं, बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ लंगडाटोलबाट साउन १ गते एपीएफ टोलीले चोरीपैठारीको किराना सामान बरामद गरेको छ भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव एक लाख ७१ हजार रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छतौनाबाट खटिएको एपीएफ टोलीले साउन २ गते करीव एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र किराना सामान एपीएफ टोलीले सर्लाही जिल्लाको बलरा नगरपालिका ९ खरुवाबाट बरामद गरेको हो । त्यसवेला सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान र मोटरसाईकल सोही ठाउँमा छाडी भागी फरार भएका थिए । बरामद समान तथा मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वर स्थित सीमा ईलाकाबाट साउन २ गते एपीएफ टोलीले करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ज ९ प ७२७७ नम्बरको मोटरसाईकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल राजस्व तथा भन्सार सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
2077-04-02
APF News
पौडी खेल्ने क्रममा वेपत्ता भएका एक जनाको शब फेला

पर्सा,        
पर्सा जिल्लाको विरगंज महानगरपालिका १७ स्थित तिवाबे खोलामा पौडी खेल्ने
क्रममा बेपत्ता भएका एक जनाको शब नेपाली सेना, एपीएफ टोली र स्थानीय
प्रहरीले असार ३१ गते फेला पारेको छ ।
सोही महानगरपालिका १९ विन्ध्यावासिनी वस्ने १२ बर्षिय सुमित गुप्ता असार
३० गते पौडी खेल्ने क्रममा पानीमा डुवेर वेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट अलौ पर्साबाट खटिएको एपीएफ टोली, नेपाली सेना र स्थानीय प्रहरीले
निज बालकको शब घटनास्थल भन्दा करीब तीन सय मिटर दक्षिणतर्फ झारमा
अड्किएको अवस्थामा फेला पारेको हो ।

2077-04-01
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट साउन १ गते एपीएफ टोलीले चोरीपैठारीको किराना सामान, लत्ताकपडा र हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय महोत्तरीमा बुझाएको छ । बरामद सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव दुई लाख ३९ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुवर्णपट्टिबाट खटिएको एपीएफ टोलीले असार ३१ गते चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त किराना सामान एपीएफ टोलीले सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिका ९ सुवर्णपट्टि स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव दुई लाख ४९ हजार रहेको छ । यसैगरी महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ४ गैडाभेटपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले साउन १ गते करिव एक लाख पाँच हजार रुपैया बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
2077-04-01
APF News
श्रोत नखुलेको रकमसहित पक्राउ

रुपन्देही,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ६ बाट असार ३० गते एपीएफ
टोली र राजश्व अनुसन्धान कार्यालयका कर्मचारीले श्रोत नखुलेको ९९ लाख २
हजार ५ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ बस्ने ३८
बर्षिय सुनिल सुनार र ३७ बर्षिय अमित परियार छन् ।
        उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४३ गुल्म रुपन्देहीबाट खटिएको
एपीएफ टोली र राजश्व अनुसन्धान कार्यालय बुटवलका कर्मचारीले पक्राउ गरेको
हो ।
        निज सुनारले चलाएको प्रदेश नं. ३ ०३–०१–०२३–च ३२०९ नम्बरको कारमा ७३ लाख
५५ हजार रुपैया फेला परेको तथा उक्त रकमको श्रोत खुलाउन नसकेपछि सो
रकमसहित निजलाई पक्राउ गरिएको हो ।
त्यसपछि निजको घरबाट श्रोत नखुलेको १२ लाख ६६ हजार रुपैयाँ तथा निजको पसल
सोनु ज्वेलर्स गल्लामण्डीबाट समेत श्रोत नखुलेको १२ लाख ८१ हजार ५ सय
रुपैयाँ बरामद गरिएको हो । निजहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि
पक्राउ गरिएको हो ।
        निज सुनिल सुनारलाई उल्लेखित गाडीबाट पक्राउ गरिएको हो भने अमित
परियारलाई उक्त पसलबाट पक्राउ गरिएको हो । अमित परियार उक्त पसलको कामदार
रहेको बताइएको छ ।
        पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व
अनुसन्धान कार्यालय बुटवलमा लगिएकोमा त्यहाँबाट ईलाका प्रहरी कार्यालय
बुटवलमा बुझाइएको छ ।

