Toggle Menu

समाचार

APF News
श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

        सिरहा जिल्लाको बरियापट्टी गाउँपालिका ३ स्थित बरियारपट्टी सीमा
ईलाकाबाट माघ १४ गते ४ लाख ५३ हजार ८ सय ४० नेपाली रुपैयाँसहित एक जनालाई
नियन्त्रणमा लिएको छ ।
        भारतको मधुवनी जिल्ला जयनगर ५ बिहार घर बताउने ३७ वर्षिय अविजित
कुमारलाई बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले जाँच
गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि
नियन्त्रणमा लिएको हो । बरामद भएको नेपाली रुपैयाँमा १ हजार दरको ४ सय ४६
वटा, ५ सय दरको १४ वटा, १ सयको ५ वटा, ५० को ६ वटा र २० को २ वटा नोट
रहेका छन्  ।
        बरामद रुपैयाँसहित उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय
मार्डरमा बुझाईएको छ ।

2080-10-15
APF News
२३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम

        ‘२३औं सशस्त्र प्रहरी दिवस–२०८०’को अवसरमा प्रधान कार्यालय हल्चोक
स्वयम्भुमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख
आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ।
        सो अवसरमा महानिरीक्षक अर्यालले वर्ष जवान २०८०, IG APF Commendation,
एपीएफ सम्मान, उत्कृष्ट शिक्षालय, गण, गुल्म, ‘बेस्ट इन्टिग्रिटी अफिसर
अवार्ड, ‘राष्ट्रव्यापी खुला कविता प्रतियोगिताका उत्कृष्ट कविहरुलाई
पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
        कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई सहयोग पुर्याउनुहुने
संघसंस्था, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई कदर पत्र प्रदान
गर्नुका साथै विभिन्न कल्याणकारी योजनाको समेत प्रस्तुत गरिएको थियो ।

2080-10-09
APF News
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित सन्ध्याकालिन विशेष समारोहमा सरिक

        सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सशस्त्र प्रहरी बल,
नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा मंगलबार आयोजित ‘२३औं सशस्त्र
प्रहरी दिवस २०८०’ विशेष सन्ध्याकालिन समारोहमा सरिक हुनुभएको छ ।
        सो अवसरमा सम्माननीय प्रधानमन्त्री प्रचण्डले अमर सशस्त्र प्रहरी
स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण
श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
        समारोहमा प्रधानमन्त्री प्रचण्डले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव
महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’
तथा यस वर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं. २
छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव
महानिरीक्षक दीपेन्द्र शाहलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो

सम्माननीय प्रधानमन्त्री प्रचण्डले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी
बल, नेपालद्वारा प्रकाशित सचित्र पुस्तक "ARMED POLICE FORCE, NEPAL"  को
लोकार्पण समेत गर्नुभयो ।

2080-10-09
APF News
देशभरका इकाईहरुमा रक्तदान

‘२३औँ सशस्त्र प्रहरी दिवस २०८०’को पूर्वसन्ध्यामा देशभरका इकाईहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल एपीएफ अस्पताल बलम्बुको आयोजनामा माघ ८ गते प्रधान कार्यालय तथा बाहिनी मुख्यालयहरु र मातहत इकाईहरुमा गरी कुल एक हजार ४७ जनाले रक्तदान गरेका छन् ।   प्रधान कार्यालय अन्तर्गत १ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी तथा मातहतहरुबाट १ सय २० जना, नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय  महोत्तरी तथा मातहत इकाईहरुबाट २ सय ४५ जना, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर तथा मातहत इकाईहरुबाट १ सय ९८ जनाले रक्तदान गरेका छन् ।
त्यस्तै नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की तथा मातहत ईकाहरुबाट ७० जना, नंं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही तथा मातहत इकाईहरुबाट १ सय ३१ जना, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत तथा मातहत इकाईहरुबाट ३१ जना, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली तथा मातहत इकाईहरुबाट १ सय ११ जना र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं तथा मातहत इकाईहरुबाट २६ जनाले रक्तदान गरेका छन् ।

2080-10-08
APF News
शैक्षिक सामाग्री तथा न्यानो कपडा प्रदान र मन्दिर सरसफाई

२३औं सशस्त्र प्रहरी दिवश २०८० को अवसरमा माघ ६ गते सशस्त्र प्रहरी परिवार महिला संघले शैक्षिक सामाग्री तथा न्यानो कपडा प्रदान गर्नुको साथै इच्छाकामना मन्दिर सरसफाई गरेको छ ।

     संघकी अध्यक्ष श्रीमती अनिता लामीछाने अर्यालले चितवन जिल्ला इच्छाकामना गाउँपालिका-३ स्थित राष्ट्रिय आधारभूत विद्यालय आलडाँडा चौतारामा अध्ययनरत चेपाङ्ग समुदायका ७८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा प्रदान गर्नुभयो।

