Toggle Menu

समाचार

APF News
डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार
काठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका ११ पिप्राढीस्थित पसाहा खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका व्यक्ति तथा चौपाया र विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो खोलाको पानी नजिकै रहेको बस्तीमा पसेर डुवानमा परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट सशस्त्र प्रहरी त्यसठाउँमा खटिई तदारुकातासाथ उद्वारमा जुटेको हो । यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका ११ रानीघाटस्थित सिर्सिया नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । उक्त नदिमा पानीको बहाव बढेर बस्तीमा पसेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र बिओपी सिर्सियाबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारलाई सुरक्षित स्थानमा सारेको हो ।
2078-03-20
APF News
चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित आमबगैयाँ, बेलडाँडी गाउँपालिका ३ कालोपुल र बेदकोट नगरपालिका १० दैजी ईलाकाबाट असार २० गते सशस्त्र प्रहरीले करीव ४ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट दुई वटा मोटरसाईकलमा राखेर अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चिनी तथा सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान तथा उक्त दुई वटै मोटरसाईकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले असार २० गते करीव ३ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, औषधी र मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट ना ४६ प २५८९ नम्बरको मोटरसाईकलमा राखेर अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ६० हजार रुपैयाँ रहेको छ ।
2078-03-20
APF News
अविरल वर्षाको कारण कमला नदिको बीच टापुमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
धनुषा, अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्वार गरेको छ । रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको वाहव बढ्न गई उक्त नदिको बीच भागमा रहेको टापुमा फसेका थिए । उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो । उद्वार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षिय गणपती यादव, ४० वर्षिया सितादेवी यादव र २७ वर्षिय संजय अधिकारी छन् ।
2078-03-17
APF News
बार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा बिभिन्न संस्थालाई नगद सहयोग हस्तान्तरण
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २०औं वार्षिकोत्सवको पुनित अवसरमा असार १७ गते मानव सेवा आश्रम रानीवनमा रहेका आश्रितहरुका लागि नगद सहयोग हस्तान्तरण गरेको छ । सो संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले एक समारोहका बीच उक्त आश्रमका सचिव सुमन बड्तौलालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । यसैगरी बिहिबार सशस्त्र प्रहरी परिवार महिला संघको तर्फबाट संघकी कोषाध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले बाल सारथी एकेडेमी तिलगंगाका अध्यक्ष डा. माला खरेललाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गर्नुभयो । सो एकेडेमीले पशुपति क्षेत्र वरिपरी बस्ने असहाय तथा गरिव परिवारका करीव एक सय बालवालिकाहरुलाई निःशुल्क खाना तथा शिक्षाको व्यवस्था गर्दै आईरहेकोमा त्यसका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो बार्षिकोत्सवको अवसर पारेर उक्त नगद सहयोग प्रदान गरेको हो । बार्षिकोत्सवकै अवसरमा यसअघि सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत संघका अन्य पदाधिकारीहरुले सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखी गणमा रहेको बगलामुखी मन्दिरको पुजा अर्चना समेत गर्नुभएको थियो ।
2078-03-17
APF News
अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा भएको आगलागी नियन्त्रण