2077-04-01
APF News
बेपत्ता भएकाहरुको शव फेला
काठमाडौं, झापा जिल्लाको अर्जुनधारा नगरपालिका २ स्थित टाङाटीङ खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । सोही ठाँउ वस्ने ५८ बर्षिय भुन्टेबहादुर बस्नेत असार ३१ गते सो खोलाले बगाई वेपत्ता भएका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश खुदुनावारीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज बस्नेतको शब घटनास्थल भन्दा करीब छ सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको हो । यसैगरि सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका ४ कुल्पिङ्गकट्टीमा पहिरो आई सो ठाउँमा रहेको दुई वटा घर पुरीदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । सो बारे जानकारी पाउनासाथै उक्त स्थानमा खोज तथा उद्वारको लागि नेपाली सेना, एपीएफ टोली, र स्थानीय प्रहरी खटिई गई एक जनाको शव फेला पारेको छ । अन्य हराई रहेकाहरुको खोजी कार्य भईरहेको छ ।
2077-04-01
APF News
बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार
काठमाडौं, विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको उद्धार कार्यमा एपीएफ टोलीले सकृयताका साथ जुटेको छ । स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका ४ खहरेमा पहिरो खसेर ६ जना बेपत्ता भएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गुल्म स्याङ्जाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनीहरुको खोजी कार्यमा जुटेका छन् । उक्त पहिरोमा परी पुरिएकाहरुमध्ये सोही ठाउँ बस्ने ६७ वर्षिय होमनाथ पाण्डे र ५५ वर्षिय बीरबहादुर रानालाई घाइते अवस्थामा उद्वार गरी उपचारार्थ प्राथमिक स्वास्थ्य केन्द्र दिर्घामा पठाईएको छ भने एक जनाको शव फेला परेको छ । बेपत्ता तीन जनाको खोजीकार्य भईरहेकोे छ । यसैगरी उदयपुर जिल्लाको वेलका नगरपालिका १ स्थित वेलिमा अविलर वर्षाको कारण त्रियुगा नदिमा आएको बाढिले जमिन कटान गरी गाउँ नै जोखिममा परेपछि उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामपुरबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दा सकृयताकासाथ अस्थायी बाँध बाध्ने कार्यमा कार्यमा जुटेका छन् । यसैगरी सुनसरी जिल्लाको रामधुनी नगरपालिका ८ स्थित सुनसरी खोलामा स्थानीय एक बालक पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट एपीएफ टोली उनको खोजी तथा उद्वार कार्यमा जुटेको छ । यसैगरी रौतहट जिल्लाको राजदेवी नगरपालिका ४ वसन्तपुरमा बागमती नदिले ठोकर कटान गरेपछि त्यस ठाउँमा नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दा अस्थायी बाँध बाध्ने कार्यमा जुटेका छन् । यसैगरी नवलपरासी जिल्लाको विनयत्रिवेणी गाउँपालिका २ स्थित दाउन्नेमा पहिरो खसेर पूर्व पश्चिम लोकमार्ग अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सर्दीबाट एपीएफ टोली खटिई गई स्थानीय प्रहरी तथा जेसीबीको सहयोगमा उक्त पहिरो हटाईएको छ ।
2077-03-30
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडासहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको हरिनगर गाउपालिका १ भुटाहाबाट असार २९ गते एपीएफ टोलीले करीव २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको हरिनगर गाउँपालिका ४ बस्ने ३६ वर्षिय प्रमेश्वर महता छन् । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश भुटाहाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका महतालाई एपीएफ टोलीले बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाएको छ । यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ हिक्मतपुर जंगलबाट असार ३० गते एपीएफ टोलीले करीव एक लाख ५९ हजार रुपैयाँ बराबको चारीपैठारीको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय खक्रौला टिकापुरमा बुझाईएको छ ।
2077-03-30
APF News
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