     संघले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारसगँको सहकार्यमा सोही गाउँपालिका-४ स्थित इच्छाकामना मन्दिरको सरसफाई समेत गरेको थियो ।  

2080-10-07
APF News
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालवीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता 

        २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र
प्रहरी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।
        सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा
माघ ४ गते ३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता
संचालन भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी
अतिरिक्त महानिरीक्षक किरण बज्रचार्य टिम क्याप्टेन रहनु भएको थियो ।
        प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टीमबीच गोलरहित
बराबरीमा खेल सम्पन्न भएको छ  ।

2080-10-04
APF News
पशुपतिनाथ मन्दिर परिसरमा रहेको यज्ञशालाको जिर्णोद्धार तथा ह्वील चियर हस्तान्तरण

       २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन
गर्न आउने अशक्त भक्तजनहरुकोे सहजताको लागि माघ ३ गते नं. ९ पशुपतिनाथ
बाहिनी तथा मातहत युनिटहरुको तर्फबाट ह्वील चियर हस्तारन्तरण गरिएको छ ।
        नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौका बाहिनीपति सशस्त्र प्रहरी
नायव महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजु
कुमार खत्रीलाई चार वटा ह्वील चियर हस्तान्तरण गर्नुभएको हो ।
        नायव महानिरीक्षक थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर
हिन्दु धर्मालम्बी तथा भक्तजनहरुको धार्मिक आस्थाको देवता भएको हुँदा
मन्दिरको सुरक्षा, संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व रहेको
बताउनुभयो ।
        जन सम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीति अनुसार Quick Impact
Project (QIP) संचालन गर्ने योजना अन्तर्गत सो बाहिनी तथा मातहत
इकाईहरुको सामूहिक प्रयासबाट ४ वटा ह्वील चियर हस्तारन्तरण गरिएको हो ।
        साथै विगत ६ वर्षदेखि जिर्ण तथा भत्किएको अवस्थामा रहेको मन्दिर भित्रको
यज्ञशालामा टुटफुट भएका ढुंगाहरु तथा पर्खाल र मन्दिरको बाहिरी भागमा
ढुंगाहरु विछ्याई जिर्णोद्धार समेत गरिएको थियो ।         कार्यक्रममा काठमाडौं
महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत, बाहिनी मातहतका गणपति,
गुल्मपति लगायत सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत
उपस्थिती रहेको थियो ।
 

2080-10-04
APF News
बाँकेमा आईतबार २० लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद

       पौष २९ गते  नं. ३० बागेश्वरी गण  बाँके र मातहतका युनिटहरुले जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा वर्तन, मोटरसाईकल पार्ट्स, लत्ताकपडा, किराना सामानहरु, फलफुल तथा विरुवाहरु र गाडीसहित अवैध कुखुराहरु गरी २० लाख ५ हजार ७ सय ८० बराबरको सामानहरु बरामद गरेको छ ।
नं. ३० गण बाँके, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह, बिओपी जयसपुर र बिओपी कालाबन्जरबाट  खटिएको टोलीले बाँके जिल्लाका विभिन्न स्थानहरुबाट भारतबाट अवैध रुपमा चोरीपैंठारी गरी नेपालतर्फ ल्याउदै गरेका रु.१ लाख ४१ हजार ८० मूल्य बरावर मोटरसाईकलका पार्ट्सहरु, करीव २ लाख ४२ हजार मूल्यको काँस तथा पित्तलका भांडाहरु, ९० हजार मुल्य बराबरका विभिन्न प्रकारका फलफूल तथा बिरुवाहरु र  ५२ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।
यसैगरी  नरैनापुर गाउंपालिका ६ स्थित नन्कउपुर ईलाकामा भे १ च ३६१५ नम्बरको म्याजिक गाडीमा भारतबाट नेपालतर्फ ल्याउंदै गरेको बिलबिजक नभएको अन्दाजी ३ लाख २० हजार मुल्य बराबरको  ८ सय के.जी. अवैध बोईलर कुखुराहरु र कुखुरा बोक्न प्रयोग गरिएको १० लाख मूल्य बराबरको गाडीसहित चालक बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका ७ बस्ने बर्ष २५ का राजेश चौधरीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

2080-10-01
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल हुम्लाको सीमानामा

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल युनिट निरीक्षणको क्रममा
हुम्लास्थित नेपाल चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुग्नु भएको
छ ।
         आईतबार सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुग्नु भएका
महानिरीक्षक अर्यालले गुल्म र मातहत बिओपी हिल्साको निरीक्षण गर्नुभई सो
बिओपीको जिम्मेवारी क्षेत्रको बारेमा समेत जानकारी लिनुभएको हो ।
         सोही दिन महानिरीक्षक अर्यालले डोल्पामा तैनाथ नं. ४६ गुल्मको समेत
निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले कार्यरत फौजलाई उच्च
मनोवल लिएर हिमाल जस्तै अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न समेत
निर्देशन दिनुभयो ।

2080-09-24