Toggle Menu

समाचार

APF News
लत्ताकपडासहित भारतीय मोटरसाइकल नियन्त्रणमा

        रौतहट जिल्लाको राजपुर नगरपालिका १ स्थित पिप्रा भगवानपुरबाट जेठ २ गते
सशस्त्र प्रहरीले करीव ३ लाख ३१ हजार रुपैयाँ बराबरको लत्ताकपडासहितको
भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
        बिआर ०६ सिबि ३८६४ नम्बरको मोटरसाइकमा भारतबाट अबैध रुपले नेपालतर्फ
ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र
प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले नियन्त्रणमा लिएको हो ।
        यसैगरी सोही जिल्लाको गौर नगरपालिका २ स्थित बकैया खोला इलाकाबाट जेठ २
गते सशस्त्र प्रहरीले करीव १ लाख ५२ हजार रुपैयाँ बराबरको लत्ताकपडा
बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
विल विजक बिनाको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले
बरामद गरेको हो ।
        नियन्त्रणमा लिइएको लत्ताकपडा र मोटरसाइकल आवश्यक कारबाहीको लागि गौर
भन्सार कार्यालयमा बुझाइएको छ ।

2080-02-02
APF News
मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका
लागि तयारी हालतमा रहन निर्देशन दिनुभएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार
चितवनको जेठ १ गते निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सवै
युनिटहरुलाई यस प्रकारको तयारी गर्न निर्देशन दिनुभएको हो ।
        मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको
लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउनुहुँदै उहाँले जति धेरै पूर्व
तयारी गर्न सक्यौ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति
कम गर्न र पीडितको उद्धार सारथी बन्न सकिने बताउनुभयो ।
        मुलुकमा आईपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र
जहाँ पनि परिचालित हुन पूर्व तयारीका साथसाथै शारीरिक र मानसिक रुपमा
समेत तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिनुभयो ।
        विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउनसक्ने प्राकृतिक
जोखिमलाई समेत उत्तिनै ध्यान दिएर भूगोल र प्रकोप अनुसार कुनै पनि समयमा
जस्तो सुकै परिस्थितिमा परिचालन हुनसक्ने ढंगले लाग्नसमेत शिक्षालयलाई
उहाँले निर्देशन दिनुभयो ।
        उहाँले शिक्षालयमा हाल संचालन भइरहेका विपद् उद्धार, गोताखोरलगायतका
तालिमलाई हुनसक्ने जोखिमको पूर्वानुमान गरेर सोही अनुसार परिमार्जन गर्दै
लगिनेसमेत बताउनुभयो ।
        यस प्रकारको तयारीको लागि विशेष गरी पूर्व अभ्यास महत्वपूर्ण हुने
भएकोले हाल सशस्त्र प्रहरी बलका देशभरिका युनिटहरुले सरोकारवाला अन्य
निकायहरुको समेत सहकार्यमा तिब्रता दिएका छन् । आगलागी, बाढीपहिरो,
दुर्घटना आदीमा गरिने उद्धारलाई यस्ता अभ्यासमा समावेश गरिएका छन् ।

2080-02-01
APF News
अवैध रुपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद:

        कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका ७ स्थित कोटियाबाट जेठ १ गते
सशस्त्र प्रहरीले करीव १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
विभिन्न सामान बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल
नम्बर २८ गण कपिलबस्तुले बरामद गरेको हो ।
        यसैगरी सोही जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट जेठ १ गते
सशस्त्र प्रहरीले करिव ४४ हजार रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
मोटर पार्टस सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलबस्तुले बरामद
गरेको हो ।
         बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।

2080-02-01
APF News
श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँ सहित भारतीय मोटरसाईकल नियन्त्रणमा

      सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार ईलाकाबाट बैशाख ३० गते
सशस्त्र प्रहरीले  श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय
मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले
नेपालतर्फ ल्याउदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको
२०० थान नेपाली रुपैयाँसहित मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल
प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा ) ले नियन्त्रणमा
लिएको   हो ।
        नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाईकल आवश्यक कारवाहीको लागि
सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
        यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० के.जी
गाँजासहित एउटा भारतीय मोटरसाईकल बैशाख ३१ गते सशस्त्र प्रहरीले
नियन्त्रणमा लिएको छ ।
        बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजादै
गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा
लिएको हो ।
         सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाईकल सोही ठाउँमा छाडी व्यक्ति भने
फरार भएका थिए ।
        नियन्त्रणमा लिएको गाँजा र मोटरसाईकल आवश्यक कारवाहीको लागि स्थानिय
प्रहरीमा बुझाईएको छ ।

2080-01-30
APF News
प्रधान कार्यालय हलचोक स्थित एपीएफ रंगशालामा आयोजित योग विज्ञान शिविर सम्पन्न