काठमाडौं, काठमाडौं महानगरपालिका ४ पनीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा असार १५ गते भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको छ । बिद्युतीय तार सर्ट भई आगालगी भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण निलवाराही काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वारा काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जुद्ध बारुण यन्त्रबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको होे । सो आगलागीमा परी उक्त अस्पतालका सुरक्षा गार्ड दुर्गा पौडेल, निर्माण मजदुर नन्दलाल पण्डित, समिता तामाङ्ग र विमला सुनार घाईते भएको बताईएको छ । घाईते व्यक्तिहरुको उपचारको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा पठाईएको छ । उक्त आगलागीबाट करीव २२ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।
2078-03-16
APF News
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबाट विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको समुद्घाटन
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार चितवन जिल्लाको कुरिनटारमा अवस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय परिसरमा नवनिर्मीत विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको समुद्घाटन गर्नुभयो । सोही अवसरमा महानिरीक्षक खनालले शिक्षालय परिषरमा नवनिर्मित सरस्वती मन्दिर र विश्वकर्मा मन्दिरको समेत उद्घाटन गर्नुभएको हो । उक्त केन्द्रमा सशस्त्र प्रहरी बल नेपाल परिचालित भएका विभिन्न विपद्जन्य घटनाहरुमा प्रयोगमा आएका तथा आउने उपकरणहरुको विस्तृत विवरण सहितको भण्डारण, जानकारी तथा प्रदर्शनी, विभिन्न उद्वारका घटनाहरुको श्रब्यदृष्यसहितको विस्तृत अभिलेख राखिने छ । महानिरीक्षक खनालले विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको निर्माणले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा सम्पादन गरेका कार्यहरुको अभिलेखिकरण व्यवस्थित हुनुकासाथै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्राप्त गरेको उपलब्धि, प्रयोगमा ल्याएको विभिन्न उपकरणबारे जान्न, बुझ्न र ज्ञान हासिल गर्न चाहने सम्पूर्ण व्यक्तिहरुका लागि भोलीका दिनहरुमा विशेष सहयोग पुग्ने बताउनुभयो । उहाँले भौगोलिक बनावट, भौ-गर्भिक हलचल र संवेदनशिल जैविक विविधता तथा जलबायु परिवर्तनका कारण समग्र प्रकोपको दृष्टिकोणबाट नेपाल अतिनै जोखिमपूर्ण अवस्थामा रहेको र विपद् प्रकोपका घटनाहरुबाट हुने गरेको धनजनको क्षति न्यूनिकरणका लागी सशस्त्र प्रहरी बल नेपालले अबलम्बन गरेको अल्पकालिन तथा दिर्घकालिन नीति अनुसार देशको विभिन्न भागमा हुनसक्ने जुनसुकै विपद्जन्य घटनाहरुमा शिघ्र एवं प्रभावकारी उद्वारको लागि दक्ष जनशक्ति उत्पादन एवं परिचालन गर्ने कार्यमा शिक्षालयले पु¥याएको योगदानको प्रशंसा गर्नुहँुदै आगामी दिनमा समेत दृढ संकल्पका साथ नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्वारमा उच्च मनोवलकासाथ जुट्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई त्यसैअवसरमा निर्देशन समेत दिनुभयो । महानिरीक्षक खनालले उक्त भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई समेत प्रशंसापत्र प्रदान गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ, सो शिक्षालयका समादेशक, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष, समाजसेवी, स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो । यसअघि सशस्त्र प्रहरी महानिरीक्षक खनालले मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय हाताभित्र निर्मीत अतिथि गृहको उद्घाटन गर्नुकासाथै बृक्षारोपण समेत गर्नुभएको थियो ।
2078-03-16
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सि.सं. २६ गुल्मपति तथा स्टाफ तालिम समापन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २६ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम आईतबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार बस्नेतलाई पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । महानिरीक्षक खनालले उक्त तालिम सफलतापूर्वक उत्कृष्ट ढंगबाट सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेकोमा सो तालिमका प्रशिक्षकहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो । त्यवअवसरमा उहाँले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई जिम्मेवारी निर्वाह गर्न सक्ने अनुशासित, कर्तव्यनिष्ठ, नैतिवान, दक्ष र कुशल नेतृत्व क्षमतायुक्त अधिकृत उत्पादनका लागि संगठनले विभिन्न किसिमका यस्ता