Toggle Menu

समाचार

APF News
प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधी नेपाल पुलिस स्कुल साँगालाई

नेपाल एपीएफ स्कुल कीर्तिपुरको आयोजनामा भएको ‘प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८०’ को उपाधि नेपाल पुलिस स्कुल साँगाले जितेको छ ।
स्कुलको १९औँ स्थापना दिवस एवं प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ८ गते सम्पन्न भएको हो ।
गत माघ २२ गतेदेखि संचालन भएको प्रतियोगितामा उपत्यकास्थित विभिन्न विद्यालयका १७ र काभ्रे जिल्लाबाट १ गरी कुल १८ विद्यालयका १९ टिमको  सहभागिता रहेकोे थियो ।

2080-11-08
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा नेपाल एपीएफ अस्पतालको २२औँ वार्षिकोत्सव सम्पन्न

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन २ गते नेपाल एपीएफ अस्पताल बलम्वुको २२औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
सोही अवसरमा अस्पताल परिषरमा नवनिर्मित इमरजेन्सी भवनको उद्घाटन गर्नुकासाथै पूर्व सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतीमा स्थापना गरिएको ‘सहवीर थापा अन्कोलोजी युनिट’को समेत महानिरीक्षक अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व केन्द्रिय अध्यक्ष श्रीमती कल्पना थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

2080-11-02
APF News
निःशुल्क स्वास्थ्य शिविर संचालन

        चितवन जिल्लाको माडी गाउँपालिका–९ राई टोलस्थित सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट कान्छी बगहिको प्राङ्गगणमा माघ २७ गते निःशुल्क
स्वास्थ्य शिविर संचालन गरिएको छ ।
        ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम तथा नं. १७ गण चितवनको १४औँ
स्थापना दिवस २०८०’ को अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय चितवन र नेशनल
सिटी अस्पताल भरतपुरको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो

        शिविरमा महिला, पुरुष, बृद्ध तथा बालबालिका गरी जम्मा १ सय ६१ जनाको
ई.सी.जी., जनरल फिजिसियन, अर्थोपेडिक, स्त्री तथा प्रशुती रोग, बाल रोग,
नाक, कान तथा घाटीको जाँच गरिएको थियो ।

2080-10-28
APF News
राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच Post Crash Response and Care Service Model पत्रमा सम्झौता

        नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय
सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच माघ २५ गते Post Crash
Response and Care Service Model को समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितीमा नेपाल सरकारको
भौतिक योजना तथा यातायात मन्त्रालयका सह–सचिव एवं राष्ट्रिय सडक सुरक्षा
परिषद्का सदस्य सचिव कृष्णराज पन्त र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट
नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक
डा. रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
        प्रोजेक्ट संचालन पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा
दुर्घटनामा परेकाहरुको उद्वार, घाईतेहरुको उपचार स्थलगतमै तुरुन्तै हुने,
अनाश्यक मृत्यु र अंगभंगमा समेत उल्लेख्य कमी आउने र स्थानीय सबै
स्वास्थ्य संस्थाहरुमा ट्रमा सम्बन्धि तालिम एवं मेडिकल सामाग्री तथा
उपकरणहरु समेत थप हुनेछ ।

2080-10-25
APF News
पर्साको विभिन्न स्थानबाट ४२ लाख भन्दा बढी मुल्यको प्याजसहित दुई वटा गाडी नियन्त्रणमा

पर्सा जिल्लाको विभिन्न स्थानबाट ४२ लाख भन्दा बढी मुल्यको प्याजसहित दुई
वटा पिकअप गाडी नियन्त्रणमा लिइएको छ ।
बिरगंज महानगरपालिका –२६ सुगौलीस्थित विर्ताबाट माघ २४ गते करीव २१ लाख
१६ हजार रुपैयाँ बराबरको प्याज र एउटा पिकअप गाडी नियन्त्रणमा लिईएको हो ।
प्रदेश २–०३–००१ च ५९३५ नम्बरको पिकअप गाडीमा राखी विन्दावासिनीबाट
बिरगंजतर्फ ल्याउँदै गरेको २ हजार ९ सय १० किलो प्याज प्रस्तावित सीमा
सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।
त्यस्तै सोही  महानगरपालिका– २५ चण्डाल चोकबाट माघ २३ गते करीव २१ लाख १३
हजार रुपैयाँ बराबरको प्याज र गाडी नियन्त्रणमा लिइएको छ ।
प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीमा राखी बिन्दवासिनीबाट
बिरगंजतर्फ ल्याउँदै गरेको २ हजार ८ सय ३० किलो प्याज बिओपी ड्राईपोर्टले
नियन्त्रणमा लिएको हो ।
बरामद प्याज तथा दुईवटै गाडी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार
कार्यालय पर्सामा बुझाईएको छ ।
 

2080-10-24
APF News
चेपाङ बस्तीमा खाद्यान्न तथा न्यानो कपडा बितरण

   सशस्त्र प्रहरी परिवार महिला संघले धादिङको गजुरी गाउँपालिका–४ चौकी भञ्ज्याङस्थित चेपाङ बस्तीमा खाद्यान्न तथा न्यानो कपडा बितरण गरेको छ । संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा ७८ घरधुरीलाई खाद्यान्न तथा न्यानो कपडा बितरण गरिएको हो ।    

   माघ १९ गते शुक्रबार आयोजित सो कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सशस्त्र प्रहरी बलका प्रवक्ता, सहायक प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु तथा संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

2080-10-21