Toggle Menu

समाचार

APF News
खैरो हेरोईनसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
झापा, झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका ६ स्थित सतार बस्तीबाट साउन ९ गते सशस्त्र प्रहरीले करीव १२ ग्राम ९ मिलिग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको गौरादह नगरपालिका ८ जुरेपानी बस्ने ३१ वर्षिय धनीलाल चौधरी र म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका ३ बस्ने २५ वर्षिय सनम मल्ल छन् । मे १ प ६१७६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरीगञ्जबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोईन तथा मोटरसाईसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-04-10
APF News
चोरीपैठारीको लत्ताकपडा तथा मोवाईल सेट बरामद
काठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित तरहीबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरील बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त तीन वटै मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुझुहवाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडमी कम्पनीको १७ थान मोवाईल सेट बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ गणेशपुर ईलाकाबाट बरामद गरेको हो । बरामद मोवाईल सेट भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
2078-04-10
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ
बारा, बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुर सीमा ईलाकाबाट साउन ९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतको पूर्वी चम्पारण जिल्ला आदापुर घर बताउने १८ वर्षिय सन्तोष कुमार रजकलाई पक्राउ गरेको छ । भारतीय नम्बरको मोटरसाईकलमा सवार निज रजकलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ८ सय ९० वटा, नोफ्रिन ९ सय १ वटा र फेरागन ९ सय २५ वटा फेला पारेको हो । पक्राउ परेका रजकलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-04-10
APF News
ब्राउन सुरगरसहित दुई जना पक्राउ
झापा, झापा जिल्लाको झापा गाउँपालिाक ४ सुकुम्बासी बस्तीबाट साउन ३ गते सशस्त्र प्रहरीले ३ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई फक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको झापा गाउँपालिका ६ चरणामती बस्ने ३६ वर्षिय कमानसिंह लिङ्खा र सोही गाउँपालिका ७ बस्ने ४० वर्षिय मिलन राई छन् । प्र.०१-०१-०४१ प ४०७० नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश सुकुम्बासी बस्तीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-04-04
APF News
सालको चिरान काठसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
झापा, झापा जिल्लाको कन्काई नगरपालिका ४ स्थित एक घरबाट असार ३ गते सशस्त्र प्रहरीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको करीव ३८ क्यूफिट सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कन्काई नगरपालिका ४ त्रिवेणी टोल बस्ने ३५ वर्षिय सविन राई र ३६ वर्षिय राजु शिवाकोटी छन् । उनीहरुले उक्त काठ अवैध रुपले ल्याई चिरान गर्दै गरिरहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले सो काठसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव-डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाईएको छ ।
2078-04-04
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान
काठमाडौ, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा असार ३१ गते आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका दुई जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दज्र्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ । नेपाल सरकार माननीय उपप्रधान तथा गृहमन्त्रीस्तरको असार २९ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकद्वय कालीदास धौवजी र कुमार न्यौपाने सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा अनुशासित र ईमान्दारितापूर्वक व्यवसायिक ढंगबाट जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्त भएको उल्लेख गर्नुहुँदै दर्जासँगै प्राप्त भएको थप जिम्मेवारी निर्वाहमा अझ बढि कृयाशिल रहँदै ईमान्दारितापूर्वक कार्यसम्पादनमा जुट्न निर्देशन समेत दिनुभयो । उहाँले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत अनुशासन, ईमान्दारीता, कर्तव्यनिष्ठ बनाई उच्च मोराल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै राष्ट्रको सुरक्षा, नागरिकको सेवा, विपद् प्रकोप पीडितको उद्धार, सीमा सुरक्षा, चोरीपैठारी तथा निकासी नियन्त्रण लगायत राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई कृयाशिल रहन निर्देशन दिनुभयो । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले विश्वव्यापी महामारीका समय होस वा विभिन्न भौगोलिक क्षेत्रमा रहि कठ्यांग्रीने जाडो तथा प्रचण्ड गर्मी र विपद् प्रकोपको समयमा समेत आफ्नो ज्यानको प्रवाह नगरी अग्रपंक्तिमा खटिदै आफ्नो भूमिका निर्वाहमा कटिवद्ध रहेर सांगठानिक विकास तथा राष्ट्र र नागरिकको सेवा सुरक्षामा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भ्रष्टाचार, मानवअधिकार र लैगिंक हिंसा लगायतका विषयमा संगठन शुन्य सहनशिलताको नीति अङ्गिकार गर्दै अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै सोको सबैले अनुशरण गरी सुशासन कायम राखी शान्ति सुरक्षाको माध्यमद्वारा समग्र राष्ट्रको विकासमा व्यक्तिगत स्वार्थभन्दा माथि रहेर सामुहिक भावनाकासाथ उच्च मोरालमा रहि व्यवसायिक कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत त्यसैअवसरमा निर्देशन दिनुभयो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2078-03-31
