Toggle Menu

समाचार

APF News
माननीय गृहमन्त्रीबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
काठमाडौं, माननीय गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिनुभयो । त्यसअवसरमा गृहमन्त्री अधिकारी समक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमी, संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, निर्वाचन सुरक्षा योजना तथा रणनीति, विद्यमान सुरक्षा चुनौती, कोभिड–१९ महामारीमा नेपाल एपीएफ अस्पतालले पु¥याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिशनहरुमा सशस्त्र प्रहरी बलको परिचालन, मानवअधिकारको संरक्षण र संबर्धन लगायत भएगरेका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत जानकारी गराईएको थियो । गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुकासाथै उहाँहरुको योगदानको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी बलमा आवद्ध रहेर सेवा गर्न पाउनु गौरवको विषय भएको तथा सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा सुरक्षामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुहुँदै राष्ट्र र नागरिकको सेवा सुरक्षामा पु¥याएको योगदानको कदर गर्नुभयो । सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो– ‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिईएको सेवा तथा सुविधा अब्बल रहेको भन्दै उहाँले भुकम्प जस्ता महामारीमा साधनश्रोतको अभावकाबीच संगठनले गरेको कार्यको हृदयको गहिराहीबाट सम्मान प्रकट गर्न चाहन्छु ।’ गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा मन्त्रालय सशस्त्र प्रहरी बलका लागि आवश्यक साधनश्रोत, जनशक्ति र बृत्तीविकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने उल्लेख गर्नुहुँदै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक र उच्च मनोवलकासाथ कृयाशिल रहन निर्देशन दिनुभयो । उहाँले समायानुकुल राशन व्यवस्थापन, बृत्तिविकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने बताउनुभयो । गृहमन्त्री अधिकारीले सदियौदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमताको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा माननीय गृहमन्त्रीज्यूबाट भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल तथा हौसलामा बृद्धि भएको उल्लेख गर्नुहुँदै माननीय गृहमन्त्रीज्यूको १२ बँुदे निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरस पालना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठन अगाडी बढिरहेको बताउनुभयो । महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापन जस्तो संवेदनशिल र नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको विषयलाई थप प्रभावकारी बनाउन सुदूर पूर्वको ओलाङचुङ्गगोला देखि सुदूर पश्चिमको छाङ्गरु तथा सुस्तादेखि कञ्चनपुुरको ब्रम्हदेवसम्मको स्थानमा गण, गुल्म र विओपीका माध्यमबाट तैनाथरहि ईमान्दार अनुशासित एवं व्यवसायिक रुपमा राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना एवं जनताको सेवा, सुरक्षा र उद्वार कार्यमा अहोरात्र परिचालन हुँदै अन्य संवद्व नियकाहरुसँग सहकार्य र समन्वय गरी आफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई पुरा गर्दै आएको बताउनुभयो । उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग मार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण एकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बलका एकाई प्रमुखहरु तथा सशस्त्र प्रहरी अधिकृत बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
2078-03-01
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थि सीमा ईलाकाबाट जेठ २७ गते सशस्त्र प्रहरी करीव ३ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ना ४९ प ३१२७ नम्बरको मोटरसाईकलमा नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले जेठ २७ गते करीव २ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र मोटर पार्ट्स सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ शंकरचोकस्थित सीमा ईलाकबाट बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालय भिट्टामोडमा बुझाईएको छ ।
2078-02-27
APF News
चोरीपैठारीको धानसहित ट्याक्टर बरामद
