Toggle Menu

समाचार

APF News
निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौं, नेपाल भारत महिला मैत्री समाज र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा चैत्र ४ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ५ अर्यालटारस्थित खेलकुद मैदानमा संचालन गरिएको सो स्वास्थ्य शिविरमा २०८ जना महिला र ३८८ जना पुरुष गरी ५९६ जनाको स्वास्थ्य परिक्षण गर्नुकासाथै निःशुल्क रुपमा औषधी वितरण गरिएको थियो । नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष समेत रहनु भएकी माननीय सांसद चन्दा चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारण, बृद्धबृद्धा, अशक्त र सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारहरुले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । त्यसअवसरमा उहाँले अशक्त तथा अपाङ्गता भएकाहरुको लागि ६ वटा ह्वील चेयर समेत हस्तान्तरण गर्नुभएको थियो । नेपाल एपीएफ अस्पताल बलम्बुका चिकित्सकहरुद्वारा साधारण स्वास्थ्य परिक्षण, नाक कान घाँटी, आँखा, हाडजोर्नी, बाल रोग, स्त्री रोग र अल्ट्रा साउण्ड लगायतको स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सो निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, तारकेश्वर नगरपालिकाकी उप-प्रमुख श्रृजना बुर्लाकोटी, नेपाल भारत महिला मैत्री समाजका तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलादमीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा माननीय सांसद चन्दा चौधरीले सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने संघकी अध्यक्ष श्रीमती अर्यालले सो स्वास्थ्य शिविर संचालनमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । काठमाडौं, नेपाल भारत महिला मैत्री समाज र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा चैत्र ४ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ५ अर्यालटारस्थित खेलकुद मैदानमा संचालन गरिएको सो स्वास्थ्य शिविरमा २०८ जना महिला र ३८८ जना पुरुष गरी ५९६ जनाको स्वास्थ्य परिक्षण गर्नुकासाथै निःशुल्क रुपमा औषधी वितरण गरिएको थियो । नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष समेत रहनु भएकी माननीय सांसद चन्दा चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न स्वास्थ्य शिविरमा स्थानीय सर्वसाधारण, बृद्धबृद्धा, अशक्त र सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारहरुले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । त्यसअवसरमा उहाँले अशक्त तथा अपाङ्गता भएकाहरुको लागि ६ वटा ह्वील चेयर समेत हस्तान्तरण गर्नुभएको थियो । नेपाल एपीएफ अस्पताल बलम्बुका चिकित्सकहरुद्वारा साधारण स्वास्थ्य परिक्षण, नाक कान घाँटी, आँखा, हाडजोर्नी, बाल रोग, स्त्री रोग र अल्ट्रा साउण्ड लगायतको स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सो निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, तारकेश्वर नगरपालिकाकी उप-प्रमुख श्रृजना बुर्लाकोटी, नेपाल भारत महिला मैत्री समाजका तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलादमीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा माननीय सांसद चन्दा चौधरीले सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने संघकी अध्यक्ष श्रीमती अर्यालले सो स्वास्थ्य शिविर संचालनमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
2079-12-05
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट तालिम समापन तथा उद्घाटन