व्यावसायिक तालिमहरु संचालन गर्दै आईरहेको उल्लेख गर्नहुँदै यस्ता तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई उपयोग गर्दै कार्यक्षेत्रमा खटिदा आफू मातहतकालाई समेत व्यवसायिक बनाई सामुहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुहुँदै कर्तव्यनिष्ठ भई इमान्दारितापूर्वक प्राप्त जिम्मेवारीका क्षेत्रमा समर्पणभावका साथ उत्कृष्ठ कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । उहाँले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र नागरिकको सुरक्षा, सेवा तथा आपद् विपदमा परेकाहरुको उद्वारमा तदारुकताकासाथ खटिई देखाएको कर्तव्यपराणताको विभिन्न स्तरबाट समेत प्रशंसा भएको चर्चा गर्नुहुँदै राष्ट्र र आम नागरिकको सेवा तथा सुरक्षाका खातिर आफ्नो प्राणको समेत आहुती दिएका अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको स्मरण गर्नुभयो । महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को महान अभियान साकार पार्न तथा सुशासन बनाई राख्ने कार्यमा शान्ति सुरक्षाको माध्यमबाट आ-आफ्नो ठाउँबाट सबै सशस्त्र प्रहरी कर्मचारीहरुले योगदान पु¥याउनु पर्ने बताउनुभयो । १२ हप्ता अवधिको सिसिएससी तालिम २७ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् भने सो तालिममा सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक रञ्जन बस्नेत उत्कृष्ट ठहरिएका छन् । उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञबाट प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी., सो प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2078-03-13
APF News
सुनको वालासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सिरहा, सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ स्थित शिवचोकबाट असार ९ गते सशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको ४ वटा सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको लक्ष्मीपुर बस्ने १९ वर्षिय साउद्दीन खान र १९ विर्षिय दिवस कुमार मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा करीव दुई सय ग्रामको उक्त चार वटा सुनको वाला फेला परेको हो । पक्राउ परेकाहरलाई बरामद सुनको वालासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
2078-03-10
APF News
नुहाउने क्रममा नदिले बगाएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
काठमाडौं, कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित मोहना नदिले बगाएको एक जनालाई सशस्त्र प्रहरीले असार ९ गते सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने १६ वर्षिय पिरु बि.क. नुहाउने क्रममा उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्वार गरेको हो । सशस्त्र प्रहरीले उद्वार पश्चात निज बि.क.लाई आफन्तको जिम्मा लगाई पठाएको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ९ जुरेस्थित अरनिको राजमार्गमा आएको लेदो माटोसहितको पहिरोले पुरिएको दुई वटा मोटरसाईकल सशस्त्र प्रहरीले असार ९ गते उद्वार गरेको छ । लामोसाँघुबाट बाह्रविसेतर्फ जाँदै गरेको दुई वटा मोटरसाईकल सो पहिरोले पुरिएको भन्ने खबर पाउनासाथै खोजी तथा उद्वारको कार्यका लागि सशस्त्र प्रहरील बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सशस्त्र प्रहरीले उक्त दुई वटै मोटरसाईकल उद्वार गरेको हो ।
2078-03-10
APF News
मेडईन ईटाली लेखिएको एउटा पेस्तोल र सोको दुई वटा गोलीसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सर्लाही, मेडईन ईटाली लेखिएको एउटा अटो पेस्तोलसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ शेखटोलस्थित सीमा ईलाबाट बिहिबार साँझ दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको सितामडी जिल्ला मौहवा ग्रामपंचायत ११ घर बताउने ४५ वर्षिय संजय कुमार भारती र भारतकै पुरनदाहा रजवरा पश्चिमी ग्रामपंचायत ५ बस्ने ४० वर्षिय उमा शंकर महतो छन् । भारतबाट बीआर ३० एन २०३४ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त पेस्तोल तथा सोको म्याग्जीन २ वटा, गोली २ वटा, मोवाईल २ थान र १२ हजार ३ सय ९६ भारतीय रुपैयाँ फेला पारिएको हो । सशस्त्र प्रहरीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
2078-03-10
APF News
लागूऔषधसहित पक्राउ