काठमाडौैं
पतंजलि योग पीठ नेपालको तत्वाधानमा सशस्त्र प्रहरी बल नेपाल प्रधान
कार्यालय हलचोक स्थित नेपाल एपीएफ रंगशालामा आयोजित योग विज्ञान शिविर
बैशाख २९ गते सम्पन्न भएको छ ।
बैशाख २८ र २९ गते संचालन गरिएको सो शिविरमा पतंजलि योग पीठ नेपालका योग
गुरुहरुबाट योगको अभ्यास गराईएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालको
तर्फबाट शिविरमा योग अभ्यास गराउनु हुने पतंजलि योग समिति नेपालका मुख्य
केन्द्रीय प्रभारी लवदेव मिश्र लगायत अन्य योग गुरुवर्गलाई मायाको चिनो
तथा कदरपत्र प्रदान गर्नुभएको थियो भने पतंजलि आयुर्वेद केन्द्रका
तर्फबाट अध्यक्ष बाबुकाजी श्रेष्ठले महानिरीक्षक अर्याललाई मायाको चिनो
प्रदान गर्नुभएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फौजी संगठनमा नियमित व्यायाम
सगसगै योग अभ्यासलाई समाबेश गर्न सकिएमा शारिरीक एंव मानसिक रुपमा स्वस्थ
हुने तथा शुद्ध मनस्थिति तथा शारिरीक तन्दुरुस्तीका साथै सेवाप्रति
ईमान्दार, नैतिकवान एवं कर्तव्यनिष्ठ बनाउन थप मद्धत पुग्ने बताउनुभयो ।
उहाँले योग अभ्यासलाई जीवन जीउने कलाको रुपमा आत्मसाथ गर्दै अघि
बढ्नुपर्ने समेत बताउनुभयो ।
        पतंजलि योग समितिका प्रमुख संरक्षक अवकास प्राप्त प्रहरी नायव
महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले योगको महत्वबारे चर्चा गर्नुहँुदै
नियमित योग अभ्यासले मानव शरिरमा सकरात्मक उर्जा प्राप्त हुने  बताउनुभयो

कार्यक्रममा प्रतिनिधि सभासदस्य माननीय गणेश पराजुली, अवकास प्राप्त
सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी महिला संघकी केन्द्रिय
अध्यक्ष, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल
नेपाल पूर्व संघ, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु,
सशस्त्र प्रहरी बलका अधिकृत लगायत बिल्लादार जवानहरु समेत योग अभ्यासमा
सहभागि भएका थिए ।

2080-01-29
APF News
व्याण्ड उन्नत तालिम समापन

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय साँस्कृतिक तथा बाद्यवादन
गुल्म हल्चोक स्वयम्भुमा संचालित सि.सं. ४ व्याण्ड उन्नत तालिम ग्रुप ए
ग्रेड टु को बैशाख २९ गते सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रविण कडेलले
एक कार्यक्रमका बीच समापन गर्नुभयो ।
        सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कडेलले फौजी जीवनमा व्याण्डको महत्वमाथी
प्रकाश पार्नुहुदै संगितीक धुनले फौजीको बृत्तिविकासमा थप उर्जा प्रदान
गर्ने समेत बताउनुभयो ।
उहाँले प्रशिक्षार्थीहरुलाई यस्ता किसिमका तालिम सेवा अवधिमा मात्र नभई
अवकासपछिको जिवनमा समेत काम लाग्ने र तालिमबाट सिकेका ज्ञान, कला र
कौशललाई अनुशासित भई ईमान्दारिताकासाथ प्रस्तुत गर्न सफल हुने विश्वास
व्यक्त गर्नुभयो ।
        ३० हप्ता अवधिको उक्त तालिममा ३१ जना सशस्त्र प्रहरी विल्लादार जवान
प्रशिक्षार्थीहरुको रुपमा सहभागि रहेका थिए ।

2080-01-29
APF News
६ करोड रुपैयाँ भन्दा बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा

        मकवानपुर जिल्ला हेटौडा उपमहानगरपलिका १५ स्थित पुर्व–पश्चिम
लोकमार्गबाट बैशाख २९ गते विशेष सुचनाको आधारमा एडिडास सुपरस्टार
जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
        अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९
हजार ४ रुपैयाँ ५० पैसा) मुल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०,
ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास
सुपरस्टार जुत्ताको विल विजक शंकास्पद रहेको भन्ने विशेष सुचनाको आधारमा
नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको छ ।