सप्तरी, सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ५ स्थित सीमा ईलाकबाट सशस्त्र प्रहरीले करीव ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ९७ बोरा धान बरामद गरेको छ । भारतबाट अवैध रुपले प्र २-०१-००१ त ०९०१ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त धान सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला धान ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरिएको हो । बरामद धान तथा ट्याक्टर भन्सार कार्यालय राजविराजमा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ ।
2078-02-27
APF News
लागूऔषधसहित तीन जना पक्राउ
झापा, झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित उग्र गाउँ ईलाकाबाट जेठ २५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिर्तामोड नगरपालिका २ बस्ने ३० वर्षिय जीवन धौराली, २२ वर्षिय सुनिल मिश्र र २८ वर्षिय सुरेन्द्र ढकाल छन् । मे ९ प ४२१९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा कोडिन फोस्पेट क्लोरफेनारमिन सिरफ १४ बोतल, निट्राजेपाम ट्याब्लेट ७४ वटा र २६ ग्राम गाँजा फेला पारेको थियो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईसहित आवश्यक कारवाहीको नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-02-26
APF News
सशस्त्र प्रहरीद्वारा गन्धकसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका २५ स्थित रेलगेटबाट जेठ २६ गते सशस्त्र प्रहरीले बिस्फोटक पदार्थमा प्रयोग हुने करीव १० के.जी. गन्धकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बिरगंज महानगरपालिका ९ बस्ने ३८ वर्षिय श्यामबाबु प्रसाद कलवार छन् । प्र ०२-०३-०९९ प ६८३७ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका कलवारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गन्धक फेला पारेको हो । त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ ।
2078-02-26
APF News
सशस्त्र प्रहरीले भन्यो : समाचार भ्रामक र काल्पनिक, सबै काम नियमसंगत ढंगले भएको छ
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आजको राजधानी दैनिकमा प्रकाशित ‘‘सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’ को आशंका’’ शिर्षक समाचारप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी राजु अर्यालले आज मंगलबार विज्ञप्ती प्रकाशित गरी समाचारमा उल्लेख गरिएबमोजिम प्रचलित नियम कानुन विपरीत कुनै पनि प्रकारले कार्य नगरेको उल्लेख गरेका छन् । उजुरी परेको तथा स्रोतले जानकारी दिएको भन्दै प्रकाशित सो समाचार वास्तविक तथ्य भन्दा बाहिर गई प्रकाशित भएको र समाचार पुष्टि गराउने तर्फ कुनै ध्यान नदिई प्रकाशित गरिएको पनि विज्ञप्तीमा उल्लेख छ । साथै राज्यले सुम्पिएको दायित्व निर्वाहमा व्यवसायिक कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरिरहेको यस संगठनका बारेमा तथ्य भन्दा बाहिर गई प्रकाशित भएको सो समाचारले पाठक वर्गमा भ्रम सिर्जना गरेको पनि विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ - समाचारमा बजेट टुक्राएर आफुखुसी खरिद, नक्कली श्रेस्ता बनाई तीन करोड खर्च, सार्वजनिक खरिद र नियमावली वेवास्ता, ४० करोडको पोशाक खरिदमा मिलेमतो जस्ता काल्पनिक कुराहरु प्रकाशित भएको हुँदा सोको खण्डन गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले उक्त समाचारमा उल्लेख गरिए बमोजिम प्रचलित नियम कानुन विपरित कुनै पनि प्रकारले कार्य नगरेको व्यहोरा स्पष्ट पारिएको छ । विज्ञप्तीमा संगठनमा विभिन्न शीर्षकमा खर्च गर्ने गरी बजेट विनियोजन हुने गरेको र संगठनले नियम संगत ढंगले सो बजेटको खर्च गर्ने उल्लेख छ । विज्ञप्तीमा भनिएको छ- समाचारमा उल्लेख गरिएको सामान खरिद प्रक्रिया, मर्मत सम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन पोशाक खरिदलगायतमा व्यापक अनियमितता भएको भन्ने कुरा पुर्ण रुपमा गलत हो । संगठनले यी र यस्ता कार्यहरु नियमसंगत ढंगले गर्ने गरेको तथा कुनै अनियमितता नभएको कुरा स्पष्ट पारिएको छ । सशस्त्र प्रहरी बल नेपालले गर्ने खरिद प्रक्रियामा कतिपय खरिद प्रक्रिया केन्द्रबाट हुने तथा कतिपय खरिद प्रक्रिया मातहत सशस्त्र प्रहरी ईकाईबाट हुने कानुनी व्यवस्था रहेको पनि विज्ञप्तीमा उल्लेख छ । संगठनले सोही व्यवस्था बमोजिम विभिन्न शीर्षकका खरिद कार्य गर्ने गरेको र यसमा कुनै अनियमितता नभएको, मातहत सशस्त्र प्रहरी ईकाईले गर्ने खरिद प्रक्रियामा बजेट निकासी कार्य हुँदा सोभैm ‘एलएमबिआईएस’को माध्यमबाट सम्बन्धित ईकाईमै बजेट निकासा हुने गरेको विज्ञप्तीमा जनाइएको छ । ‘सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट ठेकेदारसँगको मिलेमतोमा मातहत कार्यालय मार्फत नै भुक्तानी गरी अनियमितता गरेको’ भनी समाचारमा उल्लेखित विवरण समेत पुर्ण रुपमा झुट्टा भएको विज्ञप्तीमा भनिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले तथा मातहत इकाईबाट समेत अनियमित कार्य हुन नपाओस् भनी यथेष्ठ रुपमा अनुगमन तथा प्रयासहरु गरिरहेको व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिएको छ । संगठनले सामान खरिद प्रक्रियामा गुणस्तरमा कुनै सम्झौता नगर्ने व्यहोरा समेत जानकारी गराइएको छ । विज्ञप्तीमा भनिएको छ- संगठनले फर्जि बिल बनाई अनियमितता गरेको भन्ने कुरा पुर्णतया गलत हो । साथै भण्डारमा मौज्जाद रहेको पाललाई महामारीको बेला प्रयोग गरेर त्यसको पनि बिल भरपाई बनाएर आर्थिक अनियमितता गरेको भन्ने काल्पनिक समाचारले भ्रम सिर्जना गर्ने हुँदा सो समाचारमा सत्यता नरहेको कुरा जानकारी गराईन्छ । फर्जि ढंगले भम्रणभत्ता स्वीकृत गरिएको, नक्कली कागजात बनाएर रकमान्तर मार्फत अनियमितता गरेको, नक्कली श्रेस्ता तयार गरी आर्थिक अनियमितता गरेको जस्ता भम्रपुर्ण कुराहरु समावेश गरी प्रकाशित उक्त समाचार पुर्णतया गलत रहेको छ ।
2078-02-25
APF News
लागूऔषधसहित दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट जेठ २५ गते सशस्त्र प्रहरीले ३५ बोतल एक्सप्लोन र ७२ वटा पेभन स्पास प्लस ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दिवास नगरपालिका २ बस्ने २१ वर्षिय संजिव कुमार महतो र सोही जिल्लाकै भंगाहा नगरपालिका ३ बस्ने २७ वर्षिय विप्लव बराल छन् । ज ११ प २१६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-02-25
APF News
चोरीपैठारीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित चाँदनी चोकबाट जेठ २३ गते सशस्त्र प्रहरीले करीव २ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको कस्मेटिक सामान, मोवाईल र औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले जेठ २३ गते करीव एक लाख ९९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तीजन्य पदार्थ र लत्ताकपडा बरामद गरेको छ । भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय नेपालगंजमा बुझाईको छ ।
2078-02-24
APF News
खैरो हेराइनसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाकोे बेलडाडी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट जेठ २३ गते सशस्त्र प्रहरीले करीव ४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेतकोट नगरपालिका ५ बस्ने २७ वर्षिय सुरेश नेपाली र २८ वर्षिय सन्तोष विष्ट छन् । भारतबाट म २ प ९७५० नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुँडा र सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश राधाकृष्णबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोइन तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-02-24
APF News
श्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई जना पक्राउ
सुनसरी, सुनसरी जिल्लाको देवनगंज गाउँपालिका ५ साहेवगंजस्थित बुढिखोलाको पुलबाट जेठ २४ गते सशस्त्र प्रहरीले १४ लाख २५ हजार नेपाली रपैयाँसहित दुई जनालाई प क्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय विनोद साह र रोशन कुमार साह छन् । सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १-०२-०४० प ५४९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रहेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद रुपैयाँ तथा मोटरसाईकलसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।
2078-02-24
APF News
माछा मार्ने क्रममा नदिले बगाई बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला :–

काभ्रे,
        काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका ८ बिर्ता देउरालीस्थित सुनकोशी
नदिमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले आज
दिउँसो करीव ३ बजे फेला पारेको छ ।
        सोही जिल्लाको तिमाल गाउँपालिका २ बस्ने २१ वर्षिय सुजित तामाङ्गको शव
फेला पारिएको छ भने सोही गाउँपालिका ३ बस्ने २२ वर्षिय दिलध्वज तामाङ्गको
खोजीकार्य भईरहेको छ । उनीहरुलाई यही जेठ १७ गते उक्त नदिले बगाई बेपत्ता
भएको बताईएको छ ।
        सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रे र सशस्त्र प्रहरी बल नेपाल
विपद् उद्वार उपत्यका गणबाट गएको गोताखोरले उनको शव घटनास्थल नजिकै करीव
२२ फिट गहिराईबाट निकालेको हो ।

2078-02-18