काठमाडौं, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट असार १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १८ वर्षिय करन कामतलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाँबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा ब्राउन सुगर ३ ग्राम ४ मिलिग्राम, डाईलेक्स डिसी ५ सय एमएल र नाईट्रोभेट ट्याब्लेट २ पत्ता फेला पारेको हो । पक्राउ परेका कामतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सोही जिल्लाको जहदा गाउँपालिका १ स्थित भुटाहाचोकबाट असार १० गते सशस्त्र प्रहरीले करीव १ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका २ बस्ने ३७ बर्षिय गंगा प्रसाद राजवंशी छन् । को ३८ ३८ प ४७२ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा पोष्ट भुटाहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेको हो । पक्राउ परेका राजवंशीलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-03-10
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट छैठौं समूहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा एक समारोहका बीच उद्घाटन गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक खनालले संगठनमा आवद्ध अधिकृतको नेतृत्व क्षमता र दक्षता विकास गरी जनशक्ति विकासमा गुणात्मक फड्को मार्ने उद्देश्यकासाथ सुरु गरिएको यस कोर्षले विभिन्न समयमा आईपर्न सक्ने सुरक्षा चुनौतीलाई समेत विश्लेषण गरेर योजनाबद्ध रुपमा व्यवसायिक कार्यसम्पादन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले राष्ट्र र नागरिकले चाहे जस्तो सेवा प्रवाहमा उक्त कोर्ष गरेका अधिकृतहरुले कार्यक्षेत्रमा खटिई उल्लेख्य योगदान पु¥याउँदै आईरहेको उल्लेख गर्नुहुँुदै सम्माननीय प्रधानमन्त्रीज्यूको ‘समृद्ध नेपाल सुखी नेपाली’को महान अभियान साकारपार्न सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् प्रकोप नागरिकहरुको सेवा, सुरक्षा र उद्वारकासाथै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्दै सक्षमताकासाथ शान्ति सुरक्षाको माध्यमबाट बिकासको वातावरण निर्माण गर्ने कार्यमा आफ्नो ठाउँबाट योगदान पु¥याई रहेको तथा त्यसका लागि संगठनलाई आजको यस उचाईसम्म पु¥याउन योगदान पु¥याउनुहुने संगठनका अग्रजहरुको योगदानको समेत स्मरण गर्नुभयो । एपीएफ अधिकृतहरुलाई ईमान्दार, नैतीकवान, कर्तव्यनिष्ठ बनाई सांगठानिक बिकासमा योगदान पु¥याउन सक्ने गरी पूर्ण व्यवसायिक बनाउन यस कोर्षले यथेष्ट ज्ञान प्रदान गर्ने चर्चा गर्नुहुँदै महानिरीक्षक खनालले व्यक्तिको व्यक्तित्व बिकास तथा बृत्तिबिकासमा समेत यस्ता कोर्षले महत्वपूर्ण सहयोग पु¥याउने उल्लेख गर्नुभयो । उहाँले ज्ञान आर्जन गर्ने कार्य जीवन प्रयन्त चलिरहने विषय भएको चर्चा गनुहुँदै यस्ता उच्च शिक्षा आर्जन गर्नेतर्फ अध्ययनशिल र अभैmबढी मेहनती भई लाग्न प्रशिक्षार्थी अधिकृतहरुलाई निर्देशन दिनुहुँदै उच्च शिक्षाले सुशासनको आधारभूत जग निर्माण गर्ने समेत बताउनुभयो । महानिरीक्षक खनालले उक्त कोर्ष स्तरीय रुपमा निरन्तर संचालन गर्नका लागि विशिष्ट सहयोग पु¥याएकोेमा त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न निकायबाट प्राप्त सल्लाह, सुझाव र सहयोगप्रति आभार प्रकट गर्नुभयो । समारोहमा त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले अन्तर्राष्ट्रिय स्तरको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालनमा सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदाको खुशी व्यक्त गर्नुहुँदै सो कलेजबाट दिक्षित सशस्त्र प्रहरी अधिकृतहरुले सांगठानिक बिकासकासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो दक्षता प्रदर्शन गरी सुरक्षा तथा विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरु एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो । एपीएफ कमाण्ड तथा स्टाफ कलेज २०७१ साल फागुन २० गते स्थापना भएको हो भने उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ । एक वर्ष ६ महिना अवधिको उक्त कोर्षमा कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दुई जना र सशस्त्र प्रहरी नायव उपरीक्षक आठ जना गरी १० जना अधिकृतहरुको सहभागीता रहेको छ । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2078-03-09