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा महिला स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौं, नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा बिहिबार चार दिने ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा संचालन भएको उक्त जनचेतनामूलक कार्यक्रममा सो संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई महिला स्वास्थ्य सम्बन्धमा विविध जानकारी प्रधान गर्ने उद्देश्यकासाथ आयोजना गरिएको उक्त जनचेतनामूलक कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण गर्नुहुँदै नेपाल एपीएफ अस्पतालका प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर तथा स्तनमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी समाधान गर्नु पहिलो उपचार रहने हुनाले सो बारेमा यथेष्ट जानकारी हासिल गर्न सकिएमा स्वस्थ्य जीवनयापनमा सघाउ पुग्ने बताउनुभयो । उहाँले महिला स्वास्थ्यमा पाठेघर तथा स्तनमा हुनसक्ने सानो समस्याले गर्दा पनि क्यान्सर हुने सम्भावना बढि रहने हुनाले ती रोगहरुबाट बच्न अपनाउनुपर्ने सुरक्षात्मक उपाय, समाधान र उपचारका विधिहरु बारेमा प्रकाश पार्नुभयोे । उक्त कार्यक्रम आगामी सोमबारसम्म संचालन हुने छ ।
2078-03-31
APF News
सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल तथा लागूऔषधसहित पक्राउ
मोरङ्ग, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असार ३० गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्ताल तथा २ सय ९२ वटा एभिल र २ सय ९५ वटा लुपिजेसिक नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जोगवनी ग्रामपञ्चायत घर बताउने ४१ वर्षिय पप्पुकुमार पटेल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका पटेललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल तथा लागूऔषध फेला परेको हो । पक्राउ परेका पटेललाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-03-31
APF News
बुद्धचित्तसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ
रामेछाप, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका १ स्थित खैरेनीघाट पुलबाट असार २७ गते सशस्त्र प्रहरीले १२ के.जी. बुद्धचित्तसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका ९ बस्ने ३८ वर्षिय डुप्साङ्ग थोकर, ३१ वर्षिय धिरज तामामङ्ग, ३५ वर्षिय रबिन लामा र २९ वर्षिय जगत तामाङ्ग छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त बुद्धचित्त फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद बुद्धचित्तसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाईएको छ ।
2078-03-28
APF News
बेवासिरे अवस्थामा रहेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौं,
    पश्चिम नवलपरासी जिल्लाको सरावल नगरापलिका ७ स्थित बर्गदवा तथा पालिनन्दन गाउँपालिका २ स्थित मुडेराबाट असार २१ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५७ हजार रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।
    बेवारिसे अवस्थामा रहेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी मातहतमा रहेको बिओपी हरपुर र बिओपी भुजहवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
    बरामद सामान महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएको छ । 
    यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी जमुनाहाबाट खटिएको सशस्त्र प्रहरीले असार २१ गते करीव २ लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको २ सय ६० के.जी. सुर्ती बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सुर्ती सशस्त्र प्रहरीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालका १५ तित्रहवा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
    बरामद सुर्ती भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ । 
 

2078-03-22
APF News
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको राजगढ गाँउपालिका २ स्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही गाँउपालिका ३ बस्ने १८ बर्षिय सतेन्द्र यादवलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ४ बोतल र नाईट्राभेट ट्याब्लेट १५ वटा फेला परेपछि पक्राउ गरिएकोे हो । पक्राउ परेका निज यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-03-22