Toggle Menu

समाचार

APF News
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

काठमाडौं,
अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा
परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ ।
        रौतहट जिल्लाको ईसनाथ नगरपालिका १ स्थित लाल बकैया खोलामा अविरल वर्षाको
कारण पानीको वहाव बढ्न गई डुवानमा परेका करीव तीन सय घर परिवारलाई
सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट सशस्त्र प्रहरी
निरीक्षक हरिप्रसाद के.सी.को कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय
बासिन्दाले सो ठाउँका पीडित नागरिकहरुलाई सुरक्षित स्थानमा सारेको हो ।
यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर २ र ३ मा
बाढि तथा पहिरोबाट विस्थापित ६३ घर परिवारका २ सय १५ जनालाई असार २६ गते
सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गुल्म सिन्धुपाल्चोकबाट सशस्त्र
प्रहरी निरीक्षक राजु श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय
बासिन्दाले उनीहरुको उद्वार गरी तातोपानी भन्सार कार्यालयमा ल्याई राखेको
हो ।
        सो ठाउँमा बाढि पहिरोका कारण एक जना बेपत्ता भएको बताईएको छ । बेपत्ता
ती व्यक्तिको व्यापक रुपमा खोजीकार्य भईरहेको छ ।
        यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २३ बाम्दी स्थित
हरपन खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाहरुको खोजीकार्यको
लागि असार २६ गते विपद व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्ति सहितको
एपीएफ टोली खोजी कार्यमा जुटेको छ ।
        सोही ठाउँ बस्ने २६ वर्षिय लेखनाथ बस्नेत र २१ वर्षिय प्रयुस गुरुङ्ग
उक्त खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी
पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गणबाट सशस्त्र प्रहरी
निरीक्षक पुर्णाखर गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनीहरुको खोजी
कार्यमा जुटेको हो ।
        यसैगरी बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ४ बस्ने २५ वर्षिय
जितबहादुर थारु र २५ वर्षिया प्रेमकुमारी थारुलाई सोही ठाउँ स्थित बवई
खोलाबाट दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर
प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सानोश्रीबाट
सशस्त्र प्रहरी नायव निरीक्षक मानबहादुर चौधरीको कमाण्डको एपीएफ टोली,
स्थानीय प्रहरी र स्थानीय वासिन्दा उनीहरुको खोजी कार्यमा जुटेका छन् ।
        यसैगरी झापा जिल्लाको झापा गाउँपालिका ५ स्थित पुरानो शणामती टोल बस्ने
३५ वर्षिय राजेश गणेश स्थानीय बिरिङ्ग खोलामा पौडी खेल्ने क्रममा बेपत्ता
भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा
वेश पन्थपाडाबाट सशस्त्र प्रहरी निरीक्षक अजिलशेर लिम्वुको कमाण्डको
एपीएफ टोली तथा स्थानीय प्रहरी उनको खोजी कार्यमा जुटेका छन् ।

यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित सर्दु खोलामा
हातखुट्टा धुने क्रममा एक जना व्यक्तिलाई उक्त खोलाले बगाएर बेपत्ता भएको
भन्ने जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल,
नेपाल सुरक्षा पोष्ट धरानबाट सशस्त्र प्रहरी नायव निरीक्षक धनश्याम
गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनको खोजी कार्यमा जुटेको छ ।

2077-03-27
APF News
खोलाले बगाएका एक व्यक्तिको एपीएफ टोलीद्वारा सकुशल उद्वार

ईलाम,
        ईलाम जिल्लाको माई नगरपालिका ४ स्थित ठूली खहरे खोलाले बगाएका एक जनाको
एपीएफ टोलीले असार २७ गते सकुशल उद्वार गरेको छ ।
        झापा जिल्लाको अर्जुनधारा नगरपालिका १० बस्ने ५० वर्षिय नितेश राई मे ११
प ४७२६ नम्बरको मोटरसाईकलमा शुक्रबारे बजारबाट बिर्तामोडतर्फ जाँदै गरेको
अवस्थामा उक्त खहरे खोलाले बगाएको थियो ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश
दानावारीबाट सशस्त्र प्रहरी नायव निरीक्षक गोपाल नेपालीको कमाण्डमा
खटिएको एपीएफ टोलीले निज राईलाई उक्त मोटरसाईकसहितै सकुशल उद्वार गरेको
हो ।

