Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी परिवार महिला संघ, क्यान्सर कियर नेपाल र प्रिभेन्ट क्यान्सर फाउनडेशन यू.एस.ए. को संयुक्त आयोजनामा सर्भाईकल क्यान्सर प्रिभेन्सन वर्कसप

काठमाडौं, 
    सशस्त्र प्रहरी परिवार महिला संघले कल्याणकारी कार्यक्रम अन्तर्गत नेपाल एपीएफ अस्पताल वलम्बुमा महिला स्वास्थ्य सम्बन्धि सर्भाईकल क्यान्सर प्रिभेन्ट विषयक दुई दिने प्रशिक्षणको आयोजना गरेको छ । 
     क्यान्सर कियर नेपाल र प्रिभेन्ट क्यान्सर फाउनडेशन यू.एस.ए.को सहयोगमा संचालन गरिएको उक्त प्रशिक्षणको नेपाल एपीएफ अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र क्यान्सर कियर नेपालका डा. मदन पियाले यही फागुन २० गते संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । 
    त्यसअवसरमा क्यान्सर कियर नेपाल र प्रिभेन्ट क्यान्सर फाउनडेशन यू.एस.ए.ले दुर्गम क्षेत्रमा समेत लगेर महिलाहरुको पाठेघरको सेकाई गर्न मिल्ने पोर्टेवल थर्मल एब्लेशन मेशिन नेपाल एपीएफ अस्पताललाई हस्तान्तरण गरेको छ ।
    सो प्रशिक्षणमा नेपाल एपीएफ अस्पतालका प्रोग्राम कोर्डिनेटर प्रा. सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्य, प्रोग्र्राम डाईरेक्टर प्रोफेसर डा. जितेन्द्र परियार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका प्रोफेसर डा. सन्धा चापागाई, क्यान्सर कियर नेपालका अध्यक्ष डा. मदन पिया र प्रोफेर श्यामकुमार जोशीले क्यान्सर हुन सक्ने कारण, सो बाट बच्ने उपाय, क्यान्सर लागेपछि उपचार सम्भव छ वा छैन तथा क्यान्सर लागेपछि गरिने विविध उपचारको विधि र रोकथामको उपायहरुको बारेमा समेत प्रशिक्षण गर्नुभयो । 
    सो समारोहमा नेपाल एपीएफ अस्पताल, बीर अस्पताल, ओम समाज अस्पताल, नेसनल क्यान्सर अस्पताल र द यूनिभरसिटी अफ टोक्योका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गरी कुल ४० जनाको सहभागीता रहेको थियो । 
    नेपाल एपीएफ अस्पतालको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा नेपाल एपीएफ अस्पतालमा गाईनेकोलोजि क्यान्सर स्क्रिनिङ क्लिनीकको स्थापना गरी महिला दिदीबहिनीहरुको स्वास्थ्य समस्यासँग सम्बन्धि विभिन्न चेकजाँच र जनचेतानामूलक कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय तथा सशस्त्र प्रहरी बल नेपालका प्रदेश स्तरीय कार्यालयहरुमा संचालन गर्दै आईरहेको छ । 

2077-11-21
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनर्वा स्थित सीमा ईलाकाबाट फागुन १८ गते एपीएफ टोलीले करीव ५ लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । ना १९ प ७६९५ र बीआर ०५ भी २५७० नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको जुत्ताचप्पल, किराना सामान र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ३० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले फागुन १९ गते करीब ३ लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । उल्लेखित सामान पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2077-11-19
APF News
एपीएफ टोलीद्वारा श्रोत नखुलेको रुपैयाँसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १७ गते एपीएफ टोलीले श्रोत नखुलेको ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको छिन्नमस्ता गाँउपालिका १ बस्ने ५५ बर्षिया गितादेवी महतो छिन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठी कोईलाडीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा उल्लेखित रुपैयाँ फेला परेको र उनले सो रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेकी महतोलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।
2077-11-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका १० स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले फागुन १६ गते करीब १ लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हथिहवाबाट खटिएको एपीएफ टोलीले फागुन १७ गते कपिलवस्तु जिल्लाको सुद्धोधन नगरपालिका ५ बिष्णुपुरबाट करीब १ लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भन्सार छलीको उक्त लत्ताकपडा एपीएफ टोलीले बरामद गरी स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2077-11-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सिरहा जिल्लाको औरही गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट फागुन १६ गते एपीएफ टोलीले करीब २ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईट्टाटारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले फागुन १५ गते करीब एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । उल्लेखित मूल्य बराबरको चोरीपैठारीको गहना राख्ने बट्टा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2077-11-16
APF News
एपीएफ टोलीद्वारा अवैध औषधीसहित पक्राउ
सिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित भन्सार गेटबाट फागुन १४ गते एपीएफ टोलीले करीब ५० हजार रुपैयाँ बराबरको अवैध औषधीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ९ धारापानी बस्ने ४२ बर्षिय अब्जल मनसुर छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले निज मनसुरलाई उल्लेखित औषधीसहित पक्राउ गरेको हो । प्रदेश नं. २-०२२०११ प ४६४९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मनसुरलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त औषधी फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका मनसुरलाई बरामद औषधी र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ ।
2077-11-14
