Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, 
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएका ८ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष २४ गते दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । 
नेपाल सरकार मन्त्रिस्तरको यही पौष २० गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएको हो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुहुँदै दर्जा सँगै बढेको जिम्मेवारी पुरागर्न कार्यक्षेत्रमा सधैं जिम्मेवारी बोधकासाथ कृयाशिल रहनुपर्ने बताउनुभयो ।
उहाँले पदोन्नतीसँगै श्रेणी र जिम्मेवारी समेत बृद्धिभई आगामी दिनमा नीति निर्माण तहमा उहाँहरुले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने चर्चा गर्नुहुँदै संगठनले लिएको लक्ष्य प्राप्तीका लािग हरेक कमाण्डर तहका अधिकृतहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सिकाउँदै कूशल नेतृत्व प्रदान गरि राष्ट्र र नागरिकको सेवा र सुरक्षामा कटिबद्व भई कार्यक्षेत्रमा निरन्तर लागिरहनुपर्ने बताउनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूहरु अहिले मेरो भन्दा पनि हाम्रो भन्ने सोचकासाथ सामुहिक रुपमा संगठनको विकास, विस्तार र सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासमा ध्यान पु¥याउँदै दिर्घकालिन योजनाकासाथ अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामुहिक भावनाकासाथ उत्कृष्ट कार्यसम्पादनतर्फ कृयाशिल रहनुपर्ने बताउनुभयो ।
उहाँले मानव अधिकारको संरक्षण गर्दै फौजी संस्कारमा रहि अनुशासित र इमान्दारितापूर्वक जिम्मेवारी पुरा गर्नेतर्फ कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहन निर्देशन दिनुहुँदै संगठनले मानव अधिकारको उलंघन, भ्रष्टाचार र लैङ्गिक हिंसामा शून्य सहनशिलताको नीति अवलम्वन गरेको कुरा समेत उल्लेख गर्नुभयो । 
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2075-9-24
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठमाडौं,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित हुलास चोकबाट एपीएफ टोलीले पौष २५ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा जिल्लाको लहान नगरपालिका ४ बस्ने २० वर्षिय शेखर यादव छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनको साथबाट एभिल १८५ वटा, डाईजोल्याव १०३ वटा र नोफिन १०० वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

2075-9-26
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

बारा,
बारा जिल्लाको कलैया उपमहानगरपालिका २० स्थित पकलीघाटबाट पौष २५ गते एपीएफ टोलीले करीव ६ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ल्यापटप बरामद गरेको छ । 
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले उक्त ल्यापटप बरामद गरेको हो ।
भारतबाट अवैध रुपले बीआर २२ एल ६६२८ नम्बरको मोटसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको डेल कम्पनिको १२ थान ल्यापटप तथा उक्त मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ । 
बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2075-9-26
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम समापन

काठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिबार सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभयो । 
त्यअवसरमा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक मदन अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशललाई कार्यक्षेत्रमा गएपछि ईमान्दारिताकासाथ लागूगरि उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिनुभयो ।
उहाँले संगठन आजको यस स्थानसम्म आईपुग्नुमा अग्रजको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध रहनु सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको प्रमुख दायित्व र जिम्मेवारी भएको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राज्य प्रदत्त जिम्मेवारीहरु पुरा गर्न सामुहिक भावनाकासाथ जिम्मेवारी निर्वाहमा तल्लिन रहन निर्देशन दिनुभयो । 
उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्र र नागरिकले सोचेको र खोजेको जस्तो सुरक्षा सेवा प्रवाहमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै आफुले सिकेको ज्ञान र सिप आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउदै कार्यक्षेत्रमा पूर्ण व्यावसायिकताकासाथ नतिजामुखी कार्यसम्पादन गर्न कृयाशिल रहनुपर्ने बताउनुभयो । 
कार्यक्रमा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा गएपछि तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई उपयोग गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले सिमित स्रोतसाधनका बावजुद तालिमलाई समयानुकुल र बैज्ञानीक ढंगले संचालन गरिएको उल्लेख गर्नुहुँदै विविध विषयका विज्ञ प्रशिक्षकहरुद्वारा समेत प्रशिक्षण प्रदान गरिएको बताउनुभयो । 
पाँच महिना अवधिको उक्त तालिममा ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, खबर संकलन, हुल तथा दंगा व्यवस्थापन, विपद व्यवस्थापन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, सुरक्षा योजना तथा कारवाही, हतियार ह्याण्डलिङ लगायतका विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । 
उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।

