Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी अधिकृतहरुलाई फ्रेन्च भाषा प्रशिक्षण सुरु
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गतेदेखि सशस्त्र प्रहरी अधिकृतहरुलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा संचालन गरिएको छ । सो प्रशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्व दिनानु दिन बढ्दै गईरहेको चर्चा गर्नुहुँदै संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरुप उक्त प्रशिक्षण कक्षा संचालन गरिएको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा एक महत्वपूर्ण भाषा रहेकोले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त भाषामा दक्ष बनाई भविष्यमा विभिन्न मिशनमा खटिँदा भाषा सम्बन्धमा कुनै कठिनाईहरु नआओस र भविष्यमा विभिन्न मिशन ईलाकामा खटिनु पुर्व फ्रेन्च भाषामा लिईने परिक्षामा समेत धेरै भन्दा धेरै उत्तिर्ण भई सशस्त्र प्रहरीको सहभागिता बढ्ने विश्वासका साथ भाषा प्रशिक्षण सुरु गरिएको बताउनुभयो । त्यसअवसरमा एलायन्स फ्रँसेका डेपुटी डाईरेक्टर प्रविण राणाले फ्रेन्च भाषाको महत्व तथा आवश्यकता माथि प्रकाश पार्नुहुँदै सशस्त्र प्रहरी बल नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी उक्त भाषा प्रशिक्षण कक्षा सुरु गरिएको बताउनुभयो । उक्त फ्रेन्च भाषा प्रशिक्षणमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक सहित कुल ४० जना सशस्त्र प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरुको सहभागीता रहेको छ ।
2079-04-02
APF News
सशस्त्र प्रहरीद्धारा लत्ताकपडासहित एक जना पक्राउ

बारा,
    बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित वीरगंज–पथलैया सडकखण्डबाट असार ३२ गते सशस्त्र प्रहरीले अबैध लत्ताकपडासहित भारतमा घर बताउने ४० बर्षिय रिम्पु सिंहलाई पक्राउ गरेको छ ।
    वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ९४ नम्बरको ट्रकलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीले शंकालागि जाँच गर्दा विलमा उल्लेख भए भन्दा बढि परिमाणको पाईएपछि उक्त लत्ताकपडासहित उनलाई पक्राउ गरिएको हो । त्यसवेला सो ट्रक समेत बरामद गरिएको छ ।    
    पक्राउ परेका सिंहलाई बरामद लत्ताकपडा तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

2079-04-01
APF News
पाँच लाख एक्काईस हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा पाँच जना पक्राउ 

झापा,
    झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाईन्टबाट असार ३२ गते सशस्त्र प्रहरीले ५ लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा भारतमा घर बताउने आनन्द कुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र दार्जिलिङ घर बताउने चालक अविजित सिंह छन् ।
    भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु.बि. ७४ बि.एच. १६४३ नम्बरको टोयटा कारलाई शंका लागि चेकजाँच गर्दा दुई हजार दरको १ सय १ वटा र पाँच सय दरको ६ सय ३८ वटा भारतीय नोट फेला पारिएको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त कार समेत बरामद गरेको छ ।
    पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

2079-04-01
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्याउलेबाट असार ३० गते सशस्त्र प्रहरीले करीव ३ लाख ७३ हजार रुपैयाँ बराबरकोे लत्ताकपडा र पाउडर दुध बरामद गरेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी रौतहट जिल्लाको बौधीमाई नगरपालिका ५ कोपुवाबाट असार ३० गते सशस्त्र प्रहरीले करीव ६६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । बी.आर. १ ए.के. ७३३१ नम्बरको कारमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी समरजुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त कार समेत बरामद गरिएको छ । बरामद सामान तथा कार स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2079-03-30
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान ः–