काठमाडौं,
अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ ।
मोरङ जिल्लाको ग्रामथान गाउँपालिका ६ कसेनी स्थित लोहोन्दर खोलामा पानीको वहाव बढ्न गई जमिन कटान गरेको कारण जोखिममा रहेका दुई घर परिवारलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश डग्राहबाट खटिएको एपीएफ टोलीले सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका ६ स्थित मुसरबस्ती नजिकै रहेको केशनीया खोलामा पानीको वहाव बढ्न गई डुवानमा परेका करीव ३० घर परिवारका दुई सय जनालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोली र स्थानीय वासिन्दाले सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ५ सुन्दरबस्ती स्थित सेउती खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढ्न गई करीव चार सय घर जोखिममा रहेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट धरानबाट त्यस ठाउँमा एपीएफ टोली खटिएको छ । एपीएफ टोली र स्थानीय वासिन्दाको सकृयतामा त्यस ठाउँमा तारजाली हालेर तटबन्ध बाध्ने कार्य भईरहेको छ ।
यसैगरी मोरङ जिल्लाको उर्लावारी नगरपालिका ३ सिमलडाडा स्थित सोल्टी खोलामा पानीको वहाव बढ्न गई जोखिममा परेको एक घर परिवारलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश उर्लावारीबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले सुरक्षित स्थानमा सारेका छन् ।
यसैगरी चितवन जिल्लाको भरतपुर महानगरपालिका २८ मेघौलीमा नारायणी नदिले जमिन कटान गरी सो नदि बस्तीमा पस्ने संभावना देखिएपछि उक्त स्थानमा बाध बाध्नको लागि नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दा सकृयताकासाथ जुटेका छन् ।
यसैगरी मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ६ केराजा स्थित बक्राह खोलामा अविरल वर्षाको कारण आएको वाढि बस्तीमा पसेर डुवान हुनसक्ने भएको हुँदा उक्त स्थानमा नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाबाट बाध बाध्ने कार्य भईरहेको छ ।

2077-03-28
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
        कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ स्थित दलदलेबाट असार २६ गते
एपीएफ टोलीले करीव ६ लाख ५० हजार रुपैयाँ बराबरको डिएक्सएन कम्पनीको
विभिन्न किसिमका सामान बरामद गरेको छ ।
        अवैध रुपले ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल
नम्बर २८ गण कपिलवस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीको कमाण्डमा
खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय सुठौलीमा बुझाएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र
प्रहरी निरीक्षक मिनराज भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले करीव एक लाख
७७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल सेट बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त मोवाईल
सेट एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सिमरपानी स्थित
सीमा ईलाकाबाट बरामद गरेको हो ।
        एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।

2077-03-27
APF News
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

काठमाडौं,
अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा
परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ ।
        रौतहट जिल्लाको ईसनाथ नगरपालिका १ स्थित लाल बकैया खोलामा अविरल वर्षाको
कारण पानीको वहाव बढ्न गई डुवानमा परेका करीव तीन सय घर परिवारलाई
सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट सशस्त्र प्रहरी
निरीक्षक हरिप्रसाद के.सी.को कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय
बासिन्दाले सो ठाउँका पीडित नागरिकहरुलाई सुरक्षित स्थानमा सारेको हो ।
यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर २ र ३ मा
बाढि तथा पहिरोबाट विस्थापित ६३ घर परिवारका २ सय १५ जनालाई असार २६ गते
सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गुल्म सिन्धुपाल्चोकबाट सशस्त्र
प्रहरी निरीक्षक राजु श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय
बासिन्दाले उनीहरुको उद्वार गरी तातोपानी भन्सार कार्यालयमा ल्याई राखेको
हो ।
        सो ठाउँमा बाढि पहिरोका कारण एक जना बेपत्ता भएको बताईएको छ । बेपत्ता
ती व्यक्तिको व्यापक रुपमा खोजीकार्य भईरहेको छ ।
        यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २३ बाम्दी स्थित
हरपन खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाहरुको खोजीकार्यको
लागि असार २६ गते विपद व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्ति सहितको
एपीएफ टोली खोजी कार्यमा जुटेको छ ।
        सोही ठाउँ बस्ने २६ वर्षिय लेखनाथ बस्नेत र २१ वर्षिय प्रयुस गुरुङ्ग
उक्त खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी
पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गणबाट सशस्त्र प्रहरी
निरीक्षक पुर्णाखर गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनीहरुको खोजी
कार्यमा जुटेको हो ।
        यसैगरी बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ४ बस्ने २५ वर्षिय
जितबहादुर थारु र २५ वर्षिया प्रेमकुमारी थारुलाई सोही ठाउँ स्थित बवई
खोलाबाट दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर
प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सानोश्रीबाट
सशस्त्र प्रहरी नायव निरीक्षक मानबहादुर चौधरीको कमाण्डको एपीएफ टोली,
स्थानीय प्रहरी र स्थानीय वासिन्दा उनीहरुको खोजी कार्यमा जुटेका छन् ।
        यसैगरी झापा जिल्लाको झापा गाउँपालिका ५ स्थित पुरानो शणामती टोल बस्ने
३५ वर्षिय राजेश गणेश स्थानीय बिरिङ्ग खोलामा पौडी खेल्ने क्रममा बेपत्ता
भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा
वेश पन्थपाडाबाट सशस्त्र प्रहरी निरीक्षक अजिलशेर लिम्वुको कमाण्डको
एपीएफ टोली तथा स्थानीय प्रहरी उनको खोजी कार्यमा जुटेका छन् ।

यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित सर्दु खोलामा
हातखुट्टा धुने क्रममा एक जना व्यक्तिलाई उक्त खोलाले बगाएर बेपत्ता भएको
भन्ने जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल,
नेपाल सुरक्षा पोष्ट धरानबाट सशस्त्र प्रहरी नायव निरीक्षक धनश्याम
गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनको खोजी कार्यमा जुटेको छ ।

2077-03-27
APF News
खोलाले बगाएका एक व्यक्तिको एपीएफ टोलीद्वारा सकुशल उद्वार

ईलाम,
        ईलाम जिल्लाको माई नगरपालिका ४ स्थित ठूली खहरे खोलाले बगाएका एक जनाको
एपीएफ टोलीले असार २७ गते सकुशल उद्वार गरेको छ ।
        झापा जिल्लाको अर्जुनधारा नगरपालिका १० बस्ने ५० वर्षिय नितेश राई मे ११
प ४७२६ नम्बरको मोटरसाईकलमा शुक्रबारे बजारबाट बिर्तामोडतर्फ जाँदै गरेको
अवस्थामा उक्त खहरे खोलाले बगाएको थियो ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश
दानावारीबाट सशस्त्र प्रहरी नायव निरीक्षक गोपाल नेपालीको कमाण्डमा
खटिएको एपीएफ टोलीले निज राईलाई उक्त मोटरसाईकसहितै सकुशल उद्वार गरेको
हो ।

2077-03-27
APF News
चोरीपैठारीको सामान बरामद

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दोधाराबाट खटिएको एपीएफ

टोलीले असार २६ गते करीव दुई लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको

सामान बरामद गरेको छ ।

अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको

सुर्तीजन्य पदार्थ, औषधी र  किराना सामान एपीएफ टोलीले कंचपुर जिल्लाको

सीमा ईलाकाबाट बरामद गरेको हो ।

बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

यसैगरी बाँके जिल्लाको डुडुवा गाउँपालिका ६ भज्जिपुरुवाबाट असार २६ गते

एपीएफ टोलीले चोरीपैठारीको सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

भारतीय नम्वरको मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको

उक्त सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट

खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

उक्त सुर्तीजन्य पदार्थ र मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख ५८

हजार एक सय २५ रुपैयाँ रहेको छ ।

यसैगरी सर्लाही जिल्लाको गोडैता नगरपालिका १२ बाट असार २६ गते एपीएफ

टोलीले करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको

छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र

प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलरा उधोरणबाट खटिएको एपीएफ टोलीले

बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

2077-03-26
APF News
माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका दुई जनाको शव फेला

पश्चिम नवलपरासी,
 
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १५ पोताहा स्थित बरुवा
खोलामा माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका दुई जनाको शव असार
२६ गते एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ ।
 
सोही ठाउँ बस्ने १८ वर्षिय प्रविण बि.क. र सुधिर बि.क. शुक्रबार दिउँसो
सो खोलामा माछा मार्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने खबर पाउनासाथै
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीबाट खटिएको एपीएफ टोली र
स्थानीय प्रहरीले उनीहरुको खोजी गर्ने क्रममा घटनास्थल देखि करीव ६ सय
मिटर तल बासको घारीमा दुवै जनाको शव फेला परेको हो ।

2077-03-26