Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ
काठमाडौ., सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका ६ स्थित खुटौनाबाट बैशाख १२ गते एपीएफ टोलीले दुई वटा कटुवा पेस्तोल तथा सोको दुई राउण्ड गोलीसहित भारतमा घर बताउने सकलदिप कुमारलाई पक्राउ गरेको छ । बीआर ३० एस ६२०३ नम्रबको भारतीय मोटरसाईकलमा सवार निज कुमारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल तथा गोली फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट ५ सय ग्राम चरेश समेत बरामद गरेको छ । पक्राउ परेका निज कुमारलाई बरामद कटुवा पेस्तोल, गोली, चरेश र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बझुाईएको छ । यसैगरी मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका ७ रंगेली रोडस्थित आरएन ट्रेडर्सको गोदामबाट बैशाख १२ गते एपीएफ टोलीले एक थान कटुवा पेस्तोल तथा सोको दुई वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त गोदाममा काम गर्ने सुनसरी जिल्लाको ईटहरी नगरपालिका १७ बस्ने २४ वर्षिय सुजित साह रौनियार छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश ईटहरीबाट खटिएको एपीएफ टोलीले विशेष सुचनाको आधारमा सो गोदाममा जाँच गर्दा उक्त कटुवा पेस्तोल तथा गोली फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज रौनियरलाई बरामद कटुवा पेस्तोल तथा गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ्गमा बझुाईएको छ ।
2078-01-13
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका ३ बैकुण्ठपुर स्थित सीमा ईलाकाबाट बैशाख १३ गते एपीएफ टोलीले करीव ४ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोलीले बैशाख १२ गते करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बझुाईएको छ ।
2078-01-13
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौ., कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित सीमा ईलाकाबाट बैशाख ११ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ रामजानकी टोल बस्ने आयुष कुँवर र पुष्पक शाही छन् । से ६ प. १४३१ नम्बरको स्कुटरमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्लस ६ वटा, नाईट्रोभेट ट्याब्लेट १० वटा र कालो चरेश १ ग्राम २९ मिलिग्राम फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त स्कुटर समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाईएको छ । यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट बैशाख ११ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित कास्की जिल्लाको पोखरा महानगरपालिका १६ बस्ने ३४ वर्षिय सन्तोष थापालाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लुपीजेसिक २६ वटा, डाईजिपाम २७ वटा र फेनारागन २७ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2078-01-12
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको बलानविहुल गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट बैशाख १२ गते एपीएफ टोलीले करीव ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ६८ वटा एलिभेष्टरसहित भारतमा घर बताउने ३५ वर्षिय निरज गुप्तालाई पक्राउ गरेको छ । भारतबाट दुई वटा बयल गाडामा राखी नेपालतर्फ ल्याउँदै गरेको चोरीपैठारीको उक्त एलिभेष्टरसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेल्हीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त एलिभेष्टर ल्याउन प्रयोग भएको २ वटा बयल गाडा र चार वटा गोरु समेत बरामद गरेको छ । पक्राउ परेका निज गुप्तालाई बरामद एलिभेष्टर, गोरु र गाडासहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको छ । बरामद गोरु तथा गाडाको भन्सार दाखिला मुल्य एक लाख ६० हजार रुपैयाँ रहेको छ ।
2078-01-12
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट एफपीयू टोलीको स्वागत
काठमाडौं, संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (जुवा)मा नेपाल एफपीयु वानको रुपमा खटिएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई बैशाख ८ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद उद्वार उपत्यका सिनामंगलमा एक समारोह बीच हार्दिक स्वागत गर्नुभयो । त्यसअवसरमा उहाँले कोरोना महामारीको समयमा समेत विदेशमा रहेर शान्ति स्थापना गर्ने आफ्नो विशेष जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी स्वदेश र्फिर्कएकोमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै यू.एन. मिसनमा कार्यरत रहँदा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग सहकार्य गरी आर्जन गरेको ज्ञान, कला र सिपलाई स्वदेशमा समेत उपयोग गर्न दिर्नेशन दिनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले संगठनले दिएको चुनौतीलाई अवसरको रुपमा लिई संगठनले के दियो भन्दा पनि मैले संगठनलाई के दिन सक्छु भन्ने भावनाकासाथ अघि बढ्यो भने जुनसुकै समय र परिस्थितीमा समेत सफलता मिल्ने उल्लेख गर्नुभयो । उहाँले संगठनमा आवद्ध रही संयुक्त राष्ट्रसंघमा सेवा गर्नपाउनु एउटा विशेष अवसरको रुपमा रहेको बताउनुहुँदै आ-आफ्नो जिम्मेवारीका क्षेत्रहरुमा सदैव कृयाशिल रहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी नायव उपरीक्षक शिवप्रसाद गैहे्रको कमाण्डमा स्वदेश फर्किएको सो टोलीमा एपीएफ अधिकृत, विल्लादार तथा जवानगरी कूल १ सय ६२ जना रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गाप्रसाद भट्टराई लगायत अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2078-01-08
