Toggle Menu

समाचार

APF News
खोलाले बगाई हराईरहेको सीमा स्तम्भ एपीएफ टोलीद्वारा फेला
झापा, झापा जिल्लाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टा नेपाल भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ बाढिको कारण विगतमा हराईरहेकोमा चैत्र ६ गते विहान एपीएफ टोलीले फेला पारेको छ । सीमा स्तम्भ नम्बर ११९÷८ (सानो) खोलाले बगाई हराईरहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचना झापाबाट सशस्त्र प्रहरी निरीक्षक भक्तबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सीमा स्तम्भ सोही स्थानमा खोलाले पुरिएको अवस्थामा शुक्रबार फेला पारिएको हो । सो सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताईएको छ ।
2077-12-07
APF News
सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा २ हजार २ सय २७ जना उत्तिर्ण
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा २ हजार २ सय २७ जना परिक्षार्थी उत्तिर्ण भएका छन् । हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागि रहेका थिए । सबै प्रदेशका परिक्षा केन्द्रमा संचालन भएको सो परिक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गरिएको हो । सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रकृया निश्पक्ष र पारदर्शी रुपमा संचालन हुने गरको छ ।
2077-12-06
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
सुनसरी, सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ४ स्थित बसचोकबाट चैत्र ४ गते एपीएफ टोलीले २८ सय वटा ट्रमापोल हाईड्रोक्लोराईड क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको धरान उपमहानगरपालिका ८ बस्ने २९ वर्षिय अजय श्रेष्ठ र ३० वर्षिय निपेन श्रेष्ठ छन् । को ५ प ७६४७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।
2077-12-05
APF News
श्रोत नखुलेको रुपैयाँसहित एपीएफ टोलीद्वारा पक्राउ
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट ईलाकाबाट फागुन २९ गते एपीएफ टोलीले श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ बर्षिय राजेशकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।
2077-11-29
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट तालिम समापन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. २ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा फागुन २८ गते आयोजित एक समारोहकावीच सो तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरु मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्नुहुँदै सीमा सुरक्षालाई विशेष महत्व दिँदै आगामी दिनहरु यस किसिमको तालिमलाई अझ परिस्कृत ढंगले लैजाने बताउनुभयो । उहाँले चेन अफ कमाण्ड कुनै पनि फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै चेन अफ कमाण्डको पालना गर्दै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई आ-आफ्नो तहबाट योगदान पु¥याउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमको दौरान आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गर्नुका साथै आफुभन्दा पछिल्लो पिडीलाई समेत सिकाउँदै पूर्ण व्यावसायीक तवरले निःस्वार्थ भएर जिम्मेवारीलाई निर्वाहमा कृयाशिल रहन निर्देशन दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक बिकास अधिकारीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक भानुभक्त लम्साल सर्वप्रथम भएका छन् । करीब ६ हप्ता अवधिको सो तालिममा १३ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १४ जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल २७ जना सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।
2077-11-28
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकबाट फागुन २७ गते एपीएफा टोलीले ४४ वटा नाईट्राभेट ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ३ बस्ने २० वर्षिय दशरथ मण्डल, १९ वर्षिय प्रेमकुमार झा र सुरजकुमार सदा छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईप्रका मार्डरमा बुझाईएको छ ।
2077-11-28
