Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ :-

सुनसरी,
    सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ चारकुने सीमा ईलाकाबाट साउन ११ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सोही जिल्लाको कोशी गाउँपालिका ८ बस्ने २० वर्षिया गितादेवी सदा छिन् ।
    भारतबाट अवैध रुपले लुकिछिपी नेपालतर्फ प्रवेश गर्दै गरेकी निज सदालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी १० बोतल र नाईट्रोभेट ट्याब्लेट ५ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।    
    पक्राउ परेकी सदालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहकिो लागि स्थानीय प्रहरीमा बुझाईएको छ । 

2077-04-11
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद :–

काठमाडौं, 
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर नगरपालिका ५ बसैयाबाट साउन १० गते राति एपीएफ टोलीले करीब एक लाख ३८ हजार रुपैयाँ बराबरको चोरीनिकासीको केराउ बरामद गरेको छ । 
    नेपालबाट भारततर्फ अवैध रुपले चोरीनिकासी गरी लैजाँदै गरेको उक्त केराउ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भैरमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
बरामद केराउ स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले साउन ११ गते करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको चारैपैठारीको लत्ताकपडा तथा मोटर पाटर््स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा मोटर पार्ट्स एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानी सीमा ईलाकाबाट बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । 
 

2077-04-11
APF News
डुवेर वेपत्ता भएकाको शव फेला
काठमाडौं, धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ नाथपट्टीचोकस्थित नहरमा डुवेर बेपत्ता भएका सोही ठाउँ बस्ने मिथिलेशकुमार मण्डलको शब साउन ८ गते एपीएफ टोली र स्थानीय प्रहरीले फेला परेको छ । माछा मार्न भनेर अघिल्लो दिन घरबाट हिडेका उनी बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुवरकोटबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सो ठाउँको नहरमा करीव ६० मिटर तल उनको शव फेला पारेको हो । यसैगरी झापा जिल्लाको दमक नगरपालिका २ स्थित कमल पोखरीमा डुवेका तीन जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । उनीहरु यही साउन ७ गते पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि खोजी कार्य गर्दा उनीहरुको शव भेटिएको हो । सोही नगरपालिका २ गौरिशंकर बस्ने १० बर्षिय अंकुश तामाङ, १४ बर्षिय करण थामी र १२ बर्षिय अर्जुन थामी सो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट तत्कालै एपीएफ टोली खटिएको थियो । उनीहरु मध्ये अंकुश तामाङको शब सोही दिन फेला पारिएको थियो भने अन्य दुई जनाको शब साउन ८ गते फेला पारिएको हो । यसैगरी सर्लाही जिल्लाको धनकौल गाँउपालिका १ सेखौनास्थित लच्कातर्ने क्रममा बगेर बेपत्ता भएका सोही ठाउँ बस्ने ४५ बर्षिय बिजेन्द्र झाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । निज झा साउन ७ गते त्यस ठाउँमा लच्का तर्ने क्रममा बगेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलराउधोरणबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले खोजी गर्ने क्रममा उनको शव सो ठाउँ भन्दा करीब तीन सय मिटर टाढा फेला पारेको हो ।
2077-04-08
APF News
बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार 

काठमाडौं,       
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका १ गमहरीयामा साउन ६ गते लालबकैया
खोलाको लच्कापुल तर्ने क्रममा बीच भागमा अलपत्र परेका सात जनाको एपीएफ
टोली र स्थानीय प्रहरीले सकुशल उद्धार गरेको छ ।
        सो लच्कापुल तर्ने क्रममा केही व्यक्तिहरु बीच भागमा पुगेपछि बाढिको
प्रभावले त्यस ठाउमा अड्कीएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी
बल, नेपाल सुरक्षा बेश लक्ष्मीपुरबाट एपीएफ टोली खटिएको थियो ।
        यसैगरी पर्सा जिल्लाको छिपहरमाई गाँउपालिका १ स्थित ओरिया खोलामा साउन ६
गते पानीको बहाब बढ्न गई सोही ठाउँ बस्ने नन्दु साहको घर डुवानमा परेर सो
घर भित्र अलपत्र परेका ९ जनाको एपीएफ टोली र स्थानीय प्रहरीले सकुशल
उद्धार गरेको छ ।
        सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
भिष्वाबाट एपीएफ टोली खटिएको थियो ।
        यसैगरी झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ७ स्थित मुर्तिडाँडामा
पहिरो गई तेजराज बराईलीको घर पुरिदा सोही जिल्लाको मेची नगरपालिका ९
मागुरबारी बस्ने १५ बर्षिय बिबेक दंगाल बेपत्ता भएका छन् ।
        सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश टिमाईबाट एपीएफ टोली खटिई गई उनको
खोज तथा उद्वार कार्यमा जुटेको छ ।
        यसैगरी रौतहट जिल्लाको कठरिया नगरपालिका १ भोसेरुवा बस्ने २५ वर्षिय
बैजु यादव स्थानीय बकैया खोलामा बाढिले बगाएर ल्याएको दाउरा तान्ने
क्रममा साउन ७ गते खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त
भएपछि सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश जंगलशैयाबाट खटिएको
एपीएफ टोली र स्थानीय प्रहरी उनको खोजी कार्यमा जुटेको छ ।
        यसैगरी लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका ३ तरापुमा साउन ७ गते
पहिरो जाँदा १८ घर पुरिएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल,
नेपाल आश्रित गुल्म लमजुङ्गबाट खटिएको एपीएफ टोली र स्थानीय वासिन्दाले
उक्त पहिरोमा परेका दुई जनाको सकुशल उद्वार गरेको छ ।
 

2077-04-07
APF News
चोरीपैठारी निकासीको सामान बरामद

काठमाडौं,               
        पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ७ जगनाथपुर स्थित सीमा
ईलाकाबाट एपीएफ टोली र स्थानीय प्रहरीले चार लाख २५ हजार रुपैयाँ बराबरको
चोरीनिकासीको केराउ बरामद गरेको छ ।
        लु २ च १८२२ नम्बरको ट्रयाक्टरमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा
उक्त केराउ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीपर्सौनीबाट
खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त
केराउ लैजान प्रयोग भएको सो ट्याक्टर समेत बरामद गरिएको छ ।
        बरामद केराउ तथा उक्त ट्याक्टर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
बरामद केराउ तथा ट्याक्टरको भन्सार दाखिला मुल्य १४ लाख २५ हजार रुपैयाँ
रहेको छ ।
यसैगरी झापा जिल्लाको मेची नगरपालिका १५ स्थित सीमा ईलाकाबाट साउन ६ गते
एपीएपm टोलीले करीब ६ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा औषधी बरामद गरेको छ ।
        भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा औषधी सशस्त्र
प्रहरी बल, नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको
हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
         यसैगरी धनुषा जिल्लाको जनकनन्दनी गाँउपालिका ३ मौवाबाट साउन ६ गते राति
एपीएफ टोली र स्थानीय प्रहरीले करीब ६ लाख ४६ हजार रुपैयाँ बराबरको केराउ
र छोकडा बरामद गरेको छ ।
        सो ठाउँको एक घरमा उक्त सामान लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको
आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ
टोली र स्थानीय प्रहरीले उल्लेखित मुल्य बराबरको केराउ र छोकडा बरामद
गरेको हो ।
        बरामद सामान स्थानीय प्रहरीमा बुझाइएको छ ।

2077-04-07
APF News
एपीएफ टोलीद्वारा श्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ

सिरहा,         
सिरहा जिल्लाको सिरहा नगरपालिका १९ सोहरुवा स्थित सीमा ईलाकाबाट साउन ६
गते राति एपीएफ टोलीले श्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई
पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको अर्नामा गाँउपालिकाको लक्ष्मीपुर बस्ने ३७
बर्षिय सुकदेव ठाकुर छन् ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका निज ठाकुरलाई एपीएफ टोलीले जाँच गर्दा
उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा निज ठाकुरले उक्त रुपैयाँको
श्रोत खुलाउन नसकेपछि सो रकमसहित उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका निज ठाकुरलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ ।

2077-04-07
APF News
बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

काठमाडौं,
काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका १० स्थित सुन्दरीघाटमा वर्षाको पानी पसेर डुवानमा परेका ९ घर परिवारका सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गण काठमाडौंबाट खटिएको एपीएफ टोलीले सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी काठमाडौं जिल्लाको कागेश्वरी महानगरपालिका ९ स्थित दुई वटा घर पहिरोको कारण जोखिम अवस्थामा रहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गणबाट एपीएफ टोली त्यस ठाउँमा खटिई गई नाला कटान गरेको छ ।
यसैगरी बारा जिल्लाको देवताल गाँउपालिका ६ रामपुरुवा रहुवाई क्षेत्रमा करीब पाँच फिट पानी जमेर तीन वटा घर डुवानमा परेको भन्ने जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट झिट्कैयाबाट एपीएफ टोली खटिई गई सो घर भित्र रहेका तीन जना बालकलाई उद्वार गरेको छ ।
यसैगरी झापा जिल्लाको झापा गााउपालिका २ स्थित शंकमारीमा साउन ५ गते कनकाई नदीको पानी पसेकोले उक्त गाँउको ३२ घरका एक सय ५२ जनालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय बासिन्दाले सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी नारायणी नदिमा पानीको वहाव बढुन गई पूर्वी नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका २ बोट टोलमा रहेको बस्ती डुबानमा परेपछि त्यस ठाउँका सय घर परिवाका स्थानीय बासिन्दाहरुलाई सोही नगरपालिका २ स्थित अक्सफोर्र्ड कलेजको भवन र कालिदास कलेजको भवनमा सारिएको छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनीहरुको उद्धार गरिएको छ ।
यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित सैनिक टोल र थारु टोलमा नारायणी नदीको बहाव बढेर दुई सय ६२ वटा घर डुवानमा परेपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुस्ताबाट एपीएफ टोली खटिई गई उक्त टोलका वासिन्दाहरुलाई सुरक्षित स्थानमा सारेको छ ।
यसैगरी पूर्वी नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका २ शेरी भुत्ताहामा नारायणी नदीको बहाब बढेर त्यस ठाउँका करीब १८ वटा घर डुबानमा परेको जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस चोरमाराबाट एपीएफ टोली खटिई गई डुवानमा परेका घरपरिवारहरुलाई आफन्तको घरमा सुरक्षित रुपमा स्थानान्तरण गरिएको छ ।
यसैगरी रौतहट जिल्लाको बौधीमाई नगरपालिका ३ मटिअर्वा स्थित अविरल वर्षाको कारण स्थानीय लालबकैया नदिमा आएको बाढिले करीव दुई सय मिटर जमिन कटान गरेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले सो स्थानमा माटो भरेर कटान रोक्ने प्रयास गरेको छ ।

2077-04-06