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २ प्रशासनिक व्यवस्थापन (सिनियर अधिकृत) तालिम र सि.सं. ३० गुल्मपति तथा स्टाफ तालिम सम्पन्न तथा सि.सं. ५ ईन्टेलिजेन्स (सिनियर अधिकृत) तालिम सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतिष्ठानमा चैत्र ५ गते उल्लेखित तालिमहरुको समापन तथा उद्घाटन गर्नुका साथै सम्पन्न तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले फौजी संगठनलाई चलायमान बनाईराख्न तालिमको विशेष महत्व रहने उल्लेख गर्नुहुँदै तालिमले संगठनका राष्ट्रसेवक कर्मचारीहरुलाई लगनशिल, अनुशासित, कर्तब्यनिष्ठ बनाउनुको साथै पेशागत दक्षता अभिबृद्धि र संगठनप्रति अझ निष्ठावान बनाउने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा संगठनले प्रदर्शन गर्ने व्यावसायिकता त्यहाँ कार्यरत कर्मचारीमा निर्भर हुन्छ, भने कर्मचारीले सम्पादन गर्ने हरेक काम कारवाहीको सफलता तथा असफलता उसले लिएको सेवाकालिन तालिमहरुबाट निर्देशित हुने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपाललाई राज्यले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न संगठनका हरेक सदस्य शारीरिक रुपमा सबल र मानसिक रुपमा सक्षम, इमान्दार, अनुशासित हुनु अपरिहार्य रहेको बताउनुहुँदै सकारात्मक सोचका साथ सम्पादन गरिने कुनै पनि काम कारवाहीले उत्कृष्ट नतिजा हासिल गर्दै सुरक्षा वृत्तमा संगठनलाई अब्बल सुरक्षा संयन्त्र सावित गर्न थप टेवा पु¥याउने उल्लेख गर्नुभयो । महानिरीक्षक अर्यालले संगठन सरुवा बढुवा र सेवा सुविधा लगायतका विषयमा पद्धती हावी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताउनुहुँदै संगठनका हरेक कर्मचारीले आफ्नो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाँती राखेर नेतृत्वसँग हातेमालो गर्दै संगठनको विकास र विस्तारमा एउटै लक्ष्यका साथ अघि बढ्न निर्देशन दिनुभयो । सशस्त्र प्रहरी बल नेपालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको लागि उपलब्ध गराउने पेशागत तालिममा विशेष चासो राखेर नियमित संचालन गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले समय अनुसार प्रविधिको विकाससँगै बढ्दै गएको सुरक्षा चुनौतीहरुलाई परास्त गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा प्रशिक्षण प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । साथै आगामी दिनमा प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र वैज्ञानिक बनाउँदै लैजान सो प्रतिष्ठानलाई निर्देशन समेत दिनुभयो । ६ हप्ता अवधिकोे प्रशासनिक व्यवस्थापन तालिममा २७ जना, १२ हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३३ जना र ईन्टेलिजेन्स तालिममा २६ जना अधिकृतहरुको सहभागिता रहेको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, प्रतिष्ठानका कार्यकारी निर्देशक अभि कुमार खत्री, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2079-12-05
APF News
छिन्नमस्ता बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधी
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७९’ अन्तर्गत फुटबल खेलको उपाधी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जित्न सफल भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुको साथै उत्कृष्ट खेलाडी तथा बिजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गर्नुभयो । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यको साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवद्र्धनको क्षेत्रमा आफुलाई क्रियाशिल गराउँदै आएको बताउनुहुँदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीहरुमा अनुशासन, कर्तव्य परायणता एवं सामुहिक भावनाको समेत बिकास हुने उल्लेख गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले संगठनमा आपसी सहयोग, भाईचारा र बन्धुत्वको भावना बिकास हुनुको साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रीत सम्बन्धले सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारिरीक स्फुर्ती कायम राखी प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापना कालदेखि नै महत्वका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा उत्साहजनक सहभागिता जनाउँदै आएको उल्लेख गर्नुहुँदै महानिरीक्षक अर्यालले संगठनमा लुकेर रहेका प्रतिभावान खेलाडीहरुको उत्पादन र बृत्तिबिकासमा निरन्तर लागि रहने बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहालले खेलका उप-बिजेता टिम तथा खेलाडी र अफिसियलहरुलाई सम्मानपत्र, पदक तथा पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको फाईनल खेलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई १-० गोलको अन्तरले पराजित गरी उपाधी जितेको हो । नेपाल ए.पी.एफ. क्लावको आयोजनामा संचालित उक्त प्रतियोगिता यही फागुन २८ गतेदेखि प्रधान कार्यालयको रंगशालामा संचालन भएको थियो ।