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट नम्बर १३ गण पर्साको समुद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको फागुन ११ गते समुद्घाटन गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको समुद्घाटन गर्नुकासाथै पर्सा जिल्लाको सीमावर्ती ईलाकामा अवस्थित अन्य सशस्त्र प्रहरी बल, नेपालका बोर्डर आउट पोष्ट तथा सुरक्षा वेश र पकाह मैनापुरमा निर्माणधिन अवस्थामा रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भवनको समेत निरीक्षण गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा अहोरात्र परिचालित भई सीमा सुरक्षा, नागरिकको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा खटिएर व्यावसायिक कार्यसम्पादन गरिरहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप, चोरीतस्करी नियन्त्रण तथा सीमा अपराधन नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपालको अहम भूमिका रहने चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा खटिदा अन्य सुम्बद्ध अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्दै अनुशासित एवं इमान्दारितापूर्वक जिम्मेवारी निर्वाहमा कृायशिल रहन निर्देशन दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतम, पर्सा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, स्थानीय भद्रभलाद्मी लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2077-11-11
APF News
सि.सं. २५ गुल्मपति तथा स्टाफ तालिम सम्पन्न
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २५ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम आईतबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी निरीक्षक निरन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो तालिमका प्रशिक्षकहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यवअवसरमा व्यावसायिक दक्षता अभिबृद्धिमा विशेष भूमिका खेल्ने यस्ता व्यावसायिक तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई कार्यक्षेत्रमा खटिदा उपयोग गर्दै व्यावसायिक कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरुले मातहतलाई सिकाउँदै कर्तव्यनिष्ठ भई सामुहिक भावनाकासाथ इमान्दारितापूर्वक सांगठानिक जिम्मेवारीका क्षेत्रहरुमा समर्पणभावका साथ उत्कृष्ठ कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले नागरिकको सेवा, सुरक्षा र आपद् विपदमा परेकाहरुको उद्वारमा देखाएको कर्तव्यपराणताको विभिन्न निकाय तथा नागरिक स्तरबाट समेत प्रशंसा भएको उल्लेख गर्नुभयो । करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३६ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए । उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2077-11-09
APF News
नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल, नेपालबारे विविध विषयमा प्रशिक्षण
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा फागुन ६ गते नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा संचालित सि.सं. २७ ‘कमाण्ड तथा स्टाफ कोर्ष’का प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल, नेपालको सम्बन्धमा विविध बिषयमा प्रशिक्षण प्रदान गरिएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस्ता कार्यक्रमहरुको आयोजनाले एक अर्का सुरक्षा संगठनहरुबीच सुमधुर सम्बन्ध कायम राख्न सहयोग पु¥याउने उल्लेख गर्नुहुँदै कार्यक्षेत्रमा खटिँदा आ-आफ्नो भूमिका स्पष्ट रुपमा निर्वाह गर्न समेत सघाउ पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेतृत्व क्षमता तथा कार्यकुशलता अभिबृद्धिमा विशेष भूमिका खेल्ने सो कोर्षमा आफू सहभागी रहँदाको अनुभव स्मरण गर्नुहुँदै उक्त कोर्षका प्रशिक्षार्थीहरुलाई आगामी दिनहरुमा व्यवसायीक जीवनमा पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरले सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमी, म्याण्डेट, सशस्त्र प्रहरी बल, नेपालको संरचना, देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल, नेपालको परिचालन, सीमा सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको प्रविधि, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन तथा उपलब्धी, हालका विविध सुरक्षा चुनौतीहरु लगायत शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिशनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत प्रशिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडामगरले प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल, नेपालको कामकारवाही सम्बन्धमा राखेको जिज्ञासाहरुबारे प्रष्ट पार्नुभएको थियो । प्रशिक्षार्थी अधिकृतहरुले सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनको लागि प्रयोगमा ल्याएको विभिन्न विपद् व्यवस्थापन सामाग्रीहरुको समेत अवलोकन तथा सो बारे जानकारी लिएका छन् । सो कोर्षमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, संयुक्त राज्य अमेरीका, बेलायत, नाईजेरिया, श्रीलंका, पाकिस्तान र बंगलादेशका गरी कुल ६९ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ । कार्यक्रममा सो कोर्षका सिनियर ईन्स्ट्रक्टर महासेनानी बिमलराज शर्मा लगायत नेपाली सेना तथा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2077-11-06
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ३ पश्चिम कुशाहास्थित सीमा ईलाकाबाट फागुन ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको धरान उपमहानगरपालिका १५ बस्ने २२ बर्षिय अनिल गुरुङलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । को २७ प ८५९१ नम्बरको स्कुटरमा आउँदै गरेका निज गुरुङलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा स्पास्मो ट्याब्लेट १ सय ५० वटा र ट्रमाडोल ट्याब्लेट २ हजार ९ सय ७० वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको एपीएफ टोलीले कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिका ४ कार्गिलडाँडा स्थित सीमा ईलाकाबाट फागुन ५ गते विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १ बस्ने ३० बर्षिय सद्दाम मिया छन् । से ४ प ७७६७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा पिभोन स्पास प्लस ट्याब्लेट १० वटा, नाईट्राभेट ट्याब्लेट दुई वटा र एक ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज मियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-11-06