2077-03-27
APF News
चोरीपैठारीको सामान बरामद

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दोधाराबाट खटिएको एपीएफ

टोलीले असार २६ गते करीव दुई लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको

सामान बरामद गरेको छ ।

अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको

सुर्तीजन्य पदार्थ, औषधी र  किराना सामान एपीएफ टोलीले कंचपुर जिल्लाको

सीमा ईलाकाबाट बरामद गरेको हो ।

बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

यसैगरी बाँके जिल्लाको डुडुवा गाउँपालिका ६ भज्जिपुरुवाबाट असार २६ गते

एपीएफ टोलीले चोरीपैठारीको सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

भारतीय नम्वरको मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको

उक्त सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट

खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

उक्त सुर्तीजन्य पदार्थ र मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख ५८

हजार एक सय २५ रुपैयाँ रहेको छ ।

यसैगरी सर्लाही जिल्लाको गोडैता नगरपालिका १२ बाट असार २६ गते एपीएफ

टोलीले करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको

छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र

प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलरा उधोरणबाट खटिएको एपीएफ टोलीले

बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

2077-03-26
APF News
माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका दुई जनाको शव फेला

पश्चिम नवलपरासी,
 
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १५ पोताहा स्थित बरुवा
खोलामा माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका दुई जनाको शव असार
२६ गते एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ ।
 
सोही ठाउँ बस्ने १८ वर्षिय प्रविण बि.क. र सुधिर बि.क. शुक्रबार दिउँसो
सो खोलामा माछा मार्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने खबर पाउनासाथै
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीबाट खटिएको एपीएफ टोली र
स्थानीय प्रहरीले उनीहरुको खोजी गर्ने क्रममा घटनास्थल देखि करीव ६ सय
मिटर तल बासको घारीमा दुवै जनाको शव फेला परेको हो ।

2077-03-26
APF News
एपीएफ टोलीद्वारा लागूऔषधहित पक्राउ

सर्लाही,
    सर्लाही जिल्लाको विष्णु गाउँपालिका  ५ फेनरा स्थित बत्रौला इलाकाबाट असार २३ गते एपीएफ टोलीले १५ बोतल वालरेक्स नामक लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सोही जिल्लाको विष्णु गाउँपालिका ८ बस्ने २८ वर्षिय मेघनराम चमार छन् ।
    भारतबाट नेपालतर्फ आउँदै गरेका निज चमारलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिमराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
    एपीएफ टोलीले पक्राउ परेका चमारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।  

2077-03-25
APF News
सालको गोलिया काठसहित पक्राउ

रौतहट,

रौतहट जिल्लाको गुजरा नगरपालिका ४ स्थित लालबकैया खोलाको किनाराबाट असार

२१ गते एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले करीव १८ क्यूफिट

सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको फतुवा बिजयपुर नगरपालिका ८ बस्ने ३९

वर्षिय गफुर मोहमद छन् ।

तीन वटा साईकलमा राखी ल्याउँदै गरेको अवस्थामा उक्त सालको गोलिया

काठसहित निज मोहमदलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश

जंगलसैयाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले

पक्राउ गरेको हो ।

पक्राउ परेका मोहमदलाई बरामाद काठ तथा उक्त साईकलसहित आवश्यक कारवाहीको

लागि सव डिभिजन वन कार्यालय जंगलसैयामा बुझाएको छ ।

2077-03-21
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

धनुषा,

धनुषा जिल्लाको नगराईन नगरपालिका ७ खिरखिरीबाट असार २० गते एपीएफ टोलीले

लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने २९ वर्षिय

दिपककुमार पुर्वे छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ

टोलीले पक्राउ गरेको हो ।

ज १२ प ९७४९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज

पुर्वेलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा

एक्सिस प्लान २४ बोतल र नाईट्रोभेट १० पत्ता फेला परेपछि पक्राउ गरिएको

हो ।

त्यसवेला एपीएफ टोलीले उनको साथबाट ७ हजार ३५ रुपैयाँ समेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ परेका पुर्वेलाई बरामद लागूऔषध र उक्त रकमसहित