2079-12-03
APF News
विश्व स्वास्थ्य संगठनको विशेष सहयोगमा निर्माण भएको दक्षिण एसियाको Severe Acute Respiratory Infection (SARI) Treatment Facility सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण
विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल एपीएफ अस्पताल बलम्वु काठमाडौंको परिषरभित्र निर्माण गरिएको ९२ शैयाको Severe Acute Respiratory Infection (SARI) Treatment Facility सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएको छ । नेपाल एपीएफ अस्पताल बलम्वुमा फागुन ३० गते आयोजित कार्यक्रमका बीच नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा.पूनम क्षेत्रपाल सिंहले हस्तान्तरण गर्नुभएको सो Treatment Facility डा. पोखरेलले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गर्नुभएको हो । गम्भिर प्रकृतीको श्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा स्वास्थ्य सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त Treatment Facility मा ७२ वटा वार्ड बेड, १४ वटा सघन उपचार कक्ष र ६ वटा ट्रिएज बेड रहेका छन् । कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिड-१९ महामारीको कठिन अवस्थामा समेत सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पतालले कोभिड डेडिकेटेड अस्पतालको रुपमा अनुकरणीय योगदान पुर्‍याएको स्मरण गर्नुहुँदै मंगलबार हस्तान्तरण भएको फिल्ड अस्पतालले श्वासप्रश्वाससँग सम्बन्धित महामारी र विपद्को समयमा आम जनतालाई अझै प्रभावकारी रुपमा सेवा प्रदान गर्न सफल हुने बताउनुभयो । विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले दक्षिण पूर्वी एशिया क्षेत्रमा नै पहिलो पटक संचालन हुन लागेकोSevere Acute Respiratory Infection (SARI) Treatment Facility ले गम्भिर प्रकृतीको स्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा सेवा प्रदान गर्न आवश्यक दक्ष जनशक्ति तथा भौतिक पूर्वाधारहरु पूर्व तयारी अवस्थामा रहनुका साथै सामान्य अवस्थामा समेत केन्द्रले दक्ष उपचार सेवा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतीक प्रकोप एवं महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले निर्वाह गर्दै आईरहेको जिम्मेवारीहरुलाई थप प्रभावकारी बनाउन तथा विशेषत श्वासप्रश्वास संक्रमण सम्बन्धि स्वास्थ्य उपचार प्रदान गर्न यस्ता प्रकृतीका संरचना तथा पूर्वाधारहरुले थप टेवा पुग्ने बताउनुभयो । उहाँले मानव जीवनको अस्तित्वसँग जोडिएको श्वासप्रश्वास जस्तो संवेदशिल विषयमा आवश्यकलाई महसुस गरी यसको महत्व, अपरिहार्यता र भावि चुनौतीको गहन अध्ययनका साथ स्वास्थ्य उपचार प्रदान गर्ने निकायका रुपमा सशस्त्र प्रहरी बल नेपाललाई Treatment Facility हस्तान्तरण गर्नुभएकोमा विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सम्बन्धित सरोकारवाला निकायप्रति आभार प्रकट गर्नुभयो । उहाँले यस Treatment Facility केन्द्रद्धारा सेवा प्रदान गर्ने कार्यमा भविष्यमा समेत विश्व स्वास्थ्य संगठन, मन्त्रालय र अन्य सरोकारवाला निकायको निरन्तर सहयोग र समन्वय रहिरहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिध डा.राजेश शाम्भाजी राओ पाण्डव, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
2079-11-30
APF News
नेपाल पूर्व सशस्त्र प्रहरी संघको पन्ध्रौं बार्षिकोत्सव तथा साधारण सभा
