Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण
काठमाडौं, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका ७ स्थित रतनपुरमा चैत्र १८ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको गोपी सार्किले संचालन गरेको खाद्यान्न पसल तथा स्टोर रहेको कच्ची घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५२ गुल्म डडेल्धुराबाट खटिएको एपीएफ टोली सो आगालगी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ स्थित राष्ट्रिय वनमा लागेको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, वन कार्यालयका कर्मचारी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट करीव २÷३ हेक्टर वन जलेर नष्ट भएको बताईएको छ ।
2077-12-19
APF News
एपीएफ टोलीद्वारा सालको काठसहित चार जना पक्राउ
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ९ मागुरमाडी ईलाकाबाट चैत्र १८ गते एपीएफ टोलीले करीव दुई लाख ४० हजार रुपैयाँ बराबरको सालको काठसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बुधशान्ति गाउँपालिका ४ बस्ने ४० वर्षिय बलबहादुर राई, ४० वर्षिय सुमन राई, ३० वर्षिय सुरेन राई र २३ वर्षिय दिपक तामाङ्ग छन् । मे १ त १३८६ नम्बरको ट्याक्टर र मे ३ प ८३७८ नम्बरको मोटरसाईकलमा राखी ईलामबाट झापातर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको करीव ६० क्यूफिट सालको काठसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणार्थी सुरक्षा वेश टिमाईबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद काठ, उक्त ट्याक्टर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाईएको छ ।
2077-12-19
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ काली मन्दिर सीमा ईलाकाबाट चैत्र १८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ३५ वर्षिय सरोज महतो छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा वीन सिरेक्स १०० एमएलको २ वटा, पेन्टाजोप्सीन ईन्जेक्सन ३० एमएलको ६ वटा, सिटामिनोफिन क्याप्सुल ४ वटा र सिरिन्ज २ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएको छ ।
2077-12-19
APF News
पौडी खेल्ने क्रममा पोखेरीमा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीद्वारा फेला
काठमाडौं, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका ६ टौदह स्थित बागमती नदिको किनारामा रहेको पानी पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीले चैत्र १९ गते फेला पारेको छ । उक्त पोखरीमा पौडी खेल्ने क्रममा काठमाडौंको दक्षिणकाली नगरपालिका १ बस्ने ८ वर्षिय कृष्ण मगर र ११ वर्षिय प्रशान्त सुनुवार डुवेका थिए । सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक जनकजंग भण्डारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोलीले उनीहरुको शव उक्त पोखरीबाट बाहिर निकालेको हो ।
2077-12-19
APF News
बेपत्ता भएका सात जना बालिका र किशोरीको उद्वार
महोत्तरी, महोत्तरी जिल्लाको भंगाहा नगरपालिका ८ धरमपुरमा घाँस काट्न गएकोमा सोही ठाउँबाट बेपत्ता भएका बालिका र किशोरी गरी सात जनाको एपीएफ टोलीले चैत्र १८ गते राती उद्वार गरेको छ । मंगलबार घाँस काट्न गएका उनीहरु घर नआएपछि आफन्तले खोजतलास गर्दा समेत फेला नपरेको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमाण्डमा नेपाल प्रहरी र उनीहरुका आफन्तसहितको टोलीले भारतमा समन्वय गरी बुधबार राती उनीहरुलाई सकुशल नेपाल ल्याईएको हो । उद्वार गरीएकामा सोही ठाउँ बस्ने १० वर्षिया सीमाकुमारी पासवान, १२ वर्षिया अर्पना पासवान, १३ वर्षिया ज्योती पासवान, १४ वर्षिया रञ्जना पासवान, १५ वर्षिया रिया पासवान, १८ वर्षिय अस्मिता पासवान र १८ वर्षिय नभिना पासवानलाई एपीएफ टोलीले आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी बझुाएको छ ।
2077-12-19
APF News
एपीएफ टोलीद्वारा गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ
काठमाडौ, एपीएफ टोलीले काठमाडौंको गहना पोखरी ईलाकाबाट चैत्र १४ गते दिउँसो मेडईन यूएसए लेखिएको ९ मिमि पेस्तोल एक थानसहित दुई जनालाई पक्राउ गरेको छ । त्यसवेला सोको पाँच वटा गोली म्याग्जिनमा लोडेड रहेको अवस्थामा बरामद गरिएको हो । पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको रोशी गाउँपालिका ३ शिखर अम्बोटे घर भई काठमाडौंको जडिबुटि बस्ने कोटे लामा र सोही जिल्लाको नवबुद्ध नगरपालिका ११ घर भई जडिबुटि बस्ने अनन्त तामाङ्ग छन् । पक्राउ परेका कोटे लामा २०७४ सालदेखि फरार अभियुक्त रहेको कुरा खुल्न आएको छ । एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा खटिएको एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद थान एक पेस्तोल, सोको थान एक म्याग्जिन, सोको पाँच वटा गोली तथा दुई थान मोवाईल सेट र कागजात सहित आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पक्राउ परेको ठाउँबाटै महानगरीय प्रहरी बिट मालिगाउँबाट खटिई आएका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालको टोलीलाई बुझाएको छ ।
2077-12-14
