Toggle Menu

समाचार

APF News
आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

        सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सेल्फ डिफेन्स नेपाल एसोसिएशनको
सहकार्यमा संचालित सेल्फ डिफेन्स (आत्मरक्षा) प्रशिक्षण कार्यक्रम जेठ १९
गते सम्पन्न भएको छ ।
        संघको २२ औं वार्षिक उत्सवको अवसर पारेर महिला सशस्त्र प्रहरी
कर्मचारीहरुलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपाल नंम्बर १९ बगलामुखी
(विशेष कार्यदल) गण काठमाण्डौमा संचालित प्रशिक्षण कार्यक्रम सशस्त्र
प्रहरी परिवार महिला संघकी उपाध्यक्ष सम्झना राणा दाहाललगायत सशस्त्र
प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
        ८६ जना महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई सेल्फ डिफेन्सकी प्रमुख
प्रशिक्षक सन्जु महर्जन, प्रशिक्षकहरु प्रभा महर्जन, विमला क्षेत्री,
सल्लाहकार सुवर्ण श्रेष्ठद्वारा प्रशिक्षण प्रदान गरिएको थियो  ।
        प्रशिक्षणको दौरान एरोविक, जुम्मा, सेल्फ डिफेन्स, ब्लक स्टेप जस्ता
टेक्निकहरु सिकाइएको थियो । यस प्रशिक्षणबाट आत्मबल बढाउनुको साथै
शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त बनाउने विश्वास लिइएको छ ।

2080-02-19
APF News
माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठद्वारा गोताखोर तालिम समापन:-

  माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सशस्त्र
प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित
सि.सं. ३ गोताखोर तालिमको जेठ १८ गते एक समारोहका बीच समापन गर्नुभएको छ