नेपाल पूर्व सशस्त्र प्रहरी संघको पन्ध्रौं बार्षिकोत्सव तथा साधारण सभा फागुन ३० गते प्रधान कार्यालय हलचोक स्वयम्भूमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो संघका जेष्ठ सदस्यहरु तथा संगठनबाट सेवा निवृत्त भई विभिन्न कारणले सशस्त्र प्रहरी दिवस कार्यक्रममा उपस्थित हुन नसकेका कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गर्नुको साथै संघको E-Bulletin को बिमोचन समेत गर्नुभएको थियो । उहाँले जिम्मेवारी निर्वाहको क्रममा प्राणोत्सर्ग गर्नुहुने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको स्मरण गर्नुहुँदै घाईते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । महानिरीक्षक अर्यालले संगठनमा आवद्ध रहँदा अनुभव, शिक्षा, सीप र पेशागत दक्षतालाई संगठनको श्रीवृद्धिमा कुसल परिचालन गर्दै संगठनको लक्षित उद्देश्य हाँसिल गर्न उहाँहरुले बगाउनु भएको पसिना, लगनशिलता र सक्रियकताको मुक्त कण्ठले प्रशंसा गर्नुभयो । नेपाल पूर्व सशस्त्र प्रहरी संघले बिभिन्न समयमा संगठनको पहिचान तथा प्रवद्र्धनमा पुर्‍याएको योगदान प्रशंसनिय रहेको बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो- ‘विगत र वर्तमान जस्तै भविष्यमा पनि संघले समग्र राष्ट्र, संगठन र बहाल तथा आवकाश प्राप्त कर्मचारीहरुको हितमा आफ्ना पाईलाहरु अघि बढाउँदै लैजाने कुरामा म विश्वस्त रहेको छु ।’ उहाँले संगठनमा कार्यरत कर्मचारीहरु, अवकाश प्राप्त तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरु र आश्रित परिवारजनको हितमा विगत देखिनै कल्याणकारी कार्य संचालन गरिरहेको र अग्रजहरुबाट प्राप्त सुझाबहरुलाई समेत समेट्दै सांगठानिक विकास विस्तारमा निरन्तर लागिरहेको बताउनुभयो । संघका सल्लाकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले विगतमा कति सफलता प्राप्त गर्‍यौं र भोलीका दिनहरुमा कसरी अघि बढ्ने भन्ने कुराको योजना बनाउँदै गएमा सफलता मिल्ने बताउनुभयो । संघका अध्यक्ष अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुँदै अवकाश प्राप्त र बहालमा रहेका कर्मचारी एउटै परिवरका सदस्यहरु रहेको हुँदा एक आपसमा माया, स्नेह, सहयोग र सद्भाव जरुरी रहेको बताउनुभयो । उहाँले संगठनको विकास र विस्तार गर्न पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको समेत योगदान जरुरी रहेको बताउनुहुँदै वर्तमान नेतृत्वले अवकाश प्राप्त कर्मचारीहरुसँग भेटघाट र समस्या बुझ्ने कार्यको थालनी गर्नु सह्रानिय र स्वागतयोग्य रहेको बताउनुभयो । अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक महेन्द्र कुमार भट्टचनले स्वागत मन्तव्य राख्नुहुँदै नेपाल पूर्व सशस्त्र प्रहरी संघको भवन गण्डकी प्रदेशमा निर्माण कार्य शुरु भएको हुँदा आगामी साधारण सभा उक्त प्रदेशमा राख्नुपर्ने प्रस्ताव गर्नुभयो । विशेष अतिथिहरु पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव बालकृष्ण प्रसाई, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापति एवं पूर्व सहायक रथि दिगम्बर शम्शेर राणा, नेपाल पूर्व प्रहरी संगठनका बरिष्ठ उपाध्यक्ष एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बिनोद सिंह, पूर्व राष्ट्रिय अनुसन्धान विभाग कर्मचारी संघका उपाध्यक्ष एवं पूर्व अनुसन्धान निर्देशक रबिन्द्र पण्डितले शुभकामना मन्तव्य राख्नुभएको थियो । संघले हालसम्म चारवटा प्रदेशका १६ जिल्लामा कार्यकारी समिति गठन समेत गरिसकेको जानकारी कार्यक्रममा गराईएको थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालका महासचिव एवं नेपाल सरकारका पूर्व सह-सचिव तारानाथ सुवेदी लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, अवकाश प्राप्त बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2079-11-30
APF News
चोरीपैठारीको सामान नियन्त्रणमा