2075-9-26
APF News
एपीएफ टोलीद्वारा सुनसहित छ जना पक्राउ

सिराहा, एपीएफ टोलीले शनिबार बिहान करीव दुई बजे सिराहा जिल्लाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुमध्ये सोही जिल्लाको लाहान नगरपालिका १९ बस्ने ३२ वर्षिय गाडी चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काचो सुन, सोही ठाउँ बस्ने २८ वर्षिय मोहमद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने ४५ वर्षिय कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो । त्यसवेला उनीहरु सँगै सो गाडीमा सवार सोही ठाउँ बस्ने ४२ वर्षिय मोहमद हकिम, २४ वर्षिय मोहमद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षिय मोहमद अफ्रोजलाई समेत एपीएफ टोलीले पक्राउ गरेको छ । काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिपमा सवार उनीहरुको साथमा उल्लेखित सुन फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोवाइल सेट समेत बरामद गरेको छ ।

2075-9-28
APF News
एपीएफ टोलीद्वारा काठसहित पक्राउ

सिराहा,
सिराहा जिल्लाको मिर्चैया नगरपालिका ६ बाट पौष २९ गते एपीएफ टोलीले ६६ क्यूफिट सिसौको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।
सोही जिल्लाको मिर्चैया नगरपालिका ३ बस्ने सर्जुक महरालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मिर्चैयाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
स १ त ४५७ नम्बरको ट्याक्टरमा जाँच गर्दा अवैध रुपले लैजान लागेको अवस्थामा सो काठ भेटिएपछि एपीएफ टोलीले निज महरालाई उक्त काठ तथा ट्याक्टरसहित पक्राउ गरेको हो । 
एपीएफ टोलीले पक्राउ परेका निज महरालाई बरामद काठ तथा ट्याक्टरहितै आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाएको छ ।

2075-10-1
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित गणेश मन्दिर नजिकैबाट पौष २९ गते एपीएफ टोलीले करीव ३ लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा झापा नम्बर २ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कैलाली नम्बर ३४ गणबाट सशस्त्र प्रहरी सहायक हवल्दार नन्दराज भाटको कमाण्डमा खटिएको एपीएफ टोलीले पौष २९ गते करीव १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १२ स्थित जुगेडाबाट बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2075-10-1
APF News
एपीएफ टोलीद्वारा गाँजासहित दुई जना पक्राउ 

पर्सा,
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ४ स्थित झोलुनिया पुलबाट माघ ३ गते एपीएफ टोलीले एक केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
सोही जिल्लाको सखुवाप्रर्सौनी गाउँपालिका २ बस्ने १९ वर्षिय कृष्णकुमार साह र सोही ठाउँ बस्ने १८ वर्षिय राकेश सहनीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
पर्सा जिल्लाको सखुवाप्रर्सौनीबाट भिस्वातर्फ जाँदै गरेको ना १७ प ४४६७ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित गाँजा फेला परेपछि उनीहरुलाई उक्त गाँजा तथा मोटरसाइकलसहितै पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद गाँजा तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2075-10-3
APF News
एपीएफ टोलीद्वारा चारीपैठारीको सामान बरामद

काठमाडौं,
झापा जिल्लाको मेची नगरपालिका १२ स्थित ज्यामिरेगढीबाट माघ ७ गते एपीएफ टोलीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याएको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा घरमा लगाउने रङ सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा झापा नम्बर २ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले माघ ७ गते करीव १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । 
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, एसीको स्ट्याण्ड र टेप एपीएफ टोलीले पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित ईनरुवा इलाकाबाट बरामद गरेको हो ।