        सो अवसरमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले तालिममा
सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी जवान गणेशबहादुर थापालाई पुरस्कार
तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
        माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले तालिम सफलतापूर्वक
सम्पन्न गरेका गोताखोरहरुलाई हार्दिक बधाई दिनुहुँदै सशस्त्र प्रहरी बल
नेपालले विपद् व्यवस्थापन र जोखिमका सन्दर्भमा कसरी उद्धार गर्ने
भन्नेबारेमा तालिम शिक्षालय नै खोलेर जुन जिम्मेवारीबोधका साथ आफुलाई
अगाडी बढाएको छ त्यो अत्यन्तै सराहनीय र प्रशंसनीय रहेको बताउनुभयो ।
        उहाँले घटना दुर्घटनाहरुमा बलका राष्ट्रसेवकहरुले आफ्नो जिवनलाई नै खतरा
मोलेर गरेको सेवाले आपतविपद्मा परेकाहरुको जीवन बाचेको छ, मृत्यु भएकाको
शव निकालिएको छ, त्यो उदाहरणीय रहेको उल्लेख गर्नुहुँदै संगठनमा अन्य
जिम्मेवारी भन्दा गोताखोरको जिम्मेवारी एक योगदानको रुपमा अंकित हुने
बताउनुभयो ।
        माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले मनसुनको
सुरुवातसँगसँगै बाढी, पहिरो डुवानका समस्याहरुमा आमजनतालाई सेवा प्रदान
गर्नको निम्ति पूर्व तयारी र योजनाका साथ जुनसुकै बेला परिचालन हुनसक्ने
हालतमा रहन संगठनका हरेक तहका कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै गोताखोर
तालिममा सिकेका सिपको अधिकतम प्रयोग गर्दै जिम्मेवारीलाई आत्मसाथ गरी
सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।
        उहाँले राष्ट्रसेवक कर्मचारीहरुको मनोबल उच्च बनाईराख्न वृत्तिविकास र
सेवा सुविधा कसरी बढाउन सकिन्छ भन्ने बारेमा गृहमन्त्रालयमा छफलफलको
क्रममा रहेको बताउनुहुँदै चेन अफ कमाण्डमा रहेर सवै तहका कर्मचारीहरु
एकताबद्ध भई पद अनुकुलको आचारण र जिम्मेवारी स्वच्छ, अनुशासित र
कर्तव्यपरायणताका साथ प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन दिनुभयो ।
        माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले गोताखोर जनशक्ति
विकासमा सहयोग पुर्याोउनुहुने गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेशका
पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री दोबाटे विश्वकर्मा लगायत
सरोकारवाला निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
        समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको
क्रममा गोताखोर तालिम गर्नु र गोताखोरी कार्यमा आफुलाई समर्पित गर्नु
आफ्नो ज्यान राज्य र नागरिकलाई सुम्पे बराबर रहेको बताउनुहुँदै सफलता र
असफलता गौण कुरा हुन् तर पानीको गहिराईमा पुगि कसैको जीवित वा मृत उद्धार
गरी पीडितको जहान परिवारलाई सुम्पिन सकियो भने दुवै अवस्थामा उसको परिवार
गोताखोर र संगठनप्रति अनुग्रहित हुने उल्लेख गर्नुभयो ।
        उहाँले विपद्को क्षेत्रमा भैपरी आउने नविनतम चुनौतीहरुको पूर्वानुमान र
परिस्थिति विष्लेषण गरी परेको वखत परिचालन हुनसक्ने गरी सशस्त्र प्रहरी
बल नेपाल तयारी हालतमा रहेको बताउनुहुँदै बलका राष्ट्रसेवकहरुलाई
व्यक्तिगत समस्याहरुलाई थाँती राखेर आफु सुरक्षित हुँदै नागरिकको उद्धार
गर्ने कार्यमा दत्तचित्त भई परिचालित हुन निर्देशन दिनुभयो ।
        महानिरीक्षक अर्यालले गोताखोर तालिम व्यक्तिगत वृत्तिविकासका लागि मात्र
नभई संगठन र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु पनि हो
भन्नुहुँदै उहाँले भन्नुभयो–‘पानीमा बिलिन भएका तपाईका पसिनाले त्यतिबेला
सार्थकता पाउनेछ जतिबेला तपाईले अरु कसैले गर्न नसकेको काम गरी जनताको
मुहारमा मुस्कान ल्याउन सक्नुहुन्छ ।’
        उहाँले नागरिकको सेवा र सुरक्षालाई  प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी
बल नेपालले पछिल्लो समयमा BIRD Concept लाई परिचालनको नविन अवधारणाको
रुपमा विकास गरेको र यस अन्तर्गत विपद् व्यवस्थापन र सीमा सुरक्षालाई थप
प्रभावकारी बनाउँदै लैजान आगामी बर्षबाट बलका अधिकृतहरुको लागि PGD in
Border Security and Disaster Management  कोर्ष संचालन गर्ने योजना
रहेको बताउनुभयो ।
        पाँच हप्ता अवधिको उक्त तालिममा १९ सशस्त्र प्रहरी कर्मचारी र १ जना
नेपाल प्रहरीका गरी कूल २० जना सहभागी रहेका थिए । तालिमको दौरानमा
प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशुली नदी, कास्की
जिल्लाको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास
गराईएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा
उद्धार सम्बन्धि डेमो समेत प्रदर्शन गरेका थिए ।
        सो समारोहमा विशिष्ट अतिथिको रुपमा गण्डकी प्रदेशका पूर्व आन्तरिक
मामिला तथा कानून मन्त्री दोबाटे विश्वकर्मा, राष्ट्रिय विपद् जोखिम
न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल,
प्रहरी महानिरीक्षक बसन्त कुँवर, राष्ट्रिय अनुसन्धान विभागका मुख्य
अनुसन्धान निर्देशक हुतराथ थापा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
चन्द्रप्रकाश गौतम, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ
लगायत सरोकारवाला निकायका प्रतिनिधि तथा सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
        सशस्त्र प्रहरी बल नेपालमा सर्वप्रथम २५ जना सशस्त्र प्रहरी
कर्मचारीहरुले UNDP को सहयोगमा Armed Forces Division Training
Directorate, Dhaka बंगलादेशमा २०६९ वैशाख ३१ गतेबाट ३ महिना अबधिको Deep
Water Diving Training (गोताखोर तालिम) प्राप्त गरेको थिए ।
        गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्य
अनुरुप मजकुर गृह मन्त्रालयबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह
बाहिनी मुख्यालय सुनसरीमा २०७६ साल असोज ९ गतेदेखि कार्तिक २५ गतेसम्म १९
जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई नेपालमा नै पहिलो पटक गोताखोर तालिम
प्रदान गरिएको र पुनः मजकुर गृह मन्त्रालयबाट नै विपद् व्यवस्थापन तालिम
शिक्षालय कुरिनटारमा २०७९ साल वैशाख २५ गतेदेखि जेठ २९ गतेसम्म २० जना
सशस्त्र प्रहरी कर्मचारीहरुलाई गोताखोर तालिम प्रदान गरिएको तथा थप
गोताखोर तालिम प्राप्त जनशक्ति विस्तार गर्नको निमित्त गण्डकी प्रदेश
सरकारको सहयोगमा २०८० साल वैशाख १० गतेदेखि जेठ १८ गतेसम्म विपद्
व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालन भएको गोताखोर तालिममा
सशस्त्र प्रहरी बल नेपालको १९ जना र नेपाल प्रहरीको १ जना गरी २० जनाको
सहभागिता रहेको थियो । उक्त तालिम सम्पन्न पश्चात सशस्त्र प्रहरी बल
नेपालमा हाल ७४ जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेका छन् ।
        सशस्त्र प्रहरी बल नेपालबाट हालसम्म २ सय ७३ वटा घटनामा परिचालित भई ८
सय २ जनाको जीवितै उद्धार गरिएको छ भने ३ सय १७ वटा शव निकालिएको छ

