Toggle Menu

समाचार

APF News
चोरीपैठारीको सामानसहित कार नियन्त्रणमा  

पर्सा जिल्लाको बीरगंज महानगरपालिका– १६ भन्सार ईलाकाबाट बैशाख १६ गते करीव ४ लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलेक्ट्रोनिक्स सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको मोवाईलको डिस्प्ले, चार्जर र डाटा केवल प्रस्तावित सीमा सुरक्षा गुल्म पर्साले बरामद गरेको हो ।  
यसैगरी सोही स्थानबाट बैशाख १६ गते भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एक्स ३४७९ नम्बरको मारुटी सुजुकी कारमा फल्स बटम बनाई लुकाई छिपाई ल्याउँदै गरेको करीव १ लाख ४ हजार रुपैयाँ बराबरको मोटर पार्ट्स प्रस्तावित सीमा सुरक्षा गुल्म पर्साले नियन्त्रणम लिएको छ ।
बरामद सामान तथा कार आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको  छ । सो गाडीको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।

2081-01-17
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा बैशाख ०३ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
नेपाल सरकार (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०/१२/२३ गतेको निर्णयानुसार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएको हो । 

2081-01-03