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ पूर्वी भन्सार सीमा ईलाकाबाट फागुन २४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा को ११ प ८१८४ नम्बरको मोटरसाईकलमा सवार सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ बस्ने २१ वर्षिय जयनारायण उराउ तथा सोही जिल्लाकै बराहक्षेत्र नगरपालिका १० बस्ने ३६ वर्षिय गणेश यादव र साईकलमा सवार सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ बस्ने २२ वर्षिय सन्तोष मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्रोक्सिभन क्याप्सुल २ सय १६ वटा, नाईट्रोजन ट्याब्लेट १७ वटा र डाईलेक्स डिसी ५ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल तथा साईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकल र साईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका लौकहीमा बुझाईएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ गैरीगाउँ स्थित सीमा ईलाकाबाट फागुन २४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको बिर्तामोड नगरपालिका ४ बस्ने ३० वर्षिय दिलिपकुमार माझीलाइ पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश फोहोरमैलाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लुपिजेसिक ५ वटा, फेनारगन ५ वटा र डाईजिपाम ५ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज माझीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईप्रका काँकडभिट्टामा बुझाइएको छ ।
2077-11-25
APF News
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालबाट नेपाल एपीएफ अस्पतालमा गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा समुद्घाटन
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालबाट नेपाल एपीएफ अस्पतालमा गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा समुद्घाटन काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा आयोजित एक समारोहका वीच सो अस्पतालमा थप गरिएको गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाकोे समुद्घाटन गर्नुभयो । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आजै सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा गाईनोकोलोजी क्यान्सर एवेरनेस बिषयमा प्रस्तुतीकरण तथा अन्तरकृया कार्यक्रम समेत संचालन भएको छ । सो अन्तरकृयामा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा नेपाल एपीएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । सो गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक संचालनसँगै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गको लागि भिआइए र भिआइएलआइ, पिएपी स्मेयर टेस्ट, एलबिसी र एचपीभी टेस्ट त्यसैगरी स्तन क्यान्सर स्क्रिनिङ्गको लागि भिडियो एक्सरे तथा विभिन्न डाइगोनेस्टिक विधिबाट उपचारहरु प्रदान गरिनेछ । सशस्त्र प्रहरी परिवार महिला संघ तथा नेपाल एपीएफ अस्पतालको सहकार्यमा सो अस्पतालमा आजैदेखि संचालनमा आएको गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाकोे सुचारुसँगै सशस्त्र प्रहरी परिवार महिला संघले सिफारिस गरेका महिलाहरुलाई गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा प्रदान गरी क्यान्सर रोगको सुरुको अवस्थाको समयमा नै रोग पहिचान गरी उपचार तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । यसैगरी ट्यूमर तथा ट्यूमर सम्बन्धी बिरामीहरुको लागि शल्य चिकित्सक सेवा, नेपाल एपीएफ अस्पतालमा कार्यरत तथा अन्य स्वास्थ्यकर्मीहरुलाई गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सम्बन्धी तालिम संचालन, टेलिमेडिसिन तथा तालिम प्राप्त स्वास्थ्यकर्महरुद्वारा प्रदेशस्तरमा समेत गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा विस्तार, रेडियो थेरापी तथा केमो थेरापी आवश्यक पर्ने क्यान्सरका बिरामीहरुलाई आवश्यकता अनुसार सम्बन्धित स्वास्थ्य निकायहरुमा समन्वय गरी रेफर गर्ने, गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग व्यवस्थापनका विभिन्न पक्षहरुमा अनुसन्धान गर्ने, सशस्त्र प्रहरी परिवार महिला संघले आयोजना गर्ने स्वास्थ्य शिविरहरु मार्फत महिलाहरुमा हुने क्यान्सरको बारेमा जनचेतना, स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम संचालन गर्नुका साथै सशस्त्र प्रहरी परिवार महिला संघको संयोजकत्वमा नेपालका दुर्गम स्थानहरुमा गाईनोकोलोजी क्यान्सर क्लिनिक शिविरहरु संचालन गरिने कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।
2077-11-24
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट नेपाल एपीएफ अस्पतालको एमआरआई र एचडियू सेवाको समुद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा नवनिर्मीत एमआरआई तथा एचडियू सेवाको फागुन २४ गते समुद्घाटन गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल एपीएफ अस्पताललाई सहयोग पु¥याएकोमा कोभिड-१९ निर्देशन समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक डा. रोशन पोख्रेल तथा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) का शंकर ढकाललाई प्रसंसापत्र प्रदान गर्नुका साथै कोभिड-१९ महामारीको समयमा नेपाल एपीएफ अस्पतालमा कार्यरत रहि कोभिड-१९ संक्रमित तथा अन्य विरामीहरुको आकस्मिक तथा नियमित स्वास्थ्य उपचारमा अहोरात्र परिचालित भई स्वास्थ्य उपचारमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल एपीएफ अस्पतालका १ सय १६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत प्रसंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले कोभिड-१९ महामारीको समयमा सो अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य उपचार सेवाको विभिन्न निकायहरुबाट प्रसंसा भइरहेको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालका स्वास्थ्यकर्मीहरुले सो महामारीको समयमा किञ्चित विचलित नभई उच्च मनोबलका साथ अहोरात्र खटिएर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा देखाएको पूर्ण व्यावसायीकताको मुक्तकण्ठले प्रसंसा गर्नुभयो । उहाँले नेपाल एपीएफ अस्पतालको स्तरोन्नतीका लागि आपूmहरु सुरुदेखि नै सो अस्पताललाई राष्ट्रियस्तरको अस्पताल बनाउने सोचका साथ कृयाशिल रुपमा अगाडी बढिरहेको चर्चा गर्नुहुँदै हालै थपिएको एमआरआई, एचडियू र गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाबाट गम्भिर प्रकृतिका रोगहरुको बेलैमा पहिचान तथा थप उपचारमा विशेष योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अस्पतालका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका परिवारजन, मानव सेवा आश्रममा आश्रित बृद्धबृद्धाहरु, विद्यार्थी लगायत सर्वसाधारण नागरिकलाई उत्कृष्ट स्वास्थ्य उपचार सेवा प्रदान गर्न दत्तचित्त भई निरन्तर कृयाशिल रहन त्यसैअवसरमा निर्देशन समेत दिनुभयो । उहाँले संगठनको विकास तथा विस्तारमा सबैले सामुहिक भावनाकासाथ आ-आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्ने उल्लेख गर्नुहँुदै भावी पुस्ताका लागि के योगदान दिनसक्छौ भनि चिन्तनशिल भई निरन्तर रुपमा पूर्ण व्यावसायीक भई कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने बताउनुभयो । सोही समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय खडगबहादुर राई र राजु अर्याल तथा प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा.रुपक महार्जनले सो अस्पतालमा कार्यरत रहि उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा योगदान पु¥याउनु हुने जुनियार अधिकृत, बिल्लादार तथा जवान गरी कूल ३ सय २४ जनालाई प्रसंसापत्र प्रदान गर्नुभयो । सो अस्पतालमा थप भएको एमआरआई, ५० शैयाको एचडियू र गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिकले आजैबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ ।
2077-11-24
APF News
चोरीपैठारीको लत्ताकपडासहित एपीएफ टोलीद्वारा तीन जना पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट फागुन २३ गते एपीएफ टोलीले करीव दुई लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको जनकनन्दनी गाउँपालिका १ बस्ने १९ वषिय ललितकुमार साफी, २१ वर्षिय विकासकुमार महतो र सोही जिल्लाकै कमला नगरपालिका ८ बस्ने २३ वर्षिय कृष्ण यादव छन् । दुई वटा मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ ।
2077-11-23
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित सीमा ईलाकाबाट फागुन २२ गते एपीएफ टोलीले ८० वटा स्पस्मो ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ बस्ने २८ वर्षिय दिल्लाराज मिश्र छन् । से २ प ४८०७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मिश्रलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका मिश्रलाई बरामद लागुऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पशुपतिबाट खटिएको एपीएफ टोलीले फागुन २३ गते काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका ८ स्थित पशुपति पिपलबोट नजिकैबाट करीव १ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनखानी घर भई काठमाडौ महानगरपालिकाको गौरीघाट बस्ने विशाल थापा छन् । गस्तीमा खटिएको एपीएफ टोलीले निज थापालाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज थापालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत गौशलामा बुझाईएको छ ।
2077-11-23
APF News
माटोको ढिस्कोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव एपीएफ टोलीद्वारा फेला
ताप्लेजुङ्ग, ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका २ स्थित थुम्वा भन्ने स्थानमा निर्माणधिन सानिमा हाईड्रोपावरको सुरुङ्गभित्र पुरिएर बेपत्ता भएका दुई जनाको शव एपीएफ टोलीले फागुन २२ गते फेला पारेको छ । उक्त हाईड्रोपावरको सुरुङ्गभित्र काम गर्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएर बेपत्ता भएका भोजपुर जिल्ला घर भएका २८ वर्षिय सन्तोष बानियाँ र उदयपुर जिल्ला बस्ने २७ वर्षिय अम्मर विश्वकर्मा रहेका छन् । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश ढुङ्गेसाँघुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर वेगाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सुरुङ्गबाट उनीहरुको शव बाहिर निकालेको हो ।
2077-11-23