Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट एफपीयू प्रि–डिप्लोयमेन्ट
काठमाडौं, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा संचालित एफपीयू प्रि-डिप्लोयमेन्ट तालिमको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा संगठनले दिएको यो अवसरलाई मनन् गर्दै विदेशी भूमीमा शान्ति स्थापनार्थ विभिन्न मुलुकका सुरक्षाकर्मी संग सहकार्य गर्दै शान्ति स्थापनाको कार्यमा उत्कृष्ट योगदान पु¥याउन तल्लीन रहनुपर्ने बताउनुभयो । उहाँले संगठनले जिम्मेवारीका क्षेत्रहरुमा रचनात्मक ढंगले दायित्व पुरा गरीरहेको चर्चा गर्नुहुँदै शािन्तस्थापनार्थ खटिने एपीएफ टोलीले त्यस ठाउँको रिती रिवाज तथा रहनसहनलाई समेत सम्मान गर्दै व्यावशायीक ढंगले दायित्व पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो । तालिममा समावेश भएका एपीएफ अधिकृत तथा जवानहरुले प्रशिक्षणको दौरानमा बढि भन्दा बढि ज्ञान आर्जन गर्न कोशिस गर्नुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले तालिमबाट आर्जन हुने ज्ञान तथा कला कौशललाई कार्यक्षेत्रमा उपयोग गर्दै शान्ति स्थापनाको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउन सधै सकृय रहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले शान्ति स्थानार्थ खटिएको अघिल्ला टोलीहरुले मिसन इलाकामा प्राप्त जिम्मेवारीलाई व्यावसायिक कुशलतापूर्वक निर्वाह गरेर देश र संगठनको नामलाई उचाईमा पु¥याएको स्मरण गर्नुहुँदै यस टोलीले समेत सोही अनुरुपको क्षमता विस्तार गर्न तालिमलाई अवसरको रुपमा लिएर लगनशिल भई मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो । उक्त समारोहमा सशस्त्र प्रहरी नायव उपरीक्षक कविन्द्र राईले तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । सो तालिममा संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु)को रुपमा परिचालनको लागि छनोट भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रदिपकुमार पालसहित एपीएफ अधिकृत, बिल्लादार तथा जवानहरु गरी कुल १ सय ९८ जना प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् । सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु लगाएत एपीएफ अधिकृत, बिल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।
2077-08-09
APF News
ईलाम जिल्लाको सन्दकपुरमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना
ईलाम, ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) जौवारी स्थापना भएको छ । नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषीराज्य मन्त्री राम रानाले मंसीर ८ गते आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गर्नुभएको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ । ईलाम जिल्लाको सदरमुकाम देखि करीव ३९ किलोमिटरको दुरिमा नेपाल भारत सीमानाका भन्दा करीव १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ । सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोवस्तीका सामानसहित सो ठाउँमा खटिएको हो । नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो । हालसम्म १८९ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ ।
2077-08-08
APF News
एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १५ स्थित ज्ञानचुन चोकबाट मंसीर ७ गते एपीएफ टोलीले करीव चार ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षिय दिक्षेन राई छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलको कमाण्डमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज राईलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय धरानमा बुझाईएको छ ।
2077-08-08
APF News
एपीएफ टोलीद्वारा लोड अवस्थामा रहेको भरुवा बन्दुक बरामद
दाङ्ग, दाङ्ग जिल्लाको गढवा गाउँपालिका ८ अन्तरखाल स्थित जंगलबाट एपीएफ टोलीले मंसीर ८ गते लोड अवस्थामा रहेको एउटा भरुवा बन्दुक बरामद गरेको छ । उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण दाङ्गबाट सशस्त्र प्रहरी निरीक्षक माधवप्रसाद ढुंगेलको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त भरुवा बन्दुकमा प्रयोग हुने बारुद दुई डिब्बा, छर्रा पाँच वटा, टेप पटका चार थान र एउटा कैँची समेत बरामद गरेको छ । बरामद भरुवा बन्दुक, बारुद, छर्रा, टेप र कैची आवश्यक कारवाहीको लागि प्रहरी चौकी कोईलावासमा बुझाईएको छ ।
2077-08-08
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका १ स्थित राजापोखरीबाट मंसीर ७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ५ बस्ने १९ वर्षिय जुबेर आलम र १८ वर्षिय नियाल उदिन मिया छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ट्याब्लेट १२ पत्ता, निट्रोसन १० पत्ता र डाईलेक्स डिसी ४४ बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको छ ।
2077-08-07
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट सि.स. ५ गणपति तालिम र सि.सं. २५ गुल्मपति तथा स्टाफ तालिम उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सि.सं. ५ गणपति तालिम र सि.सं.२५ गुल्मपति तथा स्टाफ तालिम संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले मंसीर ७ गते सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उक्त दुवै तालिमको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्नुकासाथै व्यक्तित्व बिकासमा समेत सघाउ पु¥याउने उल्लेख गर्नुभयो । उहाँले प्रशिक्षार्थी अधिकृतहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्नुहुँदै प्रशिक्षार्थीहरुले तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि अध्ययनशिल र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले प्रशिक्षणको दौरानमा आर्जन हुने ज्ञान, कला र कौशलको उपयोग गर्दै सशस्त्र प्रहरी अधिकृतहरुले भोलिका दिनहरुमा कार्यक्षेत्रमा आईपर्ने विविध चुनौतीहरुलाई परास्त गर्दै आत्म विश्वासका साथ जिम्मेवारी निर्वाहमा सफलता प्राप्त गर्न यस्ता तालिमले सघाउ पु¥याउने बताउनुभयो । उहाँले प्रशिक्षार्थी अधिकृतहरुले आफ्नो ज्ञानको दायरालाई बृद्धि तथा त्यसलाई निखारता प्रदान गर्न स्वअध्ययनलाई जीवन पद्धती बनाउँदै अगाडी बढ्नुपर्ने चर्चा गर्नुहुँदै आगामी दिनहरुमा विभिन्न सांगठानीक नियुक्तिहरुमा खरो उत्रनका लागि तालिमबाट प्राप्त शैद्धान्तिक तथा व्यावहारिक ज्ञान सहयोगि सिद्ध रहने बताउनुभयो । दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३६ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् । उक्त तालिमहरुमा विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