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार ३० गते आयोजित एक समारोहकाबीच हालै पदोन्नती हुनुभएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । सो अवसरमा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै खाली रहेका विभिन्न पदहरुमा तत्कालै बढुवा गर्ने गरी कार्य भईरहेको बताउनुभयो । उहाँले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुप आ-आफ्नो जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहँदै पूर्ण व्यावसायिक भई जिम्मेवारी निर्वाहमा लाग्न अधिकृतहरुलाई निर्देशन दिनुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु सबैले फौजी अनुशासनको पालना गर्दैै ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा क्रियाशिल रहने विश्वास समेत व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती तथा बृत्तिविकासका लागि समयानुकुल आवश्यक तालिम समेत व्यवस्था गर्दै मौजुदा कार्यसम्पादन मुल्यांकन प्रणालीलाई बैज्ञानिक बनाईने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले सकारात्मक सोचकासाथ अध्ययनसिल रहदैँ ईमान्दारीतापूर्वक सम्पादन गरेका कार्यहरुबाट सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फको ६ जना सशस्त्र प्रहरी निरीक्षकहरु सोही समुहको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2079-03-30
APF News
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनरुवाबाट असार २७ गते सशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेट ९ सय वटा र कोरेक्स दुई बोतलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार जिल्ला पूर्वी चम्पारण मौजी ग्राम पन्चायत घर बताउने जानु गुप्ता छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी विरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको हो । पक्राउ परेका निज गुप्तालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
2079-03-27
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान:
काठमाडौ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार २७ गते आयोजित एक समारोहकाबीच हालै पदोन्नती हुनुभएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले व्यवसायिक जीवनमा पदोन्नती बृत्तीविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्नुहुँदै संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी आफुहरु अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै खाली पदहरु सिमित रहँदा सबैले एकै पटक पदोन्नती प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरुको बृत्तिविकासका लागि कार्यसम्पादन मुल्यांकन प्रणालीलाई वस्तुपरक र बैज्ञानिक बनाउँदै लगिने चर्चा गर्नुहुँदै संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद श्रृजना गर्नेतर्फ समेत पहल भईरहेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई निर्देशन दिनुहुँदै सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु अनुशासित र ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध भई क्रियाशिल रहने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले अधिकृतहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचकासाथ अझ बढि अध्ययनसिल र ईमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सहि मार्गनिर्देशन गर्दै व्यवसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । यसैगरी उहाँले जीवनको लामो र स्वर्णिम समय राष्ट्रसेवामा व्यथित गरी विशेष बढुवा भई अवकाश हुन लाग्नु भएका अधिकृतलाई आगामी जीवन सुखमय रहोस भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । सो समारोहमा दज्र्यानी चिन्हबाट सुशोभन हुनेहरुमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएका ५६ जना अधिकृतहरु र अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठ रहेका छन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2079-03-27
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट नेपाल एपीएफ अस्पतालको निरीक्षण:–
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको असार १९ गते निरीक्षण गर्नुभई त्यहाँको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको छ । महानिरीक्षक अर्यालले सो अस्पताल निरीक्षण तथा अनुगमनको क्रममा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुसँग अन्तरक्रिया गर्नुका साथै सो अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य उपचार सेवा, थप गर्नुपर्ने आवश्यक संरचना तथा श्रोत साधन र व्यवस्थापकीय लगायतका विविध पक्षबारे जानकारी लिनु भएको होे । त्यसअवसरमा उहाँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अस्पतालबाट प्रवाह हुने उपचार सेवामा कुनै पनि कमिकमजोरी हुन नदिई संवेशनशील रहँदै उच्चस्तरीय सेवा प्रवाहमा क्रियाशिल रहन निर्देशन दिनुभयो । महानिरीक्षक अर्यालले त्यसअवसरमा ओपीडी, प्याथोलोजी, आईसीयू, अपरेशन कक्ष, बाल रोग विभाग, बिरामी वार्ड, फिजियोथेरापी, फार्मेसी तथा मेश लगायतको निरीक्षण र अनुगमन गर्नुभई जनरल वार्ड, आईसीयू, एचडीयू र भेन्टिलेटरमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिनुभएको हो ।