2080-02-18
APF News
१५ लाख भन्दा बढीको जुत्ता र गाडी नियन्त्रणमा

         धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका २० स्थित देवपुरा रपैठा
ईलाकाबाट जेठ १८ गते सशस्त्र प्रहरीले १५ लाख ५४ हजार रुपैयाँ बराबरको
चोरपैठारीको जुत्तासहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
        ज १ च १०७७ नम्बरको गाडीमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै
गरेको जुत्तासहितको गाडी नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक
हेमन्त लिम्बुको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
        गाडी लिएर आउँदै गरेका व्यक्तिले गस्तीमा रहेको सशस्त्र प्रहरीलाई
देख्नासाथै गाडी सोही ठाउँमा छाडी भागेका थिए ।
        नियन्त्रणमा लिइएको जुत्ता तथा गाडी भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

2080-02-18
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सिलाई कटाई तालिम संचालन

        सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सशस्त्र प्रहरी बल, नेपाल
प्रधान कार्यालय हल्चोक काठमाण्डौंमा आधारभूत सिलाई कटाई तालिम संचालन
भएको छ ।
        सो संघकी उपाध्यक्ष श्रीमती संझना राणा दाहालले उक्त तालिमको जेठ १७ गते
एक कार्यक्रमका वीच उद्घाटन गर्नुभयो ।
        सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुका परिवारजनलाई लक्षित
गरी संचालन गरिएको ३ महिना अवधिको सो तालिममा २४ जना परिवारजनहरु सहभागी
रहेका छन् ।
        कार्यक्रममा संघका पदाधिकारीलगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको
उपस्थिति रहेको थियो ।
 

2080-02-17
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा आत्मरक्षा प्रशिक्षण