2077-08-07
APF News
एपीएफ टोलीद्वारा श्रोत नखुलेको सोह्र लाख रुपैयाँ सहित दुई जना पक्राउ
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका ३ स्थित सीमा ईलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २४ बर्षिय हरी दर्शन बनिया र ४९ बर्षिय बिनोद बनिया छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरुकोे साथमा उल्लेखित रुपैयाँ फेला परेको थियो । त्यसबेला उनिहरुले उक्त रकमको श्रोत खुलाउन नसकेपछि सो रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।
2077-08-05
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको आयुर्वेदिक औषधीसहित तिन जना पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका ११ भुजौली सिमा इलाकाबाट मंसिर ०५ गते एपीएफ टोलीले करीब एक लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न किसिमको आयुर्वेदिक औषधीसहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ४ बस्ने २५ बर्षिय रमजान मुसलमान तथा अख्तर भाट र भारतमा घर बताउने शेसफरेना रहेका छन् । भारतबाट अवैध रुपले भन्सार छली बा १७ च ७४९० नम्बरको कारमा राखेर ल्याउँदै गरेको अबस्थामा उल्लेखित आयुर्वेदिक औषधीे एपीएफ टोलीले फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश भुजौलीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेका उनीहरुलाई बरामद औषधी र सो कारसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2077-08-05
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
झापा, झापा जिल्लाको कचनकबल गाँउपालिका ३ स्थित डाँगीबारी इलाकाबाट मंसिर ०५ गते एपीएफ टोलीले करीब एक लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ र हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम बहादुर भन्डारीको कमान्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ७ स्थित सिमा इलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले करीब दुई लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको युरिया मल र हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी कन्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका १० स्थित सिमा इलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले करीब एक लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइलसेट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मोबाइलसेट सशस्त्र प्रहरी बल, नेपाल बोडर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मोेबाइलसेट एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2077-08-05
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
झापा, झापा जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर इलाकाबाट कार्तिक २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्ला स्थित भुटानी शरणार्थी शिविरमा बस्ने २३ बर्षिय चन्द्र बहादुर मगर तथा इलाम जिल्लाको चुलाचुली गाँउपालीका ३ बस्ने मौसम राई र कृष्ण बानीयाँ छन् । सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणाथी सुरक्षा बेस बेलडागीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । को २२ प ७२२ नम्बरको मोटरसाइकलमा सबार उनिहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रिमडोल १० ट्याब्लेट र सास्पेन १० ट्याब्लेट फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-07-23
APF News
एपीएफ टोलीद्वारा पटका बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ४ स्थित सिमा इलाकाबाट कार्तिक २२ गते एपीएफ टोलीले करीब एक लाख ८ हजार रुपैयाँ बराबरकोे पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश माताचोकबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी कपिलबस्तुजिल्लाको यशोधरा गाँउपालिका ७ स्थित सिमा इलाकाबाट कार्तिक २३ गते एपीएफ टोलीले करीब ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमको पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण कपिलबस्तुबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
2077-07-23
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखनौतियाबाट कार्तिक २१ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही गाँउपालिका १ श्रीरामपुर बस्ने अखिलेश हरिजनलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मैनीहवाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज हरिजनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नोफिन ४४ वटा, प्रोमेथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४४ वटा र डाईजपाम ईन्जेक्सन ४४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका हरिजनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले कार्तिक २१ गते ओनेरे नामक २० बोतल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट ईलाकाबाट सोही महानगरपालिका २ छप्कैया बस्ने २३ बर्षिय सफरोज शेखलाई उल्लेखित लागूऔषधसहित पक्राउ गरिएको हो । एपीएफ टोलीले निज शेखलाई शंका लागि जाँच गर्दा निजले ६ वटा खेलौनाभित्र लुकाई छिपाई ल्याँउदै गरेको अवस्थामा उल्लेखित लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका शेखलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-07-22
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका १ महेशपुरस्थित सीमा ईलाकाबाट कार्तिक १८ एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाँउपालिका ३ भटौलिया बस्ने २० बर्षिय शंकर परियार र रामग्राम नगरपालिका ९ बस्ने ४३ बर्षिय सुरेन्द्रप्रसाद हरिजन छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ६ पत्ता, नाईट्रोभेट १० पत्ता, फेनारगन तीन सय ५० एम्पुल, नोफिन चार सय एम्पुल र डाईजापाम तीन सय ५० एम्पुल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले कार्तिक १९ गते सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सोही नगरपालिका १६ बस्ने संजिवकुमार यादव र बिकीकुमार यादव छन् । एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा निजहरुको साथमा कोडिन फोसफेट एण्ड क्लोरफेनिरामाईन म्यालेट चार बोतल र नाईट्रोभेट ट्याब्लेट पाँच वटा फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो ।
2077-07-19