2080-01-29
APF News
नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण

        नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा
अधिकृतहरुको लागि संचालन भइरहेको “आधारभूत प्रशासनिक प्रशिक्षण” का
प्रशिक्षार्थीहरुले बैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान
कार्यालयको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।
        सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र सशस्त्र प्रहरी
उपरीक्षक अशोक कुमार बमले प्रशिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल
नेपालको परिचय, काम, कर्तव्य, अधिकार र परिचालन लगायतका विविध विषयमा
प्रस्तुतीकरण गर्नुभएको थियो ।
        त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालको सांगठानिक संरचना, विपद्
व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, सीमा सुरक्षा, शान्ति र
द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, अन्य सुरक्षा
निकायहरुसगँको समन्वय र सहकार्य लगायतका विविध विषयमा प्रशिक्षक तथा
प्रशिक्षार्थी अधिकृतहरुले राखेका जिज्ञासाहरुको बारेमा समेत उहाँहरुले
प्रष्ट पार्नुभएको थियो ।
        सोही क्रममा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा
ल्याएको सामाग्री, प्रधान कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय
कक्षको अवलोकन गर्नुका साथै सो कक्षले हाल प्रयोगमा ल्याईरहेको सूचना तथा
संचार प्रविधिबारे समेत प्रशिक्षार्थी अधिकृतहरुले जानकारी हासिल
गर्नुभयो ।
        सो टोलीमा १ जना प्रशिक्षक तथा २४ जना प्रशिक्षार्थी अधिकृतहरु गरी कुल
२५ जनाको सहभागिता रहेको थियो ।

2080-01-28
APF News
माननीय उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ एपीएफ रंगशालामा आयोजित योग विज्ञान शिविरमा सरिकः

काठमाडौैं
माननीय उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सशस्त्र प्रहरी बल
नेपाल प्रधान कार्यालय हल्चोकस्थित एपीएफ रंगशालामा बैशाख २८ गते पतन्जलि
योग पीठ नेपालको तत्वाधानमा आयोजित योग विज्ञान शिविरमा सरिक हुनुभएको छ

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले योगले ध्यानलाई समेत आत्मसाथ गर्ने
हुदाँ योग र ध्यानलाई एक दुई दिन गर्ने अभ्यासका रुपमा मात्र नलिई
जीवनपद्धती तथा जीवन संस्कृतिको रुपमा आत्मसाथ गर्न सकियो भने सिंगो मानव
समाजलाई सकारात्मक रुपमा रुपान्तरण गरी आ–आफ्नो कार्यक्षेत्रको कार्य
सम्पादनमा राम्रो प्रभाव तथा परिणाम ल्याउन र मानव स्वास्थ्यमा सकारात्मक
योगदान पु¥याउने बताउनुभयो ।
उहाँले योग आफैमा परम्परागत चिकित्सा पद्धती र जीवनशैली भएको हँुदा
बैज्ञानिक र व्यवहारीक रहेको जसले आत्म अनुशासन कायम गर्दै सकारात्मक
उर्जाका साथ स्वस्थ जीवन जीउन प्रेरित गर्ने समेत बताउनुभयो ।
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले गृृह मन्त्रालय अन्तर्गत गृह प्रशासन
तथा सुरक्षा निकायहरुमा योग र ध्यानलाई नियमित गर्ने गरी योग शिविरहरु
संचालन गर्नुका साथै यसलाइ नियमित प्रशिक्षण तथा अभ्यासका रुपमा अगाडी
बढाईने समेत बताउनुभयो ।
कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त कुँवर,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकास प्राप्त सशस्त्र प्रहरी
महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त
पौडेल, चन्द्र प्रकाश गौतम र वंशिराज दाहाल, सशस्त्र प्रहरी बल नेपाल
पूर्व संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी परिवार महिला संघका
पदाधिकारीहरु, सशस्त्र प्रहरी बलका अधिकृत लगायत बिल्लादार जवानहरु समेत
योग अभ्यासमा सहभागि भएका थिए ।

2080-01-28
APF News
आगलागी नियन्त्रण सम्बन्धि डेमोस्ट्रेशन:

        सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म छरछरे (विओपी
छरछरे)ले चितवन जिल्लाको माडी नगरपालिकास्थित सशस्त्र प्रहरी बल, नेपालका
बि.ओ.पि.हरु, ईलाका प्रशासन कार्यालय, स्थानीय प्रहरी लगायत अन्य
सरोकारवाला निकायहरुको सहभागितामा बैशाख २६ गते सोही नगरपालिकाको
संयोजकत्वमा आगलागी नियन्त्रण सम्बन्धी व्यवहारीक अभ्यास प्रर्दशन गरेकोे
छ ।
        ग्यास सिलिण्डर विष्फोटन र कुनै पनि स्थानमा आगलागी भएमा सो को
नियन्त्रणका साथै धनजनको क्षति न्यूनिकरणको सम्बन्धमा सशस्त्र प्रहरी बल
नेपालका कर्मचारीहरुले डेमोन्स्ट्रेशन गरेका थिए ।
        कार्यक्रममा बागमती प्रदेशका सदस्य माननीय ठाकुर ढकाल, माडी नगरपालिकाका
प्रमुख ताराकाजी कुमारी महतो लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरको
उपस्थिति रहेको थियो ।

2080-01-26