2075-10-8
APF News
लागूऔषधसहित पक्राउ

काठामाडों,
पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित ब्यारेज पुलबाट माघ ७ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ बस्ने २८ वर्षिय संदीप कार्की र पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३७ वर्षिय नविन सुनार छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ४८ वटा र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-10-8
APF News
छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा १ सय ७८ नदि तलाउ तथा मठमन्दिर सरसफाई

काठमाडौं,
छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका १ सय ७८ नदि तलाउ तथा मठमन्दिर सरसफाई गरेको छ ।
सो पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुबाट व्रतालु भक्तजनहरुलाई सघाउ पु¥याउन गरिएको उक्त सरसफाईमा कुल २ हजार ३ सय ५३ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका थिए ।
जसमध्ये काठमाडौं उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा सरसफाई गरिएको छ भने १ नम्बर प्रदेशमा २० तथा २ नम्बर प्रदेशमा ८८ र ३ नम्बर प्रदेशमा ७ स्थानमा सरसफाई गरिएको छ । 
यसैगरी ४ नम्बर प्रदेशमा १५ तथा ५ नम्बर प्रदेशमा २६ र ६ नम्बर प्रदेशमा ७ तथा ७ नम्बर प्रदेशमा ३ ठाउँमा रहेका नदि तलाउ तथा मठमन्दिरहरुमा सरसफाई गरिएको छ ।
स्थानीय व्रतालु भक्तजनहरुले व्रतका अवसरमा प्रयोग गर्ने नदि तलाउ तथा मठमन्दिरहरुमा सरसफाई गरिएको हो ।

2075-7-26
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ

पर्सा,
पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट कार्तिक २६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका ८ बस्ने २३ वर्षिय सागर कार्की र सोही महानगरपालिका ९ बस्ने राजेश कुचिकार छन् । 
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
त्यसवेला एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई संका लागि जाँच गर्दा निजहरुले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा डाइजोप्याम ३९ वटा, नोफिन ३६ वटा र फेनेरागन ४० वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । 
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी इनरुवामा बुझाएको छ ।

2075-7-26
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा देउसीभैली कार्यक्रम

काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले मंगलबार देउसी भैली कार्यक्रमको आयोजना गरेको छ । नेपालीको महान पर्व दिपावलीको पुनित अवसरमा लोक संस्कृतीलाई जगेर्ना गर्ने अभिप्रायले सो संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लवमा आयोजित सो कार्यक्रममा संघका पदाधिकारी तथा कलाकारहरुले देउसी भैली कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सो संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगाएत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो । सो अवसरमा संघकी सदस्य सचिव श्रीमती सरस्वती पाण्डेले मन्तव्य व्यक्त गर्नुहुँदै सो संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै सेवामूलक एवं जनचेतनामूलक कार्यक्रमहरु संचालन, विपद् प्रकोपमा पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था, निःशुल्क स्वास्थ्य शिविर संचालन, रक्तदान कार्यक्रमको आयोजना लगाएतका सामाजिक कार्यहरु गर्दै आईरहेको बताउनुभयो । उहाँले संघले अगामी दिनहरुमा समेत ंसमाजसेवाको क्षेत्रमा रचनात्मक कार्य तथा सेवामुखी एवं जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने लगायत वीरगति प्राप्त तथा वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुका सन्नतीलाई छात्रवृत्ति प्रदान गर्ने, उनीहरुका परिवारलाई सीपमूलक तालिम संचालन गर्ने लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा समेत उल्लेख गर्नुभयो । सो संघले आयोजना गरेको उक्त देउसी भैली कार्यक्रममा उठेको रकम विपन्न परिवारका बालबालिकाहरुको शिक्षा दिक्षामा खर्च गरिने कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

2075-7-20