Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा पटका बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ४ स्थित सिमा इलाकाबाट कार्तिक २२ गते एपीएफ टोलीले करीब एक लाख ८ हजार रुपैयाँ बराबरकोे पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश माताचोकबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी कपिलबस्तुजिल्लाको यशोधरा गाँउपालिका ७ स्थित सिमा इलाकाबाट कार्तिक २३ गते एपीएफ टोलीले करीब ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमको पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण कपिलबस्तुबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
2077-07-23
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखनौतियाबाट कार्तिक २१ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही गाँउपालिका १ श्रीरामपुर बस्ने अखिलेश हरिजनलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मैनीहवाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज हरिजनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नोफिन ४४ वटा, प्रोमेथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४४ वटा र डाईजपाम ईन्जेक्सन ४४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका हरिजनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले कार्तिक २१ गते ओनेरे नामक २० बोतल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट ईलाकाबाट सोही महानगरपालिका २ छप्कैया बस्ने २३ बर्षिय सफरोज शेखलाई उल्लेखित लागूऔषधसहित पक्राउ गरिएको हो । एपीएफ टोलीले निज शेखलाई शंका लागि जाँच गर्दा निजले ६ वटा खेलौनाभित्र लुकाई छिपाई ल्याँउदै गरेको अवस्थामा उल्लेखित लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका शेखलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-07-22
APF News
सशस्त्र प्रहरी बल, नेपाल बिओपी नेचुङ्ग मुस्ताङको भवन शिलान्यास
मुस्ताङ, मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) नेचुङ्गको कार्यालय र ब्यारेक भवनको कार्तिक १९ गते गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । उक्त बिओपी गत जेष्ठ १५ गते स्थापना भई सो बिओपीबाट दैनिक कार्य संचालन भइरहेको छ । उक्त बिओपी हाल नेचुङ्ग भन्सार कार्यालयको दुई वटा भवनमा रहेको छ । नेपालको सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो । हालसम्म १८३ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ ।
2077-07-19
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका १ महेशपुरस्थित सीमा ईलाकाबाट कार्तिक १८ एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाँउपालिका ३ भटौलिया बस्ने २० बर्षिय शंकर परियार र रामग्राम नगरपालिका ९ बस्ने ४३ बर्षिय सुरेन्द्रप्रसाद हरिजन छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ६ पत्ता, नाईट्रोभेट १० पत्ता, फेनारगन तीन सय ५० एम्पुल, नोफिन चार सय एम्पुल र डाईजापाम तीन सय ५० एम्पुल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले कार्तिक १९ गते सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सोही नगरपालिका १६ बस्ने संजिवकुमार यादव र बिकीकुमार यादव छन् । एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा निजहरुको साथमा कोडिन फोसफेट एण्ड क्लोरफेनिरामाईन म्यालेट चार बोतल र नाईट्रोभेट ट्याब्लेट पाँच वटा फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो ।
2077-07-19
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट कार्तिक १२ गते एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट एक हजार पाँचसय वटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा जिल्लामा घर बताउने २७ बर्षिय अशिम भुजेल र सिन्धुली जिल्लामा घर बताउने २७ बर्षिय मनोज भुजेल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट ६ हजार तीन सय ५० रुपैयाँ तथा दुई वटा मोवाइल सेट समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ लंका टोलस्थित सीमा ईलाकाबाट कार्तिक १२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया हरिपुर धर्मशाल १२ घर बताउने ४० बर्षिय दयावल तिवारी छन् । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स ३८ बोतल, स्पास्मो प्रोक्सी ६ पत्ता र नाईट्रोजन ट्याब्लेट १० पत्ता फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज तिवारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-07-12
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
धनुषा, धनुषा जिललाको नगराईन नगरपालिका ६ स्थित लगमाघाट ईलाकाबाट कार्तिक १२ गते एपीएफ टोलीले करीब एक लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न खालको मोवाईलको चार्जर बरामद बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको चार सय ६० वटा विभिन्न खालको मोवाईलको चार्जर सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस लगमाघाटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला उक्त चार्जर ल्याउँने व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उल्लेखित चार्जर सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद चार्जर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2077-07-12
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका १५ हात्तीवनबाट कार्तिक ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको थाहा नगरपालिका १२ बस्ने २२ बर्षिय सविन आलेमगर, धादिङ जिल्लाको थाक्रे गाँउपालिका ४ बस्ने २७ बर्षिय रणबहादुर आलेमगर, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका १४ बस्ने ३६ बर्षिय राजकुमार रोका र ३० बर्षिय अजितकुमार श्रेष्ठ छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण खुमलटारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट चरेश दुई केजी, नोफिन ५० वटा, डाईजोल्याप ५० वटा, फोनीगाम ५० वटा र ६ वटा मोबाईल सेट बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोबाईल सेटसहित आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ । यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २० बस्ने २३ बर्षिय सागर रसाईलीलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा वीनसीरेक्स १७ बोतल र नाईट्राभेट ट्याब्लेट ५५ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-07-06
APF News
एपीएफ टोलीद्वारा अफिम तथा चरेशसहित पक्राउ
बर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बाट कार्तिक ४ गते राति एपीएफ टोलीले करीब १८ के.जी. पाँच सय ग्राम अफिम तथा करीब पाँच के.जी. चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम जिल्लाको बाफीकोट गाँउपालिका ८ डुले बस्ने ३८ बर्षिया निर्मला बाँठामगर छिन् । बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कट्टीबाट खटिएको एपीएफ टोलीले निज बाँठामगरलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । एपीएफ टोलीले शंकास्पद अवस्थामा भेटिएकी निजलाई जाँच गर्दा उनले कम्मरमा पेटी बनाई बाँधेको अवस्थामा पाँच के.जी. पाँचसय ग्राम अफिम फेला परेको थियो । त्यसपछि निजबाट खुल्न आएपछि थप दुई वटा झोलामा राखेर परालको कुन्युभित्र लुकाएको अवस्थामा १३ के.जी. अफिम र पाँच के.जी. चरेश फेला परेको थियो । उक्त लागूऔषध ओसार पसारमा संलग्न रहेका अन्य दुई जना व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै भागी फरार भएका थिए । पक्राउ परेकी निज बाँठामगरलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय गुलरियामा बुझाइएको छ ।
2077-07-05
APF News
एपीएफ टोलीद्वारा सुनसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट कार्तिक २ गते एपीएफ टोलीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षिय रामचन्द्र साह छन् । बा १० च ३५६८ नम्बरको भ्यानमा सवार निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा गाडीको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको २ सय ग्राम सुन फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त भ्यान समेत बरामद गरेको छ । पक्राउ परेका साहलाई बरामद सुन तथा भ्यानसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद भ्यानको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।
2077-07-03