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ बाट फागुन २७ गते सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले करीब २ लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । सो ठाउँस्थित एक घरमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवा, भन्सार कार्यालय र कर कार्यालय मलंगवाबाट खटिएको संयुक्त टोलीले उल्लेखित मूल्यको सामान बरामद गरेको हो । सो घरमा चोरीपैठारीको सामान लुकाई छिपाई राखेको भन्ने जानकारी पाएपश्चात खटिएको संयुक्त टोलीले खानतलासी गर्दा उल्लेखित मूल्य बराबरको लत्ताकपडा, इलेक्ट्रोनिक तथा हार्डवेयर लगायतका सामान बरामद फेला पारेको हो । बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
2079-11-29
APF News
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संगठनका नेतृत्व तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा फागुन २८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा विभागीय प्रमुखहरुले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन भएको सि.सं. ३० गुल्मपति तथा स्टाफ कोर्षका प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको  छ । संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समयसापेक्ष संगठनको विकास, विस्तार र सुधार कार्यमा परिवर्तन गर्दै लैजाने बताउनुहुँदै यस कार्यमा नेतृत्व तह गम्भीर रुपले लागि परिरहेको बताउनुभयो । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कामकारवाही, कार्यपद्धती र भावी योजना सम्बन्धमा प्रशिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नु भएको थियो । मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको प्रशासनिक कामकारवाही, भर्ना तथा तालिम, सरुवा, बढुवा, कल्याणकारी सेवा सुविधा, युएन मिशन लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन पद्धतीलाई समेत बैज्ञानिक, पारदर्शी र वस्तुगत ढंगले अगाडी बढाउँदै लैजाने योजना रहेको बताउनुभयो । यसैगरी कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले न्यूनतम श्रोतसाधन र जनशक्तिका बावजुद पनि देशको आन्तरिक सुरक्षा, सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, विपद् उद्धार लगायतका विभिन्न अप्रेशनल गतिविधिहरुमा सशस्त्र प्रहरी बल परिचालित हुँदै आईरहेको बताउनुभयो । सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालको तैनाथी, सीमा अपराध तथा राजश्व चुहावट नियन्त्रण लगायत सीमा सुरक्षासँग सम्बन्धित विविध विषयहरुमा प्रशिक्षार्थी अधिकृतहरुलाई जानकारी गराउनु भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत सिनियर अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

2079-11-28
APF News
सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन २८ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुभएकोे हो । उहाँले फुटबलका राष्ट्रिय रेफ्री दिनेश अधिकारीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ अधिकृत, अधिकृत लगायत खेलाडी तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता चैत्र ३ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ । प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतलाई १–० ले पराजित गरी बिजयी भएको हो ।
2079-11-28
APF News
त्रिशुली नदिमा बेपत्ता महिलाको शव सशस्त्र प्रहरीद्धारा फेला
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका ६ स्थित त्रिशुली नदिमा बेपत्ता भएकी महिलाको शव सशस्त्र प्रहरीले फागुन २८ गते फेला पारेको छ । सोही ठाउँको कमपुर बस्ने २० बर्षिया हिरामाया घले यहि फागुन २७ गते उक्त नदिमा हाम फाली बेपत्ता भएकी थिईन् । घलेले लगाएको चप्पल, घडी र चुरा त्रिशुली नदि माथिको पुलमा भेटिए पश्चात् नदिमा हाम फालेको आशंकामा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र सुरक्षा बेश आदमघाटको संयुक्त टोलिले उनको खोजीकार्य गर्ने क्रममा घटनास्थल भन्दा करीव २५ मिटर तल शव फेला पारी नदिबाट बाहिर निकालेको हो ।
2079-11-28
APF News
नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्न