2079-03-19
APF News
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सव कार्यक्रम
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २१औं वार्षिकोत्सवको पुनित अवसरमा असार १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सो संघद्वारा आयोजित विशेष समारोहको माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सो अवसरमा माननीय मन्त्री रेग्मीले सो संघले समाज सेवाको क्षेत्रमा सक्रिय रहँदै पु¥याएको योगदानको प्रशंसा गर्नुहुँदै सबै मिलेर समाज सेवाको क्षेत्रमा कार्य गरेमा मुलुक तथा समाजको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले देश विकाससँगै समतामूलक समाज निर्माणको लागि महिला र पुरुष दुवैको महत्वपूर्ण भुमिका रहने चर्चा गर्नुहुँदै राष्ट्रसेवामा समर्पित सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारहरुको हकहित र सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सशस्त्र प्रहरी परिवार महिला संघले खेलेको अहम भूमिका प्रशंसनीय रहेको बताउनुभयो । त्यसअवसरमा माननीय मन्त्री रेग्मीले विभिन्न निकायमा रहेर समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने तथा संघको विविध कृयाकलापमा सहयोग पु¥याउने महानुभावहरुलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी महिला राष्ट्रसेवक तथा नेपाल एपीएफ स्कुल कीर्तिपुरकी उत्कृष्ट महिला शिक्षकलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्यालले धन्यवाद ज्ञापनको क्रममा समाजसेवाको कार्य एक मात्र व्यक्ति वा सस्थाको एकल प्रयासले मात्र नभई समाजमा क्रियाशिल विभिन्न संघ संस्थाहरु विच समेत हातेमालो र समन्वय आवश्यक रहेको चर्चा गर्नुहुँदै समाज सेवामा आवद्ध संघ संस्थाहरुसँग सहकार्य तथा समन्वय गर्दै सशस्त्र प्रहरी परिवार महिला संघ आफ्नो स्थापनाकाल देखि नै निरन्तर समाज सेवामा क्रियाशिल रहँदै आएको बताउनुभयो । त्यसैअवसरमा उहाँले नेपाल एपीएफ स्कूलका विभिन्न विद्यामा उत्कृष्ट ठहरिएका विद्यार्थी तथा वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीहरुलाई छात्रवृत्ति स्वरुप जनही नगद १० हजार र प्रशंसापत्र तथा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुका सन्ततीहरु मध्ये माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई समेत जनही १० हजार रुपैयाँ राशीको छात्रवृत्ति सहित प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा सो संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै सो संघले समाज सेवाको भावनामा ओतप्रोत रहँदै योगदान पुर्‍याई रहेको बताउनुभयो । कार्यक्रममा सो संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगरले संघको गतिविधि र भावि योजनाबारे चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी परिवार महिला संघको नाम ‘सशस्त्र प्रहरी परिवार संघ’ राखिने र सशस्त्र प्रहरी कर्मचारीहरुका श्रीमान वा श्रीमती दुवै संघमा आवद्ध हुने व्यवस्था मिलाउने योजना रहेको समेत जानकारी गराउनुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, विभिन्न संघ संस्थाका बिशिष्ट महानुभावहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
2079-03-17
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सशस्त्र प्रहरी उपरीक्षकहरुलाई दज्र्यानी चिन्ह प्रदान:–
काठमाडौ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार १६ गते आयोजित एक समारोहका बीच उल्लेखित दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७९/०३/१३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) मिति २०७९/०३/१४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका २ जना गरी कूल ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो । समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायीक भई सकारात्मक सोचका साथ ईमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिनुभयो । उहाँले संगठन सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा बढुवा तथा बृत्तिविकास समय सापेक्ष र बैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धती विकास गर्दै कार्यान्वयनमा लागेको उल्लेख गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत दक्षता अभिबृद्धि गर्दै आफू मातहतका कर्मचारीहरुलाई प्रशिक्षित गर्दै विपद् उद्धार लगायत राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा अझ बढी ईमान्दार, वफादार र कटिबद्ध रहँदै परिचालित भई उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
2079-03-16