        सशस्त्र प्रहरी परिवार महिला संघले सेल्फ डिफेन्स नेपाल एसोसिएशनको
सहकार्यमा जेठ १७ गतेदेखि तीन दिने सेल्फ डिफेन्स (आत्मरक्षा) प्रशिक्षण
कार्यक्रम संचालन गरेको छ ।
        संघको २२ औं वार्षिक उत्सवको अवसर पारेर सशस्त्र प्रहरी बल, नेपाल
नंम्बर १९ बगलामुखी (विशेष कार्यदल) गण काठमाण्डौमा सशस्त्र प्रहरी
परिवार महिला संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगर र नम्बर १९ गणका
गणपति सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनलगायत सशस्त्र प्रहरी
परिवार महिला संघका पदाधिकारीहरुको उपस्थितिमा महिला सशस्त्र प्रहरी
कर्मचारीहरुलाई लक्षित गरी आत्मरक्षा प्रशिक्षण कार्यक्रम संचालन भएको हो

        ८६ जना महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई सेल्फ डिफेन्सकी प्रमुख
प्रशिक्षक सन्जु महर्जन, प्रशिक्षकहरु प्रभा महर्जन, विमला क्षेत्री,
सल्लाहकार सुवर्ण श्रेष्ठद्वारा प्रशिक्षण प्रदान गरिने छ ।

2080-02-17
APF News
पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला

       कास्की जिल्लाको पोखरा महानगरपालिका २२ स्थित हर्पन खोलामा पौडी खेल्ने
क्रममा डुबी बेपत्ता भएका एक जनाको शव जेठ १३ गते सशस्त्र प्रहरीले फेला
पारेको छ ।
        सोही जिल्लाको अन्नपुर्ण गाउँपालिका ११ घान्द्रुक घर भई हाल पोखरा
महानगरपालिका १४ चाउथे बस्ने ६१ बर्षिय मिन बहादुर गुरुङ्गको शव सशस्त्र
प्रहरी बल, नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको गोताखोर र फेवा
रेस्क्यु टावरमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी,
नेपाली सेना र स्थानिय प्रहरीको संयुक्त टोलीले खोजीकार्य गर्दा खोलाको
१५ फिट गहिराइबाट बाहिर निकालेको हो ।
        उनकोे शव पोष्टमार्टमको लागि गण्डकी अस्पताल कास्कीतर्फ पठाइएको छ ।

2080-02-14
APF News
चोरीपैठारीको लत्ताकपडा सहित एक जना नियन्त्रणमा

        कैलाली जिल्लाको टिकापुर नगरपालिका ८ जिरो प्वाइन्ट सीमा इलाकाबाट जेठ
१४ गते सशस्त्र प्रहरीले ३ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा र एउटा साईकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ

        भारतबाट अबैध रुपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित
मुल्य बराबरको सामानसहित भारत घर भएका २२ बर्षिय गोविन्द निसादलाई
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खक्रौला (बीओपी
खक्रौला) ले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएका ब्यक्तिलाई सामानसहित आवश्यक कारवाहीको लागि सति
भन्सार कार्यालय खक्रौला कैलालीमा बुझाइएको छ ।