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका २४ स्थित सीमा ईलाकाबाट बैशाख ६ गते एपीएफ टोलीले करीव १३ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान बरामद गरेको छ । बीआर २२ जीए ५०२१ नम्बरको भारतीय ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा ट्याक्टर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
2078-01-07
APF News
सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजामा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो । बिहान ८ बजेर ४१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले चैतेदशैंको अवसरमा हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।
2078-01-07
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट शान्ति स्थापनार्थ साउथ सुडानतर्फ खटिई जानलागेका एपीएफ टोलीको विदाई
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत छैटौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक विदाई गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मिशन ईलाकामा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले सद्भावना दुतको रुपमा रहेर फौजी संस्कार र सामुहिक भावनाकासाथ उच्च व्यावसायिकता प्रदर्शन गरी राष्ट्र, संगठन र नेपालीको नाम उच्च हुने गरी कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने बताउनुहुँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्न बिश्वव्यापी रुपमा अपनाईएका मापडण्डको पालना गरी आफु सुरक्षित र सचेत भएर शान्ति सुरक्षा कायम राख्ने कार्यमा कृयाशिल रहन मिशन टोलीलाई निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा विगतमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी चेन अफ कमाण्ड र अनुशासनमा रहेर गरेको विशिष्ट कार्यसम्पादनले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको शिर उच्च रहेको स्मरण गर्नुहुँदै मिशन ईलाकामा रहँदा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै यूएनबाट प्राप्त म्याण्डेटभित्र रहेर उत्कृष्ट कार्यसम्पादन गरी प्राप्त भएको अनुभव भोलीका दिनमा स्वदेशमा समेत प्रयोगमा ल्याउन सकिने उल्लेख गर्नुभयो । उहाँले मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाती, भाषाधर्म लिंग नभनी विश्व शान्तिस्थापनार्थ कार्यमा जुट्न त्यसैअवसरमा सो टोलीलाई निर्देशन दिनुभयो । कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिनोदराज श्रेष्ठको कमाण्डमा बैशाख ६ गते साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको सो टोलीमा १६ जना सिनियर अधिकृत, ३७ जना जुनियर अधिकृत र १३७ जना एनसीओज गरी कूल १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2078-01-06
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बैशाख ५ गते एपीएफ टोलीले २६ बोतल वीन सिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज बस्ने २८ वर्षिय सुभाष गुरुङ्ग छन् । ना ९ प ३०५८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरुङ्गलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका गुरुङ्गलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ । यसैगरी सोही जिल्लाकै बिरगंज महानगरपालिका १६ स्थित शंकाराचार्य भन्सार गेट ईलाकाबाट बैशाख ५ गते एपीएफ टोलीले करीव ४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की जिल्लाको पोखरा महानगरपालिका १२ बस्ने २९ वर्षिय रक्षामान गौतम र कमवानपुर जिल्लाको भिमफेदी गाउँपालिका ६ बस्ने ५० वर्षिय दिपेन्द्र प्रसाद श्रीवास्तव छन् । भारतबाट ग ११ प ६९६६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउनसुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यलय पर्सामा बुझाईएको छ ।
2078-01-06
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बैशाख ५ गते एपीएफ टोलीले करीव एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट सशस्त्र प्रहरी निरीक्षक दिल कुमार पन्तको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सर्मजुवाबाट सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको एपीएफ टोलीले चैत्र ५ गते करीव एक लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बझुाईएको छ ।
2078-01-05
APF News
आगलागी नियन्त्रणमा एपीएफ टोलीको सकृयता
काठमाडौं, झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका ४ देवी बस्ती स्थित एक कृषी फर्ममा बैशाख ५ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको विकास विमलीले संचालन गरेको बुद्धशान्ति नमुना कृषि फर्ममा विद्युतीय तार सर्ट भई सो आगलागी हुदाँ करीव ६० लाख रुपैयाँ बराबरको सामान तथा चौपाया जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी सुरक्षा वेश टिमाईबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ७ गार्वेन चोकमा यादव प्रसाद पोखरेलले संचालन गरेको यति फर्निचर उद्योगमा विद्युत सर्टभई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा सो आगलागी नियन्त्रणमा ल्याएका छन् ।
2078-01-05