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा फागुन २६ गते नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । कार्यक्रमका विशेष अतिथि रहनु भएका माननीय सांसद रमेश लेखक र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा सो प्रतियोगिता सम्पन्न भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रतियोगिता आयोजन गर्न सहयोग पुर्‍याउनुहुने महानुभाव तथा संघसंस्थाहरुलाई धन्यवाद दिनुभयो । नेपाल एपीएफ क्लबमा आवद्ध सदस्यहरुवीच भएको मिक्स ओपन ईभेन्ट प्रतियोगितामा चेत सिंह थापा र हेलन गुरुङ्गको जोडीले धिरेन्द्र बहादुर चन्द र रमन नेपालको जोडीलाई पराजित गरी प्रथम भएको हो । यसैगरी ओपन ईभेन्टमा नरेन्द्र थापा र पदम मगरको जोडीले राजिव पोद्दार र दिपक गुरुङ्गको जोडीलाई पराजित गरी प्रथम स्थान हासिल गरेका छन् । नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स कमिटिका अध्यक्ष हरि सिटौलाले यस्ता खेलकुद प्रतियोगिताले विभिन्न पेशा, व्यवसायिक परिवेशबाट आएका क्लवका सदस्यहरुमा एक आपसमा भाईचाराको सम्वन्ध, समन्वय तथा सहयोगको भावनाको विकासमा टेवा पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले निर्णायकवर्ग तथा उक्त प्रतियोगिता व्यवस्थापनमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा एपीएफ क्लब मेम्बर्स कमिटिका पदाधिकारी, सल्लाहकार सदस्य तथा अन्य प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
2079-11-26
APF News
एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डद्वारा संयुक्त सांगितीक प्रस्तुती
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहिबार एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डको संयुक्त सांगितीक प्रस्तुती सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डबीच बिगतदेखि नै निरन्तर रुपमा सांगितीक प्रस्तुती तथा प्रशिक्षणको आयोजना हुँदै आएको स्मरण गर्नुहुँदै यस्ता किसिमका कार्यक्रमले दुई देश र संगठनहरु बीच भएको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्ड बीचको संयुक्त प्रस्तुती सशस्त्र प्रहरी बल, नेपाल र ब्रिटिस गोर्खा बीचको बलियो बन्धनको प्रतिक तथा एक आपसमा भईरहेको सहकार्यको एउटा उदाहरण समेत रहेको बताउनुहुँदै यस किसिमको कार्यक्रम आगामी दिनहरुमा समेत निरन्तर भईरहने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले संयुक्त ब्याण्ड टिमका सदस्यहरुले प्रस्तुत गरेका उत्कृष्ट सांगितीक धुनको प्रशंसा गर्नुहुँदै धन्यवाद समेत दिनुभएको थियो । उक्त कार्यक्रममा दुई वटै देशका विभिन्न गितहरुको सुमधुर सांगितीक धुनहरु प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा महानिरीक्षक अर्यालले British Gurkhas Band की Music Director Captain Esther Hayesलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा बेलायती राजदुतावासका प्रतिनिधि लेफ्टिनेन्ट कर्णेल कमल गुरुङ्ग लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2079-11-25
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फिर्ता
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अफ्रिकी मुलुक साउथ सुडानमा भएको मेडल परेडमा सहभागी भई आईतबार स्वदेश फर्कनु भएको छ । साउथ सुडानमा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु)को नवौं डफ्फाका १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत रहेका छन् । उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो । महानिरीक्षक अर्यालले मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता तथा छलफल गर्नुभएको थियो । सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेश कुमार श्रेष्ठलाई दर्ज्यानी चिन्ह समेत प्रदान गर्नुभएको थियो । मेडल परेडमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्याल सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
2079-11-21