2080-02-14
APF News
विपद् प्रतिकार्य कृतिम अभ्यास सम्पन्न

        सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु,
काठमाण्डौको आयोजनामा जेठ १२ गते काठमाडौंको किर्तिपुर नगरपालिका ६ स्थित
टौदहमा विपद् प्रतिकार्य कृतिम अभ्यास सम्पन्न भएको    छ ।
        सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख
आतिथ्यमा सम्पन्न अभ्यासमा मनसुनको सुरुवातसंगै घट्नसक्ने बाढी, पहिरो,
डुबान एवं विपद्का घटनाहरुमा चुस्तदुरुस्त रुपमा परिचालन हुनको निमित्त
पूर्वतयारी स्वरुप विपद् प्रतिकार्य कृतिम अभ्यास संचालन गरिएको हो ।
        उपलब्ध खोज तथा उद्धारका श्रोतसाधनको अधिकतम प्रयोग गरी जिल्ला एवं
प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकाय तथा अन्य सुरक्षा
निकायहरुलाई सहभागी गराई बाहिनीस्तरिय कृतिम अभ्यास सशस्त्र प्रहरी बल,
नेपाल नं. १८ निलबराही गण बलम्बु र नं २० विपद् उद्धार गण सिनामंगलको
सहकार्यमा सम्पन्न भएको हो ।
        कार्यक्रममा अतिरिक्त महानिरीक्षक गौतमले कुनै पनि विपद्को अवस्थामा
उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृष्यको वास्तविकताको झल्को दिने
कृतिम अभ्यासले विपद् प्रतिकार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन
महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
        उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई राज्य प्रदत्त विभिन्न कार्यदेश
मध्ये विपद् व्यवस्थापन एउटा महत्वपुर्ण कार्यादेश भएको उल्लेख गर्नुहुदै
यस प्रकारका कार्यादेश सम्पन्न गर्न सीप तथा क्षमतायुक्त दक्ष जनशक्ति
आवश्यक रहेको बताउनुभयो ।
        किर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सशस्त्र प्रहरी बल,
नेपालले प्रर्दशन गरेको पूर्वतयारीको कृतिम अभ्यासले विपद् प्रतिकार्यमा
परिचालन हुँदा विपद्बाट हुने क्षतिलाई न्यूनिकरण गर्न सघाउ पुग्ने
विश्वास व्यक्त गर्नुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय
काठमाण्डौका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापा,
उपत्यकास्थित सशस्त्र प्रहरी बल, नेपालका गणका गणपति तथा गुल्मपतिहरु,
नेपाली सेना र नेपाल प्रहरीका अधिकृतहरु, जिल्ला प्रशासन कार्यालय
काठमाण्डौका प्रतिनिधी लगायत अन्य सरोकारवाला निकाय तथा संघ संस्थाहरुका
प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो  ।

2080-02-12
APF News
२२ लाख रुपैयाँ भन्दाबढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद

        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचा ईलाकाबाट जेठ १०
गते सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५ सय ९० रुपैयाँको चोरीपैठारीको
इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स र लत्ताकपडा बरामद
गरेको छ ।
        बुधबार राति साढे १ बजे भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित
सामानहरु प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका
सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले बरामद गरेको
हो ।
        सामान ल्याउने व्यक्तिहरु गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै
उक्त सामानहरु छाडेर भागेका थिए ।
        बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।
 

2080-02-10
APF News
करीव १७ लाख भन्दा बढिको सामान तथा ट्रकसहित दुई जना नियन्त्रणमा

        रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ स्थित डुमरियाबाट १७ लाख ५ हजार १ सय
२० रुपैयाँ बराबरको  विभिन्न सामान र एउटा ट्रकसहित दुई जनालाई जेठ ६ गते
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको  छ ।
        पक्राउ पर्नेहरुमा सोही नगरपालिका ३ औरैया बस्ने २२ बर्षिय राजेश साह र
भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका ८ बस्ने २६ बर्षिय सुमन सैजु रहेका
छन् ।
        विशेष सूचनाको आधारमा खटिएको नम्बर ११ गण रौतहटले प्रदेश नं. २–०३–००१ ख
७०७४ नम्बरको ट्रकलाई शंका लागि जाँच गर्दा विलमा उल्लेख गरिएको भन्दा
बढि खाध्यान्न र अबैध मलखाद फेला परेपछि उनिहरुलाई ३२ बोरा गहँु, ६९ बोरा
मकै, २३ बोरा युरिया मल सहित नियन्त्रणामा लिएको हो ।
        नियन्त्रणमा लिइएको सामान तथा ट्रकसहित दुवै जनालाई आवश्यक कारवाहीको
लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

2080-02-08
APF News
अबैध सामान बरामद

        रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाट जेठ ५ गते
सशस्त्र प्रहरीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको
छ ।
        साइकलमा राखि अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित
मुल्य बराबरको १ सय २० कार्टुन मदिरा नम्बर ११ गण रौतहटले बरामद गरेको हो