आवश्यक कारवाहीको लािग स्थानीय प्रहरीमा बुझाएको छ ।

2077-03-21
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

सिरहा,
        सिरहा जिल्लाको औरही गाउँपालिका १ दरौया स्थित सीमा ईलाकाबाट असार १७
गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको अर्नमा गाउँपालिका ४ बस्ने २५ वर्षिय
अमितकुमार मण्डल छन् ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका निज मण्डललाई सशस्त्र प्रहरी बल, नेपाल
बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच
गर्दा उनको साथमा नाईट्रोजन ट्याब्लेट पाँच वटा र डाईलेक्स एक बोतल फेला
परेपछि पक्राउ गरिएको हो ।
        एपीएफ टोलीले पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको
लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2077-03-18
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ

पर्सा,
        पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट असार १५ गते
एपीएफ टोलीले ९१ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको पोखरीया नगरपालिका २ बस्ने २८ वर्षिय
मनोजप्रसाद यादव छन् ।
        ना १५ प ५८३८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउदै गरेका निज
यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको एपीएफ
टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला
परेपछि पक्राउ गरिएको हो ।
        पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँ र मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
 

2077-03-16
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ

धनुषा,
        धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित माछा बजार ईलाकाबाट असार
१३ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा सुर्तिजन्य पदार्थसहित
दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको मुसरनिया गाँउपालिका ५ बस्ने राज शर्मा
र जनकपुर उपमहानगरपालिका १० बस्ने सुरेन्द्र महतो छन् ।
        उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेस
जनकपुरबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको हो ।
        ज ९ प ३८ नम्बरको मोटरसाइकल र अर्को एउटा नम्बर प्लेट नभएको मोटरसाइकलमा
राखेर भन्सार छली अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा
सुर्तिजन्य पदार्थ फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद सामान तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय
भन्सार कार्यालयमा बुझाइएको छ ।
बरामद सामान तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख ८७ हजार ६ सय
रुपैयाँ रहेको छ ।

2077-03-14
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ७ स्थित सीमा ईलाकाबाट असार १२ गते
एपीएफ टोलीले करीब चार लाख ९६ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी
बल नेपाल, बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य
बराबरको लत्ताकपडा, मेसिनरी सामान तथा विभिन्न किसिमको औषधी बरामद गरेको
हो ।
एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुुवाबाट खटिएको
एपीएफ टोलीले असार १२ गते करीब एक लाख ४३ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा तथा ईलेक्ट्रोनिक्स सामान बरामद गरेको छ ।
अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु रौतहट
जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुरबाट बरामद गरिएको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी पश्चिम नवलपरासी जिल्लाको सरावल गाँउपालिका ७ भुजहवास्थित सीमा
ईलाकाबाट असार ११ गते एपीएफ टोलीले करीब एक लाख ४३ हजार रुपैयाँ बराबको
चोरीपैठारीको सात वटा मोवाईल सेट र सो को तीन वटा चार्जर बरामद गरेको छ ।
 सशस्त्र         प्रहरी बल, नेपाल नम्वर २६ गण पश्चिम नवलपरासीबाट खटिएको एपीएफ
टोलीले उक्त मोवाईल सेट र चार्जर बरामद गरेको हो ।
        त्यसवेला गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथ उक्त मोबाईल र चार्जर
ल्याउने व्यक्ति उक्त सामान सोही ठाउँमा छाडी फरार भएका थिए ।
        बरामद मोबाईल तथा चार्जर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2077-03-12