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ मेउडीहवाबाट चैत्र १२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको तिलोत्तमा नगरपालिका १० बस्ने मेहबुब अलिलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । लु ६ प २१६५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा ओनरेक्स कफ सिरप २१ बोतल, नाइट्रोभेट ट्याब्लेट १ सय ५० वटा र स्मास्मो प्रोक्सिभन प्लस १ सय ७९ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज अलिलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-12-13
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १२ भटौलीयास्थित सीमा ईलाकाबाट चैत्र १३ गते एपीएफ टोलीले करीब १ लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले चैत्र १३ गते करीब १ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त ईलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बाईपासस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । एपीएफ टोलीले बरामद ईलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको एपीएफ टोलीले चैत्र १३ गते महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट करीब १ लाख ५३ हजार रुपैयाँ बराबरको भन्सार छलीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2077-12-13
APF News
गृहसचिव महेश्वर न्यौपानेबाट सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन
काठमाडौं, गृहसचिव महेश्वर न्यौपानेले बिहिबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुबाट सशस्त्र प्रहरी बल, नेपालका देशभरका वाहिनीपति, तालिम शिक्षालयका समादेशक र गणपतिहरुलाई निर्देशन दिनुभएको छ । गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फतं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिनुभयो । उहाँले नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमा सुरक्षामा तैनाथ गराईसकेको अवस्थामा सीमा तथा सीमा वारपार हुने सबै खालका अपराधहरु नियन्त्रण तथा अपराधिहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउन एवं अवैध चोरी पैठारी तथा निकासी नियन्त्रण गरी राजस्व संकलनमा उल्लेख्य बृद्धि गराउन सहयोगात्मक भूमिका निभाउन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी बल, नेपालका युनिटपतिहरुलाई कार्यक्षेत्रमा निरन्तर क्रियाशील रहन निर्देशन दिनुका साथै बाहिनीपतिहरुले आफु मातहतकालाई उचित ढंगले परिचालन गरी नतिजामुखी कार्यसम्पादनमा जोड दिनुपर्ने बताउनु हुँदै सचिव न्यौपानेले सीमामा खटिएर काम गर्दा सशस्त्र प्रहरी कर्मचारीहरु ईमान्दार व्यवसायिक र अनुशासित भई कार्य गरेको खण्डमा यसले कर्मचारीहरुको बृत्तीविकासमा समेत योगदान पु¥याउने बताउनुभयो । गृहसचिव न्यौपानेले कोभिड-१९ महामारी नियन्त्रणमा सीमा नाका, आईसोलेसन सेन्टर तथा देश भरका विभिन्न ठाउँहरुमा खटिएर तथा नेपाल एपिएफ अस्पताल मार्फत सशस्त्र प्रहरी कर्मचारीहरु, चिकित्सक र स्वास्थ्यकर्मीहरुले पु¥याएको योगदान सराहनिय रहेको उल्लेख गर्नुहुँदै विपद् व्यवस्थापन तथा विपद् पीडित नागरिकहरुको उद्वारमा सशस्त्र प्रहरी कर्मचारीहरुले देखाएको तत्परता प्रशंसनीय रहेको बताउनुभयो । गृहसचिव न्यौपानेले शान्ति सुरक्षा कायम गर्ने कार्यमा आईपर्न सक्ने जस्तोसुकै चुनौतीहरुलाई परास्त गर्दै अन्य निकायहरुसँग समेत आवश्यक समन्वय र सहकार्यका साथ कार्यसम्पादनमा जुट्न समेत निर्देशन दिनुभयोे । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापन गर्नुहुँदै श्रीमान् गृहसचिवबाट भएको निर्देशनलाई ईमान्दार, अनुशासित, कर्तव्यनिष्ठ र व्यवसायिक भई पालना गर्न मातहत राष्ट्रसेवकहरुलाई निर्देशन दिनुका साथै राष्ट्र, जनता र संगठनलाई सदैव शीरमा राखेर कार्य गर्न र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल, राज्य तथा संगठनले लिएको लक्ष्य प्राप्तितर्फ अहोरात्र कार्यक्षेत्रमा खटिई संगठनलाई प्राप्त सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा उद्वार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहेको बताउनुहुँदै नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल, नेपाल सरकार गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव घनश्याम उपाध्याय लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत तथा काठमाडौ स्थित सशस्त्र प्रहरी बल, नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरुको उपस्थिति रहेको थियो ।
2077-12-12
APF News
एपीएफ टोलीद्वारा काठसहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको हरिपुर नगरपालिका १ हजार विगाहस्थित हनुमानचोकबाट चैत्र ५ गते एपीएफ टोलीले करीब ५७ क्यूफिट सालको काठसहित सोही ठाउँ बस्ने १८ बर्षिय सुरज महत्तोलाई पक्राउ गरेको छ । को २ त ८४९६ नम्बरको ट्याक्टरमा लोडगरी राखेको अवस्थामा उक्त काठसहित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरहराबाट खटिएको एपीएफ टोलीले निज महत्तोलाई पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित ट्याक्टर र एउटा साइकल समेत बरामद गरेको छ । निज महत्तोलाई बरामद काठ, ट्याक्टर र साइकलसहित आवश्यक कारवाहीको लागि सव-डिभिजन वन कार्यालय मुर्तियामा बुझाईएको छ । बरामद ट्याक्टरकोे भन्सार दाखिला मूल्य ७ लाख ७० हजार रुपैयाँ रहेको छ ।
2077-12-07