        यसैगरी सोही जिल्लाको राजपुर नगरपालिका ६ कुडिया स्थित पानी ट्याङ्की
नजिकबाट जेठ ४ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६३ हजार ६ सय रुपैयाँ
बराबरको मलखाद बरामद गरेको छ ।
        सोही ठाउँको स्थानीयले संचालन गरेको पसलमा अबैध रुपले भण्डारण गरी
राखेको उल्लेखित मुल्यको ४ सय ६६ बोरा मलखाद नम्बर ११ गण रौतहटले बरामद
गरेको हो ।
        बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

2080-02-05
APF News
गृहसचिव दिनेश भट्टराईबाट सशस्त्र प्रहरी  कर्मचारीहरुलाई  निर्देशन

काठमाडौं,
        गृहसचिव दिनेश भट्टराईले जेठ ०४ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान
कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल
नेपालका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
        सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय निरीक्षण भ्रमणका क्रममा
गृहसचिव भट्टराईले नेपाल सरकार गृह मन्त्रालय नेतृत्वबाट अगाडि सारिएका
मुल्य मान्यता, निष्ठा र आदर्शलाई आत्मसाथ गर्दै कानून र विधिद्धारा
स्थापित आफ्नो जिम्मेवारीहरु समेत मनन गर्दैै राष्ट्र र जनतालाई केन्द्र
भागमा राखेर तोकीएको जिम्मेवारीहरु व्यावसायिक ढंगले उच्च मनोबलका साथ
बहन गर्न संगठनका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभयो

        उहाँले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभुमि, संगठनात्मक संरचना, काम
कर्तब्य र अधिकार, जिम्मेवारी अन्तर्गतका विषयहरुमा शान्ति सुरक्षा, सीमा
सुरक्षा, विपद् व्यवस्थापन, दंगा नियन्त्रण, सार्वजनिक सम्पतिको संरक्षण,
राजस्व, भन्सार तथा औधोगिक सुरक्षा, कानुनको कार्यान्वयन, विशिष्ट
ब्यक्तिहरुको सुरक्षा लगायतका विषयहरुमा संगठनबाट भएगरेका गतिविधि,
प्राप्त भएका उपलब्धी र अगाडि देखापरेका समस्या तथा चुनौतिहरुलाई समेटेर
गरिएको प्रस्तुतिकरणले संगठनको समग्र कृयाकलाप बारे थप जानकारी प्राप्त
भएको बताउनुभयो ।
        उहाँले शान्ति, सुरक्षा र प्रतिबद्धताको मुल मन्त्रलाई आत्मसाथ गरी
सशस्त्र प्रहरी बलले स्थापना कालदेखि नै विभिन्न आरोहअवरोह पार गर्दै
कार्यक्षेत्रमा आईपरेका सुरक्षा चुनौतीहरुलाई सामना गरी नागरिकको जिउधनको
सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजश्व सुरक्षा, औधोगिक
सुरक्षा लगायतका जिम्मेवारी निर्वाहमा अहोरात्र खटिनुहुने सकल दर्जाका
राष्ट्रसेवक कर्मचारीहरुको समर्पणभाव, कर्तव्यपरायणता र लगनशिलताको
प्रशंसा गर्नुहँुदै राज्यले सुम्पेका जिम्मेवारीहरु सँगसगैै सशस्त्र
प्रहरी बलले भैपरीआउने बिषम परिस्थितीहरुमा समेत आफ्नो क्षमता,
व्यावसायिकता, उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको सक्षम सुरक्षा
निकायको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको बताउनुभयो ।
        गृहसचिव भट्टराईले सशस्त्र प्रहरी बल नेपालले सीमित श्रोत साधनको बावजुद
कठिन परिस्थिति र स्थानमा समेत सीमा सुरक्षार्थ तैनाथ रहेको र प्रतिकुल
अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकुल बन्दोवस्ती
व्यवस्थापनमा गृह मन्त्रालय सदैव सकारात्मक रहेको साथै सशस्त्र प्रहरी बल
नेपाललाई प्रविधि मैत्रि, चलायमान र सीमा सुरक्षाको डेडिकेटड फोर्स
बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
        उहाँले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बलका कर्मचारीहरुले
सक्षमता, निपूर्णता तथा तदारुकताका साथ कार्य गर्नु हुनेछ भन्ने अपेक्षा
राखेको बताउनुहुँदै विपद् प्रतिकार्यमा सशस्त्र प्रहरी बल नेपालको भुमिका
सह्रानिय रहेको र मन्सुनजन्य कार्यमा पुर्वतयारीमा जुट्नुपर्ने समेत
बताउनुभयो ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्नुहुँदै
गृहसचिव भट्टराईबाट भएका निर्देशनलाई अक्षरस पालना गरी ईमान्दारितापूर्वक
जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन
दिनुभयो ।
        महानिरीक्षक अर्यालले संगठनका राष्ट्रसेवकहरु व्यावसायिक कौशल र
बफादारिता एवं लगनशिलताका साथ परिचालित हुँदै नागरिक सुरक्षा, विपद्
उद्दार तथा व्यवस्थापन र सीमा सुरक्षामा दरिलो खम्बा बनेर अहोरात्र
परिचालित भईरहेको साथै राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका
खातिर सशस्त्र प्रहरी बल नेपाल सदा सर्वदा प्रतिवद्ध रहेको बताउनुभयो ।
        उहाँले ईमान्दारिताको पर्याय सशस्त्र प्रहरी बल हो भन्ने मान्यता
स्थापित गर्ने अभिप्रायका साथ संगठनका हरेक सदस्यहरुलाई नैतिकवान,
चरित्रवान र अनुशासित बनेर राष्ट्र सेवा गर्न प्रोत्साहित गरिरहेको समेत
बताउनुभयो ।
        महानिरीक्षक राजु अर्यालले राज्यको मेरुदण्डको रुपमा रहेको राजश्व एवं
भन्सार वृद्धि गर्ने कार्यमा भन्सार कर्मचारी, प्रहरी, स्थानीय व्यापारी
लगायतका सम्बन्धित सरोकारवालाहरु सबैको रचनात्मक सहयोग अपरिहार्य हुने
बताउनुहँुदै सशस्त्र प्रहरी बल नेपाल राज्यको राजश्व संकलन लक्ष्य हासिल
हेतु भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न
गराउन, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी तस्करी नियन्त्रण
लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने
प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
        उक्त निर्देशन सम्बोधन ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र
प्रहरी संचारद्वारा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा
प्रत्यक्ष प्रसारण गरी हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।
        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु चन्द्र प्रकाश गौतम
र वंशीराज दाहाल, नेपाल सरकार गृह मन्त्रालयका सहसचिव लगायत सशस्त्र
प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको
उपस्थिति रहेको थियो ।

2080-02-04
APF News
पुलबाट हामफाली आत्महत्या प्रयास गर्ने एक जनाको सशस्त्र प्रहरीद्धारा जीवितै उद्धार

रामेछाप,
        रामेछाप जिल्लाको मन्थली नगरपालिका १ आकाशे स्थित तामाकोशी नदिको पक्की
पुलबाट हामफाली आत्महत्या प्रयास गर्ने एक जनालाई जेठ ४ गते सशस्त्र
प्रहरीले जीवितै उद्धार गरेको छ ।
        सोही नगरपालिका ७ वडारे बस्ने २५ बर्षिय हर्कमान माझि नदिमा पुलबाट हाम
फालेको देख्नासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रामेछापबाट
सशस्त्र प्रहरी नायव निरीक्षक केदार राज खड्काको कमाण्डको टोलीले नदीबाट
बाहिर निकाली निजलाई जिवितै उद्धार गरेको हो ।
        उनलाई उपचारको लागि मन्थली अस्पतालमा पठाईएको छ ।

2080-02-04