Toggle Menu

समाचार

APF News
बाढि आएको नदीको बीचमा परेकाको एपीएफ टोलीद्वारा उद्धार

डोटी,
        डोटी जिल्लाको शिखर नगरपालिका ८ बौघाटस्थित सेती नदीको बीच भागमा अलपत्र
परेका  सोही ठाउँ बस्ने ३० बर्षिय कवि बलयारलाई एपीएफ टोलीले साउन २६ गते
सकुशल उद्धार गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३६ गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक
केशवराज अवस्थीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित
खटिएको एपीएफ टोलीले उनको सकुशल उद्धार गरेको हो ।
        निज बलायर सो नदीमा बाढिले बगाएर ल्याएको काठ झिक्ने क्रममा पानीको
बहावसँगै बगेर नदीको बीच भागमा परेका थिए ।
        सो घटनाबारे जानकारी पाउनासाथै तत्कालै खटिएको एपीएफ टोलीले निज
बलायरलाई बोटको सहायतले सकुशल उद्धार गरेको हो ।
 

2077-04-27
APF News
एपीएफ टोलीद्वारा पोखरीमा डुवेकी महिलाको शब फेला

रौतहट,
        रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिका ३ स्थित पूर्वी टोल स्थित एक
पोखरीमा डुबेर मृत्यु भएकी सोही ठाउँ बस्ने करीव ७० बर्षिया झुलिया
देवीको शब एपीएफ टोलीले साउन २६ गते पोखरीबाट बाहिर निकालेको छ ।
        शौच गर्न जाने क्रममा पोखरीमा खसेर डुबेको भन्ने जानकारी पाउनासाथ
खटिएको एपीएफ टोलीले निजलाई मृत अवस्थामा फेला पारी पोखरीबाट बाहिर
निकालेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस देवाहीबाट सशस्त्र प्रहरी सहायक
निरीक्षक फणिन्द्रप्रसाद नेपालको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको शब
पोखरीबाट बाहिर निकाली आफन्तको जिम्मा लगाएको छ ।

2077-04-27
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,

महोत्तरी जिल्लाको औरही नगरपालिका ६ बैरियाबाट साउन २४ गते एपीएफ टोलीले करीव एक लाख ७७ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ ।

सोही स्थानमा रहेको एक घर तथा गोठमा भण्डार गरी राखेको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको

एपीएफ टोलीले उक्त किराना सामान बरामद गरेको हो ।

त्यसवेला एपीएफ टोलीले भारतीय नम्बरको एउटा मोटरसाईकल समेत बरामद गरेको छ ।

बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वर बुझाईएको छ ।

यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बेलहिया स्थित सीमा ईलाकाबाट साउन २५ गते एपीएफ टोलीले करीब एक लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बोगटीबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाकै मर्चवारी गाँउपालिका ७ बगौलीघाट स्थित सीमा ईलाकाबाट साउन २४ गते करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

2077-04-25
APF News
एपीएफ टोलीद्वारा करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित पक्राउ 

मोरङ ,
        मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाबाट साउन २४ गते एपीएफ
टोलीले करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको दुई सय ६७ ग्राम दुई सय २०
मिलिग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही महानगरपालिका १७ बस्ने ५५ बर्षिय शेमपेन गुप्ता छन् ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ
टोलीले उल्लेखित सुनसहित पक्राउ गरेको हो ।
        साईकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागि एपीएफ टोलीले जाँच
गर्दा उनको साथमा उल्लेखित सुन फेला परेपछि पक्राउ गरिएको हो ।
        एपीएफ टोलीले त्यसवेला निज गुप्ताको साथबाट पाँच हजार रुपैयाँ र एउटा
मोबाईल सेट समेत बरामद गरेको छ ।
 

2077-04-24
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ 

मकवानपुर,
        मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १५ सुर्यामाईबाट साउन २४ गते
एपीएफ टोलीले वीसीरेक्स नामक ९० बोतल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको
छ ।
        पक्राउ पर्नेमा सोही उपमहानगरपालिका ९ सिमेन्ट रोड बस्ने ३२ बर्षिय
प्रदिप पाण्डे छन् ।
        बा ५ प ४२२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल
नम्बर १४ गण मकवानपुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त
लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
        पक्राउ परेका निज पाण्डेलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाइएको छ ।
 

2077-04-24
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद –

काठमाडौं,
    महोत्तरी जिल्लाको सोनमा गाउँपालिका ३ उत्तरबारी टोलबाट साउन २१ गते एपीएफ टोलीले करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भारतीय नम्बरको दुई वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रघुनाथपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत बरामद गरेको छ । 
    बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । 
    यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुवाबाट साउन २२ गते एपीएफ टोलीले करीव चार लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । 
    अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद  सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको एपीएफ टोलीले साउन २२ गते करीव दुई लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ । 
    अवैध रुपले ओसार पसार गर्दै गरेको उल्लेखित मुल्य बराबरको ईनामेल, किराना सामान, मदिरा र केराउ एपीएफ टोलीले सप्तरी जिल्लाको डाँक्नेश्वरी नगरपालिका ४ कुशाहाबाट बरामद गरेको हो ।
    
 

2077-04-22
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट कोभिड–१९ उपचारार्थ आईसीयू भवन र मोलिकुलर ल्याब उद्घाटन

काठमाडौं,
        सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ उपचारार्थ नेपाल
एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आई.सी.यू. भवन र मोलिकुलर
ल्याबको उद्घाटन गर्नुभयो ।
        कोभिड–१९ को उपचारको लागि तीब्रगतिमा निर्माण भएको २० शैय्याको
आई.सी.यू. भवन र मोलिकुलर ल्याबको साउन २१ गते सशस्त्र प्रहरी
महानिरीक्षक खनालले उद्घाटन गर्नुभएको हो ।
        सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा नागरिकलाई महामारीको बेला
प्रदान गर्नुपर्ने सेवा र सुरक्षाको साथै अतिनै महत्वपूर्ण रहेको
स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी अहोरात्र बिरामीको सेवामा
कृयाशिल रहन सो अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिनुभयो ।
उहाँले नेपाल सरकारबाट सो अस्पताललाई कोभिड–१९ रोकथाम तथा उपचारमा
डेडिकेटेड अस्पतालको जिम्मेवारी सुम्पिएकोमा उक्त जिम्मेवारी निर्वाहका
लागि थप भएका सेवा सुविधाको अधिकतम उपयोग गरि स्वास्थ्य सेवा प्रदान गर्न
नेपाल एपीएफ अस्पताल सधैं प्रतिवद्ध रहने उल्लेख गर्नुभयो ।
        सो अस्पताललाई महामारीको बेला मात्र नभई अरु बेला समेत सेवामूखी बनाउँदै
लगिने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कोभिड–१९
महामारीमा रोगको उपचार, परिक्षण तथा रोकथाममा सो निर्माणले थप टेवा
पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
        कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ तथा
कोभिड–१९ यूनिफाईड अस्पताल निर्देशन समितिका अध्यक्ष डा. रोशन पोख्रेलले
यस कोभिड–१९ महामारीको बेला रोगको पहिचान तथा सीघ्र उपचारमा सहयोग पुगोस
भन्ने उद्देश्यका साथ नेपाल एपीएफ अस्पतालमा आई.सी.यू. भवन र मोलिकुलर
ल्याबको स्थापना गरिएको बताउनुभयो ।
        नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक
डा. रुपक महर्जनले स्वागत मन्तब्यको क्रममा स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयबाट विभिन्न मितिमा प्राप्त बजेट तथा नेपाल एपीएफ अस्पतालको
नियमित बजेटबाट सो निर्माण सम्पन्न भएको जानकारी गराउनुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी.,
नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ
अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2077-04-21
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ 

मोरङ्ग,
        मोरङ जिल्लाको रतुवामाई नगरपालिका २ डोरीयास्थित सीमा ईलाकाबाट साउन १४
गते एपीएफ टोलीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
        को २ ह २८७३ नम्बरको ट्याम्पुमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी
बल, नेपाल बोर्डर आउट पोष्ट डोरीयाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा
उनीहरुको साथमा नाईट्रोभेट ८ पत्ता र स्पास्मो ट्याब्लेट ३ पत्ता फेला
परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको उर्लाबारी नगरपालिका ४ बस्ने २९ बर्षिय
सुरज बि.क., सोही नगरपालिका ५ बस्ने २८ बर्षिय विबस लामा र उक्त
ट्याम्पुका चालक सोही जिल्लाकै धनपाल गाँउपालिका ३ बस्ने ३८ बर्षिय
सुवर्ण राम छन् ।
        एपीएफ टोलीले त्यसवेला उक्त ट्याम्पु समेत बरामद गरेको छ ।       
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा ट्याम्पुसहित आवश्यक कारवाहीको
लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2077-04-16
APF News
बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

काठमाडौं, कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी र वडा नम्बर ९ खक्रौला स्थित मोहना नदीमा आएको बाढीले सो स्थानमा रहेका करीव तीन सय ३० घरभित्र पानी पसेर डुबानमा परेकाहरुको एपीएफ टोलीले उद्धार गरेको छ । सो ठाउँमा घरहरु डुबानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट एपीएफ टोली खटिई गई उद्धार कार्यमा सकृयताका साथ जुटेको थियो । सो डुबानमा परेका ५५ जना मानीस, ३७ वटा चौपाया तथा ती घरमा रहेका सरसामानहरु सुरक्षित स्थानमा सारिएको छ । यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ८ स्थित सोनाफाँटा ईलाकामा साउन १४ गते गौरीखोलाको पानी बस्तीमा पसेर डुवानमा परेपछि सो ठाउँमा फसेका दुई जनाको एपीएफ टोली र स्थानीय प्रहरीले जिवितै उद्धार गरेको छ । सो ठाउँ डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनीहरुको उद्धार कार्यमा खटिएको थियो । सो डुवानमा परेर सोही ठाउँ बस्ने ईश्वर शाह, चन्द्र वि.क. र ११ बर्षिय स्केल चौधरी बेपत्ता भएको बताइएको छ ।

2077-04-16
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद :–

काठमाडौं, 
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर नगरपालिका ५ बसैयाबाट साउन १० गते राति एपीएफ टोलीले करीब एक लाख ३८ हजार रुपैयाँ बराबरको चोरीनिकासीको केराउ बरामद गरेको छ । 
    नेपालबाट भारततर्फ अवैध रुपले चोरीनिकासी गरी लैजाँदै गरेको उक्त केराउ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भैरमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
बरामद केराउ स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले साउन ११ गते करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको चारैपैठारीको लत्ताकपडा तथा मोटर पाटर््स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा मोटर पार्ट्स एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानी सीमा ईलाकाबाट